
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २७ जेठ । सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बिर्तामोड, २७ जेठ । प्रथम बिर्तामोड गोल्डकपको आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी बन्दै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा आयोजक रेड स्टार फुटबल क्लब र पाञ्चायन एफसीबीच १–१ को बराबरी भएपछि खेल सोझै टाइब्रेकरतर्फ धकलिएको थियो । टाइब्रकेरमा पाञ्चायन ४–२ ले विजयी बन्यो । अब पाञ्चायनले मंगलबार हुने फाइनल खेलमा बिर्तामोडको पूर्वेली युथ क्लबको सामना गर्नेछ । यसअघि दोस्रो हाफको १८ औँ मिनेटमा पाञ्चायनका कप्तान तीर्थ बस्नेतले उत्कृष्ट गोल गरेका थिए । रेड स्टारको डिफेन्स लाइन अगाडि बढेको मौका छोपी बस्नेतले बल बढाएका थिए । तर, केहीबेरमा गोलरक्षक र डिफेन्डर आए पनि बस्नेतले जाली…
अनिल वाग्लेबुधबारे, २६ जेठ । दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको छ । हाल सम्म उनको उपचारका लागि एक लाख ६३ हजार ४ सय ८७ रुपैंया संकलन भएको मनिषा मगरको जीवन बचाउ अभियान समितिका संयोजक राजेन्द्रकुमार राईले बताएका छन् । अभियान समितिका संयोजक राईले मनिषाको अवस्था चिन्ताजनक भएकाले उनको जिवन रक्षाका निम्ति सबैलाई यथासक्य आर्थिक सहयोग गरेर उनको जिवन रक्षा गरिदिन अनुरोध गरेका छन् । विराटनगरको नोवेल मेडिकल कलेजमा उपचाररत् मनिषाको दुवै मृगौला खराव…
विर्तामोड, २६ जेठ । झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि हाल सो अस्पतालमा तनाव भएको छ । विमा कार्यक्रम लागु भएपछि सुर्योदयन गरपालिका ९ फिक्कलबाट २१ वर्षकी देविका तामाङ्गलाई गत बुधवार एपिन्डीसको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका पिता दावा तामाङ्गले बताउनुभयो । तर आइतवार आज विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेपनि आज विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराब भयो , विराटनगर लैजानु भनेको र कनकाई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा नोवोलले विरामी मरिसकेको बताएको पिता दावाले बताउनुभयो । अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट…
मोरङ, २६ जेठ । मोरङको कटहरी गाउँपालिका–७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । साँझ ६ः२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३६ प ३७३० नम्बरको मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका–५ का १९ बर्षीय निरज सरदार गम्भीर घाईते भई तत्काल उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा निजको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अर्का मोटरसाइकल चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ…
झापा, २६ जेठ । झापाको अर्जुनधारा नगरपालिका–९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बीच घरायसी बिषयमा बादबिबाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए । खुकरी प्रहारवाट गम्भीर घाईते भएकी बुहारीको झापाको बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ भने ससुरा खड्ग बहादुर दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, २६ जेठ । चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो । यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मत ल्याएकी छिन् । उनी, निर्वाचनमै सर्वाधिक मत ल्याउने उम्मेदवार समेत हुन् । यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १५६ मत ल्याएका थिए । सचिव पदमा पनाहा…
उर्लाबारी, २६ जेठ । द्वन्द्वकालमा राज्य र विद्रोहीपक्षबाट पीडित भएकाहरुको शनिबार मोरङको उर्लाबारीमा भेला सम्पन्न भएको छ । भेलामा द्वन्द्वपीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । आफूहरुको घाउमा मलम लगाउन सरकारले कन्जुस्याई गरेको उनीहरुले बताएका छन् । द्वन्द्वकालको घाउ अझैपनि दुःखीरहेको बताउँदै द्वन्द्वपीडितहरुले रोजगार र शिक्षाको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । नगर अध्यक्ष भिमबहादुर राउतको अध्यक्षतामा भएको सो भेलामा नगर क्षेत्रका करिब डेढ दर्जन द्वन्द्वपीडितहरुको सहभागिता रहेको थियो ।
गंगा बरालभद्रपुर, २६ जेठ । झापाको भद्रपुर माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मंगलबार एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा भद्रपुर नगरभित्रका २८ विद्यालय सहभागी थिए भने माध्उमिक तहका विद्यार्थीले खेलकुदमा भाग लिएका थिए । प्रतियोगितामा भद्रपुर २ को सगरमाथा मावि सर्वाधिक पदक ल्याई प्रथम भएको छ । उसले ७ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । पदक तालिकामा चन्द्रभानु मावि दोस्रो र अरनिको मावि तेस्रो भएको आयोजक भद्रपुर नगरपालिका, शिक्षा खेलकुद तथा युवा शाखा अधिकृत ज्ञानबहादुर पौडेलले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबलका…
बाँके, २६ जेठ । नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो । घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं. कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट ६ लाख ५० हजार र १०६ नं। कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्यो । घुसमा संलग्न भएको अभियोगमा…