
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नारायण ढुङ्गाना काठमाडौँ, ११ जेठ । मूलुकमा सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ । सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै प्रयोगकर्ताको अवस्था अध्ययन गर्ने उल्लेख थियो । “अध्ययनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ, केन्द्रीय तथ्याङ्क विभाले पनि आवश्यक काम गरिरहेको छ, संयुक्त रुपमा योजना निर्माण भएपछि गणकहरु फिल्डमा खटाएर तथ्याङ्क लिन शुरु हुन्छ”, गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका अधिकृत किरणचन्द्र सुवेदीले भन्नुभयो । उहाँले वास्तविक विवरण सङ्कलन गरिएपछि न्यूनीकरणका लागि रणनीति बनाउन सहज हुने बताउनुभयो । पाँच खण्डमा आवश्यक प्रश्नावलीहरु तयार भइसकेकाले मन्त्रालय…
काठमाडौँ, ११ वैशाख । मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । आयोगको एक टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरी मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक र सांस्कृति पर्वहरु ईदुलफित्र (ईद), ईदुलअज्हा (बकर ईद) र मोहम्मद जयन्ती (मोहम्मद दिवस) मा राष्ट्रिय सार्वजनिक बिदाको व्यवस्था गर्न अनुरोध गरेको हो । ध्यानाकर्षण पत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आयोगको विसं २०७५ चैत ११ गतेको निणर्यअनुसार गृह मन्त्रालयमा अनुरोध गरी पठाएकामा हालसम्म कुनै निर्णय अगाडि नबढेकाले प्रधानमन्त्रीबाट नै आवश्यक पहल गरी दिनुहुन अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले…
चिप्लेढुङ्गा, ११ जेठ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले पोखरामा उद्यमी महिलासँग गरेको उद्यमशीलता विकास सम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा उहाँले उद्यमीहरुले उत्पादन गरेका वस्तुको बजार विकासलाई सरकारले व्यवस्थित गर्नुपर्ने मुख्य चुनौती खडा भएकाले अव बन्ने बजेट महिलाको हितमा आउनुपर्नेमा जोड दिनुभयो । महिला हिंसा विरुद्ध हुने विभिन्न किसिमका गतिविधिको अन्त्य र निराकरण गर्नका लागि महिलाको आर्थिक सवलताको पाटो पनि बलियो हुनुपर्नु उहाँको भनाइ थियो । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले महिलालाई अग्रसर बनाउन आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण…
अर्जुन भुसाल काठमाडौँ, ११ जेठ । नेपाली चलचित्र ‘जात्रैजात्रा’ अहिले देश विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । कालाकारहरु नायक विपिन कार्की (फणिन्द्र) नायिका वर्षा राउत (सम्पदा) रविन्द्र सिंह बानियाँ (जोयस), रविन्द्र झा (मुन्ना) दह्याङ राई (दावा) राजाराम पौडेल (पण्डित), बाल कलाकार प्रवीण खड्का (इमान) कालु राना (दलजित) चलचित्रको मुख्य भूमिकामा छन् । प्रदीप भट्टराईको लखन निर्देशनमा निर्माण भएको जात्रैजात्राले राम्रो व्यापार गरिरहेको छ । भट्टराइको यो तेस्रो चलचित्र हो । ‘जात्रा’ र ‘शत्रुगते’मा अपेक्षित सफलता हासिल गरेपछि उहाँले तेस्रो चलचित्रको रुपमा जात्रैजात्रा निर्माण गर्नुभएको हो । एकपछि अर्को सफल चलचित्र पस्कदै जानुभएका भट्टराई चलचित्र जगतमा स्थापित निर्देशक बनिसक्नुभएको छ…
काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री…
काठमाडौँ, ११ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘जनताको चाहना र अपेक्षालाई पूरा गर्न नागरिक सहभागिताको सरकार र उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति तथा मौलिक हकको सम्मान गर्नुपर्दछ ।’’ विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जी–२० लाई विश्वव्यापी रुपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शुक्रबारदेखि शुरु भएको शिखर बैठकलाई आज जापानको टोकियोमा सम्बोधनका क्रममा पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका डा महतले सो धारणा राख्नुभएको हो । कुनै पनि देशले राष्ट्रिय स्वार्थपूर्तिका लागि सहअस्तित्वमा…
काठमाडौँ, ११ जेठ । नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो । देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए । एक्सन नेपालका डा। देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले…
काठमाडौँ, ११ जेठ । सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ छ । वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा आठ जना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो । नुनमा सिसा मिसाउनेविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको स्थानीय सीता घिमिरेको भनाइ छ। ‘सिसा मिसाउनेविरुद्धको जाहेरीलाई प्रहरीले चासो दिएन’, घिमिरे भन्छिन्, ‘उक्त घटनालाई गम्भीर रूपमा नलिएकाले नौ जनाले ज्यान गुमाउनुपरेको हो ।’ जस्मिता फियाकका श्रीमान् धनराज शेर्माले…
काठमाडौँ, ११ जेठ । सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले गण्डकी प्र्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए । प्रत्यक्ष निर्वाचित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउनुपर्यो । टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदको सुझाव नोट गरिरहेका बेला नेकपाकी नेर्त यशोदा सुवेदी गुरुङ भने कड्किइन् । ‘अर्थमन्त्रीज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम थप गर्ने त परै जाओस्, चार करोड दिने निर्णय गर्नुभयो भने म अदालत जान्छु ।’ प्रमुख सचेतक देव गुरुङकी पत्नी यशोदाको उक्त चेतावनीपछि बैठकमा सांसदबीच चर्काचर्की पर्यो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौँ, ११ जेठ । प्रतिनिधिसभाले कूटनीतिक राहदानी प्राप्ति र प्रयोगको प्रावधानलाई खुकुलो बनाउने प्रयास गरेको देखिएको छ । राष्ट्रपतिले राहदानी विधेयक फिर्ता गरिदिएपछि उक्त खुकुलोपन कायम रहने÷ नरहने प्रावधानबारे फेरि एकपटक निर्णय गर्नुपर्ने भएको छ । राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै पठाउनुपर्ने नियम मिच्दै प्रतिनिधिसभा एक्लैले पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि विधेयक पठाइएको थियो । राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता गर्नुका कारणमा कूटनीतिक राहदानीसँग सम्बन्धित विद्येयकको प्रावधान पनि रहेको स्रोतले बताएको छ । सांसदहरुबाटै कूटनीतिक राहदानीका वितरण र प्रयोगमा नियन्त्रित प्रावधानसहितको विद्येयक ल्याएको थियो । तर, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले त्यसलाई संसोधन गरी लचिलो बनाएको थियो , जसलाई राष्ट्रिय सभाको…