
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सान नेपालगौरादह, १५ असार । निजी शिक्षण संस्थामा आवद्ध रहेका शिक्षकहरुको संस्थागत संगठन निजी विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन गरिएको छ । माउण्ट एभरेष्ट मा.वी. गौरादहको सभाहलमा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले सर्वसम्मत रुपमा सन्जीव बहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यिय प्रथम नगर समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षहरुमा प्रमोद न्यौपाने, गोपाल पंगेनी, महिला उपाध्यक्षमा कल्पना घिमिरे र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । समितिका सदस्यहरुमा फागुलाल शर्मा, देवेन्द्र खतिवडा, इन्दिरा मिश्र, सम्भु साह, रुद्र कुमार वराल, रोहित आचार्य लगायत रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा इस्टु केन्द्रिय समितिका सदस्य एन. पी. लामिछानेले कार्यक्रमका…
भद्रपुर, १५ असार । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा झापाको भद्रपुरमा चिया समनवय गोष्ठी सम्पन्न भएको छ । निगमा निमित्त कार्यकारी निर्देशक दिपक खनालको अध्यक्षता तथा जिल्ला समनवय समिति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा चिया किसान उद्योगी र मजदुरका समस्या तथा समाधानका उपाय सम्बन्धी गोष्ठि सम्पन्न गरिएको हो । कार्यक्रममा साना किसानका समस्या, मजदुरका सस्या र उद्योगीका समस्या प्रस्तुत गरिएको थियो । जसका लागि सबै पक्षले चियाको बजारीकरणका लागि निगमले भूमिका खेल्नु पर्ने सहभागीहरुले बताएका छन् । कार्यक्रममा उद्योगी विनयराज पोखरेल साना चिया किसान देवीप्रसाद कोइराला, श्रमिक संजयकुमार राई, गोपाल दाहाल लगायतले मन्तव्य राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
द्रोण अधिकारीभद्रपुर, १५ असार । मानव हात्ती द्वन्द्वको पछिल्लो शिकार ३ वर्षीय मत्ता हात्ती बनिदा ज्यान गुमाएको छ । हात्तीको बधान पसेर मकै बाली नष्ट गर्छ भन्दै स्थानीयले थापेको विद्युतीय तारमा परेर हल्दिवारी—३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा अन्दाजी ३ वर्षको भाले हात्ती मरेको हो । साविक जलथल १ मा रहेको चारकोशे झाडी जलथल वन क्षेत्रबाट गाउँतिर हात्ती रोक्नका लागि लगाइएको विद्युत्तीय नाङ्गो तारमा रहेको करेन्ट लागेर शुक्रबार राती सो हात्ती मरेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । स्थानीयको मकैबाली खानका लागि एक हप्ता यता दश वटा हात्ती बसिरहेको स्थानीयको भनाइ छ । विगत वर्षहरूबाटै स्थानीयले आफ्नो सुरक्षाका लागि…
गंगा बरालभद्रपुर, १५ असार । विगत लामो समयदेखि झापाको भद्रपुरमा प्रदर्शन गरिँदै आएको श्री कृष्ण रथयात्राको व्यवस्थापकीय जिम्मेवारी यस वर्षदेखि भद्रपुर नगरपालिकाले लिएको छ । अघिल्लो वर्षसम्म समुदायस्तरमा गठित समितिले समुदायबाटै चन्दा संकलन गरी सञ्चालन गर्दै आएको रथयात्रालाई थप व्यवस्थित र सहभागितामूलक बनाउने मनसायले नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिन चाहेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । भद्रपुरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रालाई यस वर्ष अधिकाधिक र सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मूल आयोजक समिति पनि गठन गरिएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षयीय बृहद भेलाले वडा नं १ देखि १० सम्मकै प्रतिनिधित्व रहने गरी देवकुमार घिमिरेको संयोजकत्वमा समिति…
झापा, १५ असार । सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ । चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो । विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल…
काठमाडौँ, १५ असार । पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे । मञ्च पुग्नासाथ ओलीले दाहालसँग हाल मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे । बोल्ने क्रममा दुई नेताबीच छेडखानीसमेत चल्यो । ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरे । दाहालले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप…
सर्लाही, १५ असार । भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा भैँसी लिन पनि सहिद भएको प्रमाणसहित निवेदन दिन भनियो, के सरकारसँग सहिदको अभिलेखसमेत छैन ? प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि…
काठमाडौँ, १५ असार । अध्यक्ष प्रचण्डले मदन भण्डारीको रहस्यमय हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरी रहेको औँल्याए । हत्यारा पत्ता लाग्दा अर्को कुनै त्यस्तै दुर्घटनाको खतरा दोहोरिने भएका कारण त्यस्तो स्थिति देखिएको हुन सक्ने उनको भनाई थियो । ‘मदनको हत्या भयानक डिजाइनअन्तर्गत भएको हो भन्ने हामी सबैलाई लागेको छ, तर हामीले आजको मितिसम्म हत्यारो फलानो नै हो या यो यो संलग्न थिए भन्ने प्रणाण किटेर भन्न सकेका छैनौ, हामीलाई विदेशी शक्ति हो कि देशभित्रकै तत्व यो हो कि, त्यो हो भन्ने लाग्छ, तर नाम लिएर भन्ने स्थिति छैन ।,’ प्रचण्डले भने, ‘फेरि त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न…
काठमाडौं, १५ असार । अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ । न्युयोर्कको हडसन नदी नजिकको जंगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पूरा भइसकेको छ । छिट्टै यसलाई बिदा मनाउन आउने पर्यटकका लागि खुला गरिनेछ । यसबाट हुने आम्दानी फर्मको भावी अनुसन्धान तथा निर्माण कार्यमा लगाइनेछ । यदि यी घरको डिजाइन सफल हुन्छ भने मानव मंगल ग्रहमा स्थापित भएपछि यही प्रविधिबाट त्यहाँ पनि बस्तीका लागि आधार तयार गर्न सकिने समाचारमा जनाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण ९विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत० १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुष नलाग्दै सकिइसकेको थियो । महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण । यी तीनमध्ये शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा…