
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ६ असार । झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–९ का १८ वर्षीय उदेश्य सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुनुवारलाई प्रहरीले बिहीबार करिब ४ बजे टीटी जेसिक–४ सेट (१२ एम्फुल) सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सुनुवारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हुम्ला, ६ असार । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए । असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । काठमाडौँ थानकोटका राजु श्रेष्ठ र उनका साथी नाम नखुलेका एकजनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो । बेपत्ता भएकाहरु नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडानजिकै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्स…
काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ । बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो । चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ । चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ । दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी…
काठमाडौँ, ६ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले खाद्य गुणस्तरको अनुगमन प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २४ करोड बजेटमा चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा टेन्डर आह्वान गरेका थिए । दक्षिण एसियामै पहिलोपटक यस्तो भ्यान खरिद गरिएको भनेर प्रचारसमेत भयो ।…
काठमाडौं, ६ असार । गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौँबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौँ बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए । नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि देखिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिने कि नदिने भन्नेमा नेकपाका सांसदहरु एकमत देखिएनन् । अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि संसद्मा छलफल चलिरहेको छ । नेकपा सांसदहरु बजेटकै विपक्षमा बोलिरहेका छन् ।…
झापा, ६ असार । यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए । विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने किसानहरूमा खुशी छाएको छ । यतिबेला नेपालको इलाम, झापा, मोरङलगायतका पूर्वी तराईका जिल्ला र पहाडको ताप्लेजुङ इलाकामा मनसुनको असर परिरहेको छ । विभागका अनुसार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ भने केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ ।…
काठमाडौँ, ६ असार । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो । सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन् । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ ।…
भद्रपुर, ६ साउन । नेपाली कांग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगरको विकासमा नगर नतृत्व कमजोर भएको भन्दै स्थानीय सरकारको अनुभूति नागरिकको घरघरसम्म पुरयाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । क्षेत्रीय सभापति गणेश पोखरेल तथा नगर सभापति मोहन महर्जनको नेतृत्वमा गएको टोलीले नगरको विकास सुस्त भएको, विगत सरकारके पालामा सुरू गरिएका गौरवका आयोजना अलपत्र परेको, नगर नेतृत्व सुविधाभोगी र कार्यकर्तामुखी बन्दै गएको लगायत २७ वटा माग सहित सुधारको अपेक्षा गरी नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरभित्र हुने विकास बजेट खर्च गर्दा उपभोक्ता समिति गठनमा आफ्नै पाटीृ कार्यकता मात्र राखेर कमसल काम हुने वातावरण निर्माण गरिएको, मेलमिलापकर्ता नियुक्ति…
द्रोण अधिकारीभद्रपुर, ६ असार । मेची अञ्चल अस्पतालको उपचार सेवा बिरामी मैत्री बन्न नसक्दा निजी अस्पताल धाउने बाध्यता बढ्न थालेको छ । अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले डाक्टर तथा कर्मचारीको विभिन्न बाहनाले सास्ती भोग्नु पर्ने अवस्थाले गर्दा सरकारी अस्पतालको अविश्वास बढेर निजी अस्पताल धाउनु पर्ने बाध्यता सिर्जना भएको हो । अस्पतालमा जिम्मेवारी लिएका अधिकांश डाक्टरहरू दिउँसो १ः०० बजेपछि आफ्नो कार्यकक्षमा भेटिदैनन् । आकस्मिक कक्षमा बिरामीको लाइन लामै भए पनि जिम्मेवारी लिएका डक्टर हेर्नेवाला छैनन् । टिकट काउन्टर खुल्ला हुन्छ तर ओपीडी सेवा लिन आउनेको लागि सम्पूर्ण डाक्टहरुको कोठा बन्द रहन्छ । बिहीबार १ः४५ बजे हात भाँचिएर उपचारका लागि आकस्मिक उपचार…
बुधबारे, ५असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ । वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष बुद्धिमान लिम्बुले जनाएका छन् । यसरी सम्मानित हुने किसानमा चैतन्य उप्रेती, बृखबहादुर लिम्बु, कृष्ण उप्रेती, सञ्जु अधिकारी, सुरेन्द्र अधिकारी, यमुना अधिकारी र प्रकाश कँडरिया रहेका छन् । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष लिम्बुले गरेका थिए भने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यपालिका सदस्य दुर्गा ढंगेल, प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाह, शिक्षा शाखा प्रमुख…