झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २६ जेठ । सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् । काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन् । पार्टी विधानलाई संघीय संरचनाअनुसार तयार गरेको काँग्रेसले आसन्न १४औँ महाधिवेशनको पूर्व तयारीस्वरूप यो अभियान सुरु गरेको हो । देशका ७७ वटै जिल्ला सदुरमकामबाट अभियान सुरु भएको र अभियान स्थानीय तहसम्म पुगेर पुनः जिल्लामा आएर शनिबार समापन गरिएको जानकारी दिइएको छ । निर्वाचनपछि पहिलो पटक ७७ वटै जिल्लाको प्रायः सबै स्थानीय तहमा भएका जागरण…

Read More

काठमाडौँ, २६ जेठ । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो । यस अघि सन् २००४ पहिलो पटक नेपाल भारतबीच सो समझौता भएको थियो । अब पाँच वर्षका लागि सो सम्झौता नवीकरण भएको हो । उक्त बैठक जेठ २३ र २४ गते बसको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सविच केदारबहादुर अधिकारीले बैठकमा नेपालमा निर्माण भइरहेको रेल कार्गो सेवाको पहुँच भारतको…

Read More

काठमाडौं, २६ जेठ । संघीय सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्युनतम् १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २६ जेठ । जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इंगल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८० रनमा समेटिएको थियो । बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । सकिबले एक सय २१ रन बनाए । मुसफिकर रहिमले ४४ रन, महमोदुल्लाले २८, मोसादेक हुसेनले २६ र प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले १९ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्स र जोफरा आर्चरले तीन तीन…

Read More

काठमाडौँ, २६ जेठ । बैंकहरु स्रोत नखुलेका रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । पछिल्लो समय अवैध आर्जन गरेको रकम जम्मा गर्ने माध्यम बनेका छन् सहकारी । सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालो धन जम्मा गर्ने थलो बनेको हो । यसबाट समग्र वित्तीय क्षेत्रमा जोखिम बढ्न थालेको छ । सम्पत्ति शुद्धीकरण निर्देशिका कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रमा गैरकानुनी, कालो धन लुकाउन प्रयोग भएका अर्थविद्हरुले आशंका गरेका छन् । सहकारी विभागले २०७४ मा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी…

Read More

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा दिए । तीनकुनेस्थित भीएस निकेतन केन्द्रबाट परीक्षा दिएका उनले भने, ‘दक्षिण कोरिया जाने पहिलो खुडकिलो भनेकै भाषा पास गर्नु रहेछ । त्यसैले परीक्षा दिएको हुँ ।’ अधिकारी शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । तीन वर्षअघि गाउँ छाडेर उच्चशिक्षाका लागि काठमाडौं छिरेका उनलाई आर्थिक समस्याले गर्दा कोरिया जाने योजनामा पुर्‍यायो । एसएलसी…

Read More

बिर्तामोड, २५ जेठ । प्रथम बिर्तामोड गोल्डकपको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा गोलपोस्ट नजिकै जलथलका खेलाडी अभिषेक लिम्बूको हातमा गोलले छोएपछि पूर्वेलीले पेनाल्टी पाएको थियो । पूर्वेलीका कप्तान बिक्की चौधरीले प्रहार गरेको पेनाल्टी किक नै जीतका लागि निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पूर्वेली युथका दिवस उराव घोषित भए । उनलाई बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र सदस्य डिआर कडरियाले नगद तीन हजार रुपैयाँ प्रदान गरे । रेड…

Read More

भद्रपुर, २५ जेठ । नेपाल पूर्व प्रहरी संगठन झापाले संघीयताको ढाँचा अनुकुल आफ्नो संगठन विस्तार गर्ने क्रममा सरोजकुमार कार्कीको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ । संगठनको सभाहलमा सम्पन्न भद्रपुर भेलाले उपाध्यक्षमा ढाकालाल अधिकारी, सचिव केदार अधिकारी, सहसचिव कुलनारायण श्रेष्ठ र कोषध्यक्ष खेमकुमार लुँइटेललाई निर्विरोध चयन गरेको हो । यसैगरी सदस्यहरूमा क्रमश बौद्धमान खड्का, मानबहादुर कार्की, श्याम आचार्य, रामबहादुर भण्डारी, माया भट्टराई, मुप्चा लामा रहेका छन् । यस्तै रुद्र चुडालको संयोजकत्वमा पशुपति सुवेदी, चन्द्र सुवेदी, पदम अधिकारी, टेकबहादुर गजमेर लगायत ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । केन्द्रीय उपाध्यक्ष खड्गबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा केन्द्रीय सदस्य…

Read More

भद्रपुर, २५ जेठ । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले भद्रपुर नगरपालिकाको शिक्षा सुधार तथा विकास गर्नका लागि नगर प्रशासनलाई सुझाव पेश गरेको छ । महासंघका नगर अध्यक्ष गणेश गिरीको नेतृत्व टोलीले नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्र विकासका लागि वजेट विनियोजन गर्दा सामुदायिक विद्यालयको पुर्वाधार विकास, शैक्षिण सामग्री परिचालन, शिक्षकको क्षमता विस्तार, कर्मचारीको समस्या समाधान, बाल विकास सहयोगीका समस्या हल, संस्थागत विद्यालयका शिक्षक, कर्मचारी लयायतका समस्या हल जस्ता विषय समेटेर सुझाव दिएको हो । सुझाप पत्रमा ४ वटा मुख्य विषय बनाइ सम्बोधनका लागि नगर नेतृत्व समक्ष प्रस्तुत गरिएको छ । पहिलो नम्बरमा विद्यालयका कर्मचारीलाई दरबन्दी सिर्जना…

Read More

द्रोण अधिकारी भद्रपुर, २५ जेठ । हल्दिवारी २ मा रहेको भेलागढी सामुदायिक वन उपभोक्ता समितिले यस वर्षबाट सुरू गरेको पर्यटकीय स्थल निर्माण तथा सिमसार क्षेत्र संरक्षण कार्य अन्र्तगत पहिलो चरणको काम सम्पन्न गरेको छ । पूर्वमा भद्रपुर १० तथा उत्तरमा विर्तामोड ८ को केही क्षेत्र समेत समेटिएको समितिले पर्यावरणीय संरक्षण गर्दै प्राकृतिक स्रोत परिचालन अन्र्तगत बहुवर्षे योजनाका रूपमा सञ्चालित ८ करोड ३४ लाख लगानीमा सिमसार क्षेत्र विकास कार्यलाई तीब्रता दिने क्रममा पहिलो चरणमा एक करोड ३६ लाखको काम सम्पन्न गरेको हो । प्रदेश सरकार मार्फत हल्दिवारी गाउँपालिकामा परिचालित रकमबाट सिमसार क्षेत्र विकास कार्यलाई बहु वर्षे योजनाका रूपमा चालु आर्थिक वर्षको…

Read More