झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ३० जेठ । कनकाई ६ चम्पापुरका पशु किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै सहारा नेपाल साकोसले सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट उनीहरुले लाभ पाएका छन् । स्थानीय तहको साझेदारीमा सहाराले मंगलबार कनकाई ६ को चम्पापुर बजारमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कनकाई नगरपालिकासँगको साझेदारीमा सञ्चालित शिविरबाट सो क्षेत्रका २८१ घरधुरी किसानले प्रत्यक्ष सेवा पाएका थिए । शिविरमा पाँच हजार पाँच सय ७७ पशुपंक्षी लाभान्वित भएको सहाराका पशु चिकित्सक डा. कमलेश्वर भाटले…

Read More

बिर्तामोड, ३० जेठ । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२ औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच एक गोल गर्ने पूर्वेलीका मैनाली घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका अभिषेक बराल, बेस्ट डिफेन्स पूर्वेलीका निशान्त खड्का, बेस्ट मिडफिल्ड उपविजेता पाञ्चायनका रोशन भूजेल, बेस्ट फरवाड पाञ्चायनकै तीर्थ बस्नेत र बेस्ट कोच पूर्वेलीका दिनेश चौधरी घोषित…

Read More

काठमाडौं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सकेका छैनन् । तर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण जिम्मेवारी बाँडफाँडको काम टुंगो लाग्न सकेको छैन । पार्टीको सचिवालय बैठक बस्ने गरे पनि समय अभाव भएको भन्दै स्थगित हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली विदेश भ्रमणमा जानुअघि नै सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यहरुको…

Read More

काभ्रे, २८ जेठ । श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु । उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् । पीडितका श्रीमान्ले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब…

Read More

काठमाडौँ, २८ जेठ । १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो । अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए । त्यसयता उनी भारतमा लुक्दै आएका थिए । ‘गृह मन्त्रालयकै अनुमति लिएर हामी…

Read More

झापा, २७ जेठ । ‘सारेगम लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप प्रितम आचार्यलाई काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । जी टीभीबाट प्रशारण भएका सो मार्फत चर्चित भएका आचार्यलाई आफन्त, परिवार र इष्टमित्र सहित हजारौ सर्वसाधरण स्वागतका लागि मेची पुल पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने तेस्रो भएका थिए । आचार्य सुनसरीको इटहरीका स्थायी बासिन्दा हुन् । उनलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो । उनले स्वागतमा आएकालाई गित सुनाएका थिए ।

Read More

भद्रपुर, २७ जेठ । नेपाली कांग्रेस भद्रपुर ३ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट बेवास्ता गरिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । विकट वडाको पहिचान पाएको सो वडामा कांग्रेसले निर्माणाधीन भैसावाडी जोड्ने मेची खोलाको झोलुङ्गे पुल, धिमालधुरामा रहेको अरनिको माविको विद्यालय भवन लगायत दर्जनौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाव दिने उद्देश्यले वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो । वडाध्यक्ष कमला थुलुङ मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई वडाको विकासमा विभेद नगर्न अनुरोध गर्दै ज्ञापन पत्र पठाइएको छ । ३ नम्बर वडा समन्वय समितिका संयोजक धिरेन राजवंशी तथा सहसंयोजक कैलाश बोखिमको नेतृत्वमा अग्रज कार्याकर्ता सुरेशकुमार…

Read More

बिर्तामोड, २७ जेठ । झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचारको क्रममा युवतीको मृत्यु भएपछि उत्पन्न भएको तनाव मिलेको छ । घटना अग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्ष भएको वार्तामा दुई बुँदे सहमति भएपछि बल्झिएको विवाद मिलेको हो । बिर्तामोड नगरपालिकामा सोमबार बिहान दुई बजेसम्म दुवै पक्षबीच भएको वार्तामा उपचारका क्रममा मृत्यु भएका युवतीका परिवारलाई समवेदना स्वरूप ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको वा नभएको बारेमा छानबिन गर्ने सहमति भएको छ। बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको नौ सदस्य छानबिन समितिले १० दिन भित्रमा प्रतिवेदन बुझाउने सहमति भएको छ। आइतबार इलामको सूर्योदय नगरपालिका–९…

Read More

विराटनगर, २७ जेठ । विवाहको लोभ देखाएर एक किशोरीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजिकै भाडामा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पोद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । उनले विराटनगर–१४ की १६ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए । पीडितका परिवारले दिएको उजुरीका आधारमा पोद्धारलाई जेठ २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । आरोपी पौद्धारको आठ वर्षअघि विवाह भएको…

Read More

उदयपुर, २७ जेठ। उदयपुरको कटारी नगरपालिका–११ मा आईतवार ट्रिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर राती साढे ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ८–९ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रिपरका चालक सोलुखुम्बु साबिक नेचा–३ बस्ने २१ बर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिनगई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि राती ०१ः५५ मा कटारी अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More