झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ९ असार । बोधिचित्तको कारोबार शुरू हुँदै गर्दा हरेक वर्षझैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ । ‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो’, रोशी गाउँपालिका–५का स्थानीय समाजसेवी टुल्कु लामाले बताउनुभयो । साविक सिसाखानी गाविस–३ हालको रोशी गाउँपालिका–५ मा रहेको ठकु तामाङको कित्ता नम्बर ४९६ बाट कित्ताकाट भई कायम भएको कित्ता नम्बर ९७९ को १३ रोपनी १४ आना क्षेत्रफलमा रहेको बोधिचित्तको ठूलो एक बोटमा फलेको फल २०७६ असार महिनामा टिप्न मिल्ने गरी एकमुष्ट ८१ लाख रुपियाँमा दुर्गालाल तामाङ समूहले खरिद गरी नगदै रकम भुक्तानी गरेको…

Read More

काठमाडौं, ९ असार । सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो । नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय पाइप लाइनबाट डिजेल र पेट्रोल आयात सुरु हुने छ । निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि मुख्य काम सम्पन्न भइसकेको छ, केही सहायक काम मात्र बाँकी छन् । निगमका आपूर्ति तथा वितरण विभागका उपमहानिर्देशक विनीतमणि उपाध्यायले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट असार अन्तिमदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुुरु हुने जानकारी दिए । उनका अनुसार नेपाल र भारतको सो सडकखण्डमा पेट्रोलियम पाइप…

Read More

काठमाडौँ, ९ असार । स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ । आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले एक साताअघि सो म्याद थप गरेको थियो । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार आइतबारसम्म खुलातर्फ २ लाख ८४ हजार ८ सय ६१ आवेदन फाराम भरिएको छ । त्यसै गरी समावेशीतर्फ ६९ हजार ७ सय ९७, जनजातितर्फ ३० हजार ६ सय २७, मधेसीतर्फ १८ हजार १ सय १, दलिततर्फ २ हजार २ सय ७, अपांगतातर्फ १ सय…

Read More

काठमाडौँ, ९ असार । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) अनिवार्य गरिएको छ। भारतीय अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनिवार्य गरिएको दूतावासले जनाएको छ। एनओसी लिन भारत हुँदै यी मुलुक जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको निवेदनपत्र, यात्रा गर्ने व्यक्तिको राहदानी र राहदानीको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि बुझाउनुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आजको नेपाल समाचारपत्रमा खबर…

Read More

काठमाडौँ, ९ असार । भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् । हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्। ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन् ।’ हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर (धर्म निरपेक्ष) बनायो । बेलायतका प्रधानमन्त्री वा कुनै पनि…

Read More

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’ को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’ का पक्षमा देखिएका हुन् । राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा पार्टीका शीर्ष तहमै मतभेद देखिएको छ । एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको अवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Read More

काठमाडौँ, ९ असार । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

बुधबारे, ८ असार । कानुनी सहायता नेपाल काठमाडौंले झापामा पनि कानुनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । पूर्वोत्तर जिल्ला इलाममा पनि कार्यक्रम गरेको सो संस्थाले झापाको बुद्धशान्तिमा पनि जनप्रतिनिधि सहित सरोकारवालाको उपस्थितिमा आइतबार कार्यक्रम सम्पन्न गरेको हो । कानुनी सहायता नेपालका संस्थापक सदस्य विकास जंग कार्कीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । जिल्ला अदालत झापाका स्रस्तेदार उपसचिव दुर्गाप्रसाद खनालले सहजिकरण गरेको कार्यक्रमको विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष (न्यायिक समिति संयोजक) मिरा भूर्तेलको रहेकि थिइन् । कार्यक्रममा वडाध्यक्षहरु मात्रिका पौड्याल, बासुदेव खतिवडा, कमल उप्रेती सहित वडासदस्यहरुको आतिथ्यता रहेको कार्यक्रममा इप्रका बुधबारेका प्रमुख…

Read More

उदयपुर, ८ असार । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा आज दिउँसो १२ः४० बजेको समयमा घाँटी रेटेर १ महिलाको हत्या भएको छ भने हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टीएर पुरानो घर देखि करिव १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको छ । हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई…

Read More

मोरङ, ८ असार । मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आज बिहान सवा १० बजे बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० वर्षीय भीम मोचीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटी गई कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको छ भने बस र बस चालक प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको छ ।

Read More