झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ११ असार । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि ७१ करोड ४१ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सो नगरपालिकाको आज सम्पन्न नगरसभाले उपप्रमुख चन्द्रा श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको उक्त अनुमानित बजेट पारित गरेको छ । नगरपालिकाको सभाहलमा सम्पन्न चौथो नगरसभामा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभउको थियो भने उपप्रमुख चन्द्रा श्रेष्ठले बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित बजेट अनुसार ११ करोड ९७ लाख २२ हजार चालु तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ । नगरपालिकाले आन्तरिक आय, वित्तीय समानीकरण तथा राजश्व बाँडफाँडबाट ४७ करोड…

Read More

मेचीनगर, ११ असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ वजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएको छ । नेपालको संविधान २०७२ वमोजिम स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पद वहाल गरी सके पछिको यो ऐतिहासिक चौथो नगरसभा हो । नगरका समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहानालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर वनाउन तथा ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न…

Read More

बिर्तामोड, ११ असार । झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को ६५ बुँदे नीति तथा कार्यक्रम स्वीकृत भएको छ । गाउँपालिकाले मंगलबार चौथो नियमति गाउँसभाको आयोजना गरी आगामी आर्थिक वर्षको २४ करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । गाउँपालिकाले आर्थिक विकासतर्फ १ करो ५५ लाख रुपैयाँ बराबरको बजेट सीमा राखेर कृषि, उद्योग, पर्यटन र सहकारीलाई प्राथमिकताका साथ विभिन्न १२ वटा बुँदामा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । त्यस्तै, सामाजिक विकासतर्फ ४ करो २० लाख ७७ हजार रुपैयाँ बराबरको छ वटा शीर्षक खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशीकरण,…

Read More

बुधबारे, ११ असार । बुद्धशान्ति गाउँपालिकाले पाँचौ गाउँसभामा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । गाउँसभामा ‘संमृद्ध बुद्धशान्तिको आधार ः कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष मिरा भुर्तेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाहले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार नेवार, कार्यपालिका सदस्य भगवती शर्मा, वडा सदस्य नेत्र गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । नीति तथा कार्यक्रममा कृषि, पर्यटन र सडक कालो पत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ…

Read More

द्रोण अधिकारीभद्रपुर, ११ असार । झापा प्रहरी अपराध नियन्त्रणमा तल्लीन रहेको बताइरहँदा गम्भीर अपराधका घटना रहस्यमै हराउने गरेको पाइएको छ । सर्वाधिक जनसरोकार र चासोका विषय बनेका अधिकांश अपराधका घटना निष्कर्षमा नपुगी बीचमै हराउने गर्दा रहस्यमै हराउने प्रबृत्ति बढेको हो । ०७५ माघ ११ गते राति झापाको भद्रपुर–९ स्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक भारतीय नागरिक कमल दुगडलाई ओछ्यानमा सुतिरहेको अवस्थामा उद्योग भित्रै हत्या गरियो । यस्तै, ०७५ मंसिर १० गते शिवसताक्षी–७ लालझोडास्थित आफ्नै निवासमा राति जलेर खनाल परिवारका चार जनाको मृत्यु भयो । त्यसैगरी, इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका किरण कार्की ढोलीको गत वैशाख २ गते मृत्यु भएको थियो…

Read More

भद्रपुर, १० असार । भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ । नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र विक्रम चन्दनेतृत्वको समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ। मेयर तथा उपप्रमुखको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भद्रपुर–५ स्थित भद्रपुर बजारमै रहेको नगरपालिकाभित्र बम फेला परेपछि स्थानीयमा खैलाबैला मच्चिएको थियो । बम फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान लगाए । करिब तीन घण्टा भद्रपुरको मुख्य सडक अवरोध भएको थियो…

Read More

झापा, १० असार । झापाको शिवसताक्षी–१० माइधारमा सोमवार बिहान मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदल यात्री बिराटनगर महानगरपालिका–१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी थिइन । घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाइकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन् ।

Read More

अनिल वाग्लेबुधबारे, १० असार । मानिसको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको त हामीले सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला । पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको डाँडाबजारमा पेटमा ट्युमर पलाएको जर्मन सेफर्ड जातको कुकुरको सफल सल्यक्रिया सम्पन्न भएको छ । सल्यक्रिया गरि सो कुकुरको पेटमा भएको दुई किलोको ट्युमर निकालिएको छ । कुकुर यतिवेला स्वस्थ्य रहेको शल्यक्रिया गर्ने पशु चिकित्सक डा. रमेश घिमिरेले जनाएका छन् । गोविन्द मगरले पालेको कुकुरको पेटमा ट्युमर पलाएपछि पशुचिकित्सक डा. रमेश घिमिरे र डा. देवकुमार दर्लामीको टोलीले असार ८ गते शल्यक्रिया गरेको थियो ।…

Read More

झापा, ९ असार । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा…

Read More

द्रोण अधिकारीभद्रपुर, ९ असार । भद्रपुर–१ हिमाली चोक पृथ्वीनगरका ३१ वर्षीय विमल श्रेष्ठ रोजगारीका शिलशिलामा ८ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । एक वर्ष भारतमा होटल व्यवसाय गरे, सिंगापुरमा २ वर्ष कुक भएर विताए अनि ५ वर्ष दक्षिण कोरियामा कृषि फर्ममा कृषि मजदुर भएर पसिना बगाए । हुन त विमलको परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको हो । यस यात्राले उनलाई अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब उनी परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा छन् । विमलले ४ महिना अगाडिबाट भद्रपुर…

Read More