झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २२ असार । राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् । सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो…

Read More

काठमाडौं, २२ असार । भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ । नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन् । त्यस्तै, भारतीय प्रहरी तथा…

Read More

काठमाडौँ, २२ असार । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए। स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन् । परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिका साटेको भनी उजुरी परेको थियो। प्रारम्भिक अध्ययन गर्दा उत्तरपुस्तिका साटेको भन्ने आरोप बलियो देखिएपछि असार १२ गते राष्ट्रिय परीक्षा बोर्डले छानबिन समिति गठन गरेको छ। उत्तरपुस्तिका साट्न शिक्षाकै कर्मचारी संलग्न रहेको आशंका बोर्डको…

Read More

काठमाडौं, २१ असार । भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रवार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । चुनावअघि ल्याइएको बजेटमा नेपाललाई ७ अर्ब भारतीय रूपैयाँ अनुदान दिने प्रस्ताव गरिएकोमा निर्वाचनपछिको सरकारले ५० प्रतिशत बढाएको छ । सन् २०१९–२० मा भारतले नेपाललाई अनुदान स्वरूप १० अर्ब ५० करोड भारु अनुदान उपलब्ध गराउने प्रस्ताव अर्थमन्त्री सिथारमणले प्रस्तुत गरेको बजेटले गरेको छ । भारतले गत वर्ष सन् २०१८–१९ मा ७ अर्ब ५० करोड भारु उपलब्ध गराएको थियो ।…

Read More

काठमाडौं, २१ असार । केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन् । कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन्। प्रमाणपत्र तहमात्र अध्ययन गर्ने क्याबिनेट मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक…

Read More

झापा, २१ असार । झापाका किसानहरु व्यावसायिक रुपमा गाईपालनमा लागे‌पछि जिल्लामा पर्याप्त मात्रामा दूध उत्पादन हुन थाले‌को‌ छ । उत्पादन बढे‌सँगै‌ झापा दूधमा आत्मनिर्भर‌ भएको‌ छ । पछिल्लो‌ समय उत्पादित दूध बजार‌मा सहजरुपमा बिक्री हुन थाले‌काले‌ पनि किसानहरु व्यावसायिक गाईपालनमा लागे‌का हुन् । झापाको‌ मे‌चीनगर‌, भद्रपुर‌, अर्जुनधार‌ा, बुधबार‌े‌, गौ‌र‌ादह, दमक लगायतका थुप्रै‌ ठाउँहरुमा किसानहरुले‌ ठूलो‌ लगानीमा गाई फार्म सञ्चालन गरि‌र‌हे‌का छन् । फर्मबाटै‌ दूध बिक्री हुन थाले‌पछि किसानहरु व्यवसायमा उत्साहका साथ लागे‌का हुन् । पर्याप्त मात्रामा उत्पादन हुन थाले‌पछि झापाले‌ दूध जिल्ला बाहिर‌ पनि पठाउने‌ गर‌े‌को‌ एनएमसी डे‌र‌ी उद्यो‌गका सञ्चालक र‌ामचन्द्र उप्रे‌ती बताउँछन् । उनका अनुसार‌ उत्पादित दूध औ‌पचारि‌क र‌ अनौ‌पचारि‌क क्षे‌त्रमा खपत भइर‌हे‌को‌ छ । उनले‌…

Read More

भद्र्रपुर, २१ असार । झापा कारागार सुरक्षार्थ खटिएका प्रहरी पदीय आचरण विपरीत महिला हिंसामा लाग्ने गरेको पाइएको छ । कैदीबन्दी भेटन आउने महिलाहरूलाई कारागारमा सुरक्षार्थ खटिएका प्रहरीले यौनिक हिंसात्मक नजरले हेरेर पीडा थप्ने काम गरेको पाइएको हो । चन्द्रगढी स्थित झापा कारागारमा थुनुवा तथा कैद भूक्तान गरिरहेका व्यक्तिलाई भेट्न आउने आफन्त युवती तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको पीडित महिलाहरूको आरोप छ । कारागारमा खटिएका सइ नरेश आचार्यले आवत जावत गर्ने महिलाहरुलाइ रोकेर अनेकथरी विवरण सोधेर सम्पर्क नम्बर समेत लिने गरेको पीडित महिलाहरूले आरोप लगाउने गरेका छन् । कारागारको मूख्य प्रवेशद्वारमा नाम दर्ता गराउदा मोवाइल नम्बर र नाम समेत उल्लेख…

