
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
यतिबेला सिन्धुलीमा चलचित्र ‘छ माया छपक्कै’को छायांकन धमाधम भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका केकी अधिकारीलाई मात्र यसको निर्माणपक्षले मुख्य नायिकाको रुपमा सार्वजनिक गरेको थियो । तर, चलचित्रको छायांकन चलिरहँदा अर्की एक नायिकाको पनि चलचित्रमा इन्ट्री भएको छ । चलचित्र ‘रणवीर’मा काम गरेर चर्चा पाएकी नायिका सुपुष्पा भट्ट अब यो चलचित्रमा भित्रिएकी छिन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । चलचित्रमा सुपुष्पाको भूमिका लामो भने हुनेछैन । तर, उनको भूमिका चलचित्र हेरिसकेपछि दर्शकले संझने कलाकार तथा लेखक दिपकराज गिरीले जानकारी दिए ।
विराटनगर, १३ जेठ । नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापा र बिहारसँगमात्र जोडिएको मोरङ र सुनसरीका सीमामा लामो समयदेखि बिग्रेका, भत्केका, खियालागेका, नदीले बगाएका स्तम्भ निर्माण हुनसकेका थिएनन् ।…
गौशाला, १३ जेठ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एकजनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो। जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ–१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। वडाध्यक्ष राउतका साथै उनीसँगै…
काठमाडौँ, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने जनाएका हुन्। उनले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको बताए । कृष्णसेन स्मृति दवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र…
रवीन्द्र काफ्लेपाँचथर, १३ जेठ । आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक ।भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर वरिपरि मानिसहरु बसेका । टाट्नोमा तीन वटा ठूलठूला खसी । भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई । साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गर्नुभएको थियो तर उहाँ कारणावश आइपुग्न सक्नुभएन । त्यही सोमबार राति धनराजको…
बनियानी, १३ जेठ । झापाको हल्दिबारी गाउँपालिकाका सबै सरकारी विद्यालयमा खेल कक्षा सञ्चालन गरिएको छ । हल्दिबारी गाउँपालिकाले आन्तरिक स्रोतबाट प्रशिक्षक नियुक्त गरी यहाँका १७ वटा सरकारी विद्यालयमा खेल कक्षा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कराँते, कबड्डी र योगा विधामा प्रशिक्षक नियुक्त गरेको छ । ‘विद्यार्थीलाई सामुुदायिक विद्यालयमा आकर्षित गर्न पनि खेल कक्षा सञ्चालन गरिएको हो’, उहाँले भन्नुभयो, ‘यसले विद्यार्थीको शारीरिक, मानसिक विकास हुने विश्वास लिएका छौँ ।’ कराँतेले छात्रा विद्यार्थीलाई प्रतिरक्षा गर्न सक्ने बनाउने उहाँले बताउनुभयो । ‘अबको समयमा पढेर मात्र पनि हुँदैन, खेलकुदबाट पनि मानिसले नाम र दाम कमाउन सक्छ’, उहाँले…
बिर्तामोड, १३ जेठ । झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । अस्पतालमा आइतबार एक कार्यक्रमका बीच बुद्धशान्ति–३ की बिमीत सेवाग्राही ४२ वर्षीया यादवकुमारी सापकोटाले रिवन काटेर सेवाको शुभारम्भ गर्नुभएको हो । अस्पतालका कार्यवाहक अध्यक्ष महेन्द्रकुमार राईले स्वास्थ्य बीमा बोर्ड र अस्पतालको सहकार्यमा कार्यक्रम लागू गरिएको बताउनुभयो । ‘लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न गृहकार्य गरिरहेका थियौँ’, कार्यवाहक अध्यक्ष राईले भन्नुभयो, ‘लामो समयको प्रयास र अस्पतालको सेवाको मूल्यांकन गरेर बीमा कार्यक्रम ल्याउन सफल भएका छौँ ।’ सर्वसुलभ रुपमा सेवा प्रदान गर्न अस्पतालले जनशक्ति र आवश्यक उपकरण थप गरिरहेका उहाँले बताउनुभयो । ५५ शैय्याको अस्पताललाई शैय्या थप…
काठमाडौँ, १३ जेठ । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो । दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको भएको…
काठमाडौँ, १३ जेठ । ख्याल गरौँ है अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको छ । उक्त विधेयकअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षणको दृष्टिले पूर्वसावधानी अपनाउनुपर्ने भएमा आवश्यक आदेश जारी गर्न सक्नेछ । संक्षिप्त वातावरण अध्ययन प्रतिवेदन स्वीकृत गराउनुपर्ने प्रस्तावको हकमा त्यस्तो प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा ५ लाख रुपियाँसम्म जरिवाना हुन सक्नेछ । यस्तै प्रारम्भिक प्रतिवेदन परीक्षण प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा…
काठमाडौँ, १३ जेठ । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको अधिकारीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।