
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ३१ जेठ । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको जनाइएको छ। बिहान घरमै बसिरहेका बेला हृदयघात भई निधन भएको बताइएको छ। पौडेल संविधानसभाको सदस्य थिए। उनी तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत थिए। पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन्। उनका श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन्। उनका दुई छोरी छन्। पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनको शव बघौडा अस्पतालमा रहेको छ।
काठमाडौं, ३१ जेठ । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो। उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो। त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा…
काठमाडौं, ३१ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनी प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेका हुन् । भ्रमण दलमा उनकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानसेनापतिसहितको टोलीे असार ७ गते स्वदेश फिर्ता हुने जनाइएको छ ।
गर्मीमा पसिना बढी आउँछ। त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ। – पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ। – गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ। – गर्मीमा चिसो पानी बेस्कन खाने गर्नाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ। – गाजर, गोलभेँडा, पालक, काँक्रो,…
बिर्तामोड, ३१ जेठ । उपचारका क्रममा मृत्यु भएकी विवीता तामाङको एपिन्डीसको शल्यक्रिया नगरिएको कनकाई हस्पिटल बिर्तामोडले जनाएको छ । सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीय तामाङको अवस्था अस्पतालमा ल्याउँदै जटिल भएकाले भेण्टिलेटरमा राखेर उपचार गरिएको तर एपिन्डीसको अपरेशन नगरिएको उपचारमा संलग्न जनरल सर्जन डा.सन्तोषकुमार मिश्रले दाबी गरे । एकसाता अघि उपचारका लागि आएकी तामाङको गत आइतबार मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै पीडितका आफन्तले अस्पताल तोडफोड गरेका थिए । मृतकका आक्रोशित आफन्तले डा.मिश्रलाई कारवाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । ‘जटिल अवस्थामा ल्याएकोले बिरामीलाई चेकअप गर्दा पिसाव बन्ने प्रक्रिया बन्द भएर अवस्था नाजुक भईसकेको थियो’, डा. मिश्रले भने,…
प्रशान्त पुष्प रिजालसमाजमा वर्ग त्यसै स्थापित भएको हँुदैन । यो कुनै लोकसेवामा प्रतिस्पर्धा सफल हुने उच्च योग्य हुने, असफल हुने अयोग्य भन्ने जस्तो मात्रै पनि होइन । कयौँ शताब्दिहरुसम्म मतदान गर्न हिँडेको व्यक्ति दलितलाई देखेको दिन अशुभ हुने कल्पना गर्दै भोट हाल्ने र बाहिर आएर परिस्कृत राजनीतिको व्याख्या गर्नु कदापी मेल खाँदैन । पहिला आफू बदलिने हो, समाज बदल्ने हो, राजनीति आफैँ बदलिन्छ । सामाजिक, राजनीतिक रुपमा समाजको उच्च वर्गको शोषण, धार्मिक आडम्बर, अहमताको प्रतिफलले समाजमा एउटा जात, समूह लगातर पिछडिँदै, तिरस्कृत हुँदै स्थायी रूपमा समाजमा स्थापित हुने हो । पूर्वीय समाजलाई हेर्ने हो भने मनुस्मृतिले एउटा ब्राम्हण ब्रम्हाको मुखबाट…
बुधबारे, ३१ जेठ । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहीबार आप्mनो ८९औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईं, बुधबारे शाखा प्रमुख सुर्भन श्रेष्ठ लगायतको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक सुवेदीले सहभागीलाई स्वागत गर्दै यसबैंक मार्फत कारोवार गर्न सबैलाई अनुरोध गरे । बैंकका सिइओ प्रविन बस्नेतले बैंकले प्रदान गर्ने सेवा र सेवाग्राहीलाई प्रदान गरिने सेवा सुविधाका बारे सहभागिलाई जानकारी गराए । प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ…
बिर्तामोड, ३१ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकामा १८९ जनाले रोजगारी पाउने भएका छन् । कार्यक्रम अनुसार असार १ गतेदेखि १ महिनासम्म छनोटमा परेका उनीहरुले नगरका १० वटै वडामा अवाश्यकता अनुसार काम गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम बिर्तामोडका संयोजक होमनाथ भट्टराईले जानकारी दिनुभयो । यहाँका वडा कार्यालयहरुले आ–आफ्ना कामका क्षेत्र निर्धारण गरिसकेका छन् । काम गरेवापत उनीहरुले दैनिक रू ५१७ पारिश्रमिक पाउने छन् । बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले सरकारले ल्याएको नयाँ कार्यक्रमले बेरोजगारलाई रोजगार मात्र बनाउने नभई आफ्नो नगर सुन्दर बनाउन उत्प्रेरणा पनि मिलेको बताउनुभयो ।
काठमाडौं, ३० जेठ । सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने उल्लेख छ । उक्त ऐनमा सार्वजनिक विद्यालय पढ्ने विद्यार्थीलाई सरकारले विशेष प्रोत्साहन दिनसक्ने, दफा २८ मा ऐन प्रारम्भ भएपछि सबै निजी विद्यालयहरू सेवामूलक रूपमा सञ्चालन हुने, हाल सञ्चालित निजी विद्यालयहरू ऐन प्रारम्भ भएको दश वर्षभित्र निजी मुनाफा वितरण नगर्ने प्रकृतिका कम्पनी वा गुठीका रुपमा रुपान्तर गर्नुपर्ने र उपदफा ६ मा निजी विद्यालयहरूले सार्वजनिक शैक्षिक गुठी…
काठमाडौं, ३० जेठ । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो । विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन । डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन । यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन्। अहिले…