झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १२ जेठ । नेपाली कांग्रेस भद्रपुर १ नम्बर वडा तथा २ नम्बर वडा समितिले वडाको विकासमा सन्तुलित कार्य नभएको भन्दै ज्ञापनपत्र बुझाएका छन् । साविकको पृथ्वीनगर क्षेत्रमा रहेका दुवै वडामा सयौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाव दिन वडा समितिले वडा कार्यालयमार्फत नगर पालिकालाई ज्ञापन पत्र बुझाएको हो । नगर उप संयोजक मनप्रसाद कोइरालाको नेतृत्वमा प्रकास उप्रेती खड्गा लिम्बू लगायतले वडाध्यक्ष मार्फत ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा स्थानीय नागरिकका समस्या नगर प्रतिनिधि तथा वडाका जन प्रतिनिधिले बेवास्ता गरेको भन्दै सडक, पुल, कल्वर्ट निर्माण, खेलकुद, खानेपानी, सिञ्चाइ लगायत दर्जनौं समस्याको हल गर्न माग गरिएको छ ।

Read More

भद्रपुर, १२ जेठ । झापाको भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्तालाई खाट र झुल वितरण गरेको छ । समूहको वार्षिक कार्ययोजनाअनुसार गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणमा ६५ थान खाट र त्यति नै संख्यामा झुल वितरण गरिएको हो । अत्यन्त न्यून आर्थिक अवस्थाका कारण खाट किन्न नसकेर भुइँमै सुत्न बाध्य उपभोक्तालाई आइतबार समूहको कार्यालय परिसरमै कार्यक्रम आयोजना गरी खाट र झुल वितरण गरिएको समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले बताए । उनकै अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, १० नं वडाध्यक्ष टेकबहादुर खड्का, नेकपा भद्रपुर…

Read More

मीना घोरसाइने काठमाडौँ, १२ जेठ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिनुभयो । “काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभिन्न राजनीतिक घटनाक्रमलगायत विसं २००७ अघिका तस्बीर पनि सङ्कलन गरिसक्यौँ”, उहाँले भन्नुभयो । पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो । सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी…

Read More

बलिउड नायक अर्जुन कपुर स्टारर फिल्म इन्डियाज मोस्ट वान्टेड हिजो शुक्रबारबाट रिलिजमा आएको छ । नेपालको सुन्दर नगरी पोखरामा समेत अधिकांश दृश्य सुट गरिएको यो फिल्म नेपालमा भने रिलिज भएन । चर्चित नेपाली कलाकारहरुको समेत अभिनय रहेको यो फिल्म अन्तिम समयमा आएर रिलिज रोकिएको हो । आखिर किन रोकियो अजुर्नको फिल्मको नेपाल रिलिज ? बुझिए अनुसार फिल्ममा रहेको संवाद र केही दृश्यहरुको कारण उक्त फिल्म नेपालमा रिलिज हुन नसकेको हो । ती संवाद र दृश्यहरुले नेपालको राष्ट्रिय सुरक्षामा नै खतरा पर्न सक्ने भन्दै फिल्मको नेपाल रिलिज रोकिएको हो । फिल्ममा आतंकवादीहरु नेपाल बस्छन् जस्ता संवादहरुको कारण पनि फिल्मको रिलिज रोकिएको…

Read More

हेटौँडा, १२ जेठ । बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ । प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो ।

Read More

काठमाडौँ, १२ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेको उनले चार चौकाको मद्दतमा ५६ रन बनाएका हुन् । त्यसैगरी हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ प्रदेश नं…

Read More

काठमाडौँ, १२ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताएका छन् । द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना’ विषयक अन्तरक्रियामा उनले राष्ट्रको साझा पीडा भएको हुँदा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खनालले भने, ‘सङ्क्रमणकालीन न्याय सरकारको मात्र पीडा होइन, प्रतिपक्षको पनि पीडा हो,यो राष्ट्रकै पीडा हो, शान्तिप्रक्रियाको बाँकी रहेको यो कामलाई सबैले मिलेर पूरा गर्नुपर्छ ।’ आयोगको ऐन संशोधन गर्दा सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका साथै पीडितको पीडालाई…

Read More

बिर्तामोड, १२ जेठ । झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्थानीय डोमालाल रङ्गशालामा भएको खेलमा वार्ड नं १० ले वार्ड नं ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको शुरुदेखि नै वार्ड नं ६ माथि हावी देखिएको वार्ड नं १० को तर्फबाट पहिलो हाफको २१ औं मिनेटमा जर्सी नं ७ का उत्सव राईले टिमका लागि गोलको खाता खोलेका थिए । उनले तीन मिनेटपछि नै अर्को गोल थपे । राईले दुबै गोल १०…

Read More

सान नेपालगौरादह, १२ जेठ । गौरादह बजारले नयाँ स्वरुप पाउँदै गर्दा निर्माणको विषयलाई लिएर स्थानियहरुले प्राविधिक अध्ययन नगरी नर्माण गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गौरादहको ऐतिहासिकता मानिदै आएको गौरादह बजारका पिपल काटेको विषयमा नागरिक तहमा ठुलै हलचल ल्याए पस्चात प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले विनियोजन गरेको वाहेक नगरपालिका वाट ३० लाख समेत विनियोजन भइ अत्याधुनिक बजार निर्माण कार्यले तिब्रता पाउदै गएको छ । निर्माण सम्पन्न भए पस्चात नमुना बजार कस्तो बन्ला भन्ने अड्कल वाजी निकै हुने गरेको छ । यद्दपी बजार समितिले कुन प्रकारको बजार बनाउन चाहेको हो भन्ने नक्शांकन समेत…

Read More

द्रोण अधिकारीभद्रपुर, १२ जेठ । झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा अभियान कागजमा फष्टाए पनि व्यवहारमा प्रहरी प्रशासनका चंखे चतुरेलाई कमाइखाने गतिलो भाँडो बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व तथा जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा १५ वटै स्थानीय तहका जनप्रतिनिधिले मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रूपमा घोषणा गर्न गत वर्ष कात्तिक ७ गते झापाको कनकाइ नगरपालिकामा १२ बुदे घोषणा पत्र जारी गरेका थिए । १२ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरे मदिरा व्यपार रोकिएको छैन भने घरेलु मदिरा उत्पादकलाई सो प्रतिवद्धता पत्र देखाएर स्थानीय प्रहरी प्रशासनका चंखे चतुरे कमाइको श्रोतमा जुट्दा अभियान कागजमा सिमित भएको हो । गएको माघ १ गतेबाट…

Read More