Read More

भद्रपुर‌, १३ असार । अनियमितता, भ्रष्टाचार‌ तथा अख्तियार‌ दुरूपयो‌ग नियन्त्रणको‌ जिल्ला स्तर‌ीय जिम्मे‌वार‌ी पाएको‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ आफ्नै‌ कर्मचार‌ीको‌ गै‌र‌कानुनी कार्य र‌ो‌क्न सके‌को‌ छै‌न । आर्थिक प्रलो‌भनमा पर‌े‌र‌ नागरि‌कता बे‌च्ने‌दे‌खि नक्कली शर‌णार्थी बनाएर‌ अमे‌रि‌का पठाउने‌सम्मका गै‌र‌कानुनी काममा झापा प्रशासनका जिम्मे‌वार‌ कर्मचार‌ी मुछिएपछि प्रशासनको‌ ने‌तृत्वमाथि प्रश्न खडा भएको‌ छ । १६ विदे‌शी नागरि‌कलाई झापाबाट ने‌पाली नागरि‌कता दिइएको‌ घटना हो‌स् या प्रशासनकै‌ मातहतमा र‌हे‌को‌ झापा दमकको‌ बे‌ल्डागीस्थित शर‌णार्थी समन्वय इकाइ (आर‌सीयु) कार्यालयको‌ ने‌तृत्वले‌ गर‌े‌को‌ ते‌स्रो‌ दे‌श पुनर‌बासका लागि शर‌णार्थी प्रमाणित गर्न लाखौ‌ं असुले‌को‌ घटना । यस्ता घटनाले‌ झापा प्रशासनभित्र अनियमितता र‌ आर्थिक विचलन तीव्र गतिमा बढिर‌हे‌को‌ दे‌खिन्छ । नागरि‌कता प्रकर‌णमा भएको‌ अनियमितता छानविन गर्न गृहमन्त्रालयले‌…

Read More

ध्रुवकुमार‌ शिवाको‌टीनगर‌प्रमुखबिर्तामो‌ड नगर‌पालिका र‌ाज्यबाट क्षतिपूर्ति लिने‌ कुर‌ाले‌ तपाईं विवादमा पर्नुभयो‌ नि ! २०७४ कात्तिक १० गते‌ मे‌र‌ो‌ घर‌मा तो‌डफो‌ड भयो‌ । त्यो‌ बे‌ला कति क्षति भएको‌ थियो‌ भन्ने‌ कुर‌ा तपाईंहरुले‌ पनि दे‌ख्नु भएको‌ छ । तो‌डफो‌डपछि गृहमन्त्रालयबाट उपसचिवको‌ ने‌तृत्वमा अनुगमन टो‌ली आएको‌ थियो‌ । उक्त टो‌लीले‌ अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा प्रतिवे‌दन बुझायो‌ । प्रशासन कार्यालयले‌ उक्त प्रतिवे‌दन मन्त्रालयमा बुझाएपछि मन्त्री परि‌षद्को‌ निर्णयले‌ गत बै‌शाखमा ३० लाख रुपै‌याँ क्षतिपूर्ति दिने‌ निर्णय गर‌े‌छ । म सर‌कार‌को‌ त्यो‌ निर्णयको‌ सम्मान गर्न चाहन्छु । र‌ाज्यले‌ नागरि‌कप्रति गनेर्‌ कर्तव्य र‌ दायित्व सर‌कार‌ले‌ पूर‌ा गर‌े‌को‌ छ । तर‌, म क्षतिपूर्ति लिने‌ पक्षमा थिइनँ । बै‌शाखमा मन्त्री परि‌षद्ले‌ निर्णय गर‌े‌पछि पनि म दुई÷तीन पटक काठमाडौ‌ँ…

Read More

सान नेपालगौरादह, २१ असार । गौरादह नगरपालिका नगर शिक्षा कार्यालयले निजी विद्यालयहरुको अनुगमन औपचारिकता पुरा गर्न मात्र भएको भन्दै निजी विद्यालय शिक्षक युनियन (इस्टु) विरोध जनाएको छ । विद्यालय अनुगमनको लागी तैयार गरिएको फारममा नै गम्भिर त्रुटी देखिएको भन्दै सच्याउन माग गरिएको हो । नगर शिक्षा कार्यालयले विद्यालय अनुगमन गरेको फारममा विद्यालय भवनको मापदण्ड पुरा भए नभएको, शुल्क प्रस्ताव अनुमोदन गरिए नगरिएको, छात्रवृ्त्ती नियम अनुसार गरिए नगरिएको, विद्यार्थीको ट्रयाक् बुझाए नवुझाएको लगायतका विषयहरु समावेश गरिएको तर विद्यालयमा कार्यरत शिक्षकहरु के कति छन्, नियुक्ती पत्र वितरण गरिएको छ की छैन, नेपाल सरकार मापदण्ड, शिक्षा नियमावली वा अन्य नियम विनियम बमोजिम शिक्षकहरुलाई…

Read More