
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ जेठ। झापाको अर्जुनधारा नगरपालिका–१ मदनपुरमा आज ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा बिहान ११ः४० बजेको समयमा साधुटारबाट मदनपुर तर्फ ढुंगा बोकेर आउँदै गरेको मे १ त ५००६ नम्बरको ट्याक्टरमा सवार १९ वर्षका अर्जुन प्याकुरेललाई ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको चक्काले किचेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिनगई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर र चालक अर्जुनधारा नगरपालिका–१ साधुटार बस्ने २१ वर्षका सन्दिप कडेललाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
भद्रपुर, ७ जेठ । पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरू गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरू गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो,’ कोषाध्यक्ष जोशीले भने, ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौं ।’ हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम ३५ लाख रुपैयाँ बढी भइसकेको उनले जानकारी दिए । भविष्यमा १ करोड रुपैयाँको अक्षयकोष बनाउने धामको…
इन्टरनेट दुनियाको अत्यन्तै लोकप्रिय तथा चर्चित एउटा बिरालोको मृत्यु भएको छ । ग्रम्पी नामक उक्त बिरालो यति धेरै चर्चित थियो कि फेसबुकमा उसका ८५ लाख फलोअर्स थिए । त्यस्तै उसको इन्स्टाग्राममा २५ लाख र ट्वीटरमा १५ लाखभन्दा धेरै फलोअर्स थिए । अमेरिकाको एरिजोनामा बस्ने ग्रम्पी क्याटको मे १४ का दिन सात वर्षको उमेरमा मृत्यु भएको हो । बिरालो मालिकले सोसल मिडियामार्फत त्यसको पुष्टि गरेका छन् । ग्रम्पीका मालिकले ट्वीटरमा लेखेका छन्, ‘हामी हाम्रो प्यारो बिरालोको निधनको घोषणा गर्दा निकै दुःखी छौँ ।’ यो चर्चित बिरालोको तस्वीर इन्टरनेटमा कमेन्ट्स तथा मेमका लागि समेत निकै धेरै प्रयोग हुने गरेको छ । स्टेन…
जितेन्द्र भण्डारीपाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या भएको छ । आरुबोटे–३ को वडा कायाँलय छेउमा सो घटना भएको हो । धन राज शेर्माको ५ जना परिवार र मनकुमार फियाकको ४ जनाको हत्या भएको छ । कसले किन हत्या ग¥यो खुलेको छैन । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटना तर्फ गइसकेको छ । घटनामा ३ महिला र ६ जना पुरुष भएको जानकारी आएको छ । घटना पुष्टी हुन बाँकी छ ।
काठमाडौँ, ७ लाख । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो हुने गरेको छ । केही महिनाअघि तराई क्षेत्रमा भएको हावाहुरी र भारतको निर्वाचनलाई देखाउँदै यतिबेला व्यवसायीले तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, ७ जेठ । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो । सर्वोच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायाता व्यवस्था मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नाममा आदेश दिएको हो । लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने विषय उपभोक्ताको हित, जनस्वास्थ्य र स्वाच्छ वातावरणका लागि अपरिहार्य विषय रहेको आदेशमा उल्लेख छ । नेपाल अन्तर्रा्ष्ट्रिय श्रम संगठनको सदस्य राष्ट्र भएको स्मरण गराउँदै सर्वोच्चले अन्तर्रा्ष्ट्रियस्तरमा जनाएका प्रतिवद्धताका दृष्टिले…
काठमाडौँ, ७ जेठ । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो । सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको…
काठमाडौँ, ७ जेठ । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन । राजधानीको मुटु मानिने छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला ग¥यो । त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन् । प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी…
काठमाडौँ, ७ जेठ । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली र अंग्रेजी दुवै भाषा राख्नुपर्ने भएको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्यौट ऐन २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछर्यौट विनियमावली २०७२ (दोस्रो संसोधन २०७४ समेत) को विनियम ५९ उपविनियम (१) ले दिएको अधिकार प्रयोग गरी उक्त…
काठमाडौँ, ७ जेठ । देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् । जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । कार्यकर्ताले नेतालाई गुटबन्दीमा लागेका कारण पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ, पहिला नेतामा परिवर्तन आवश्यक छ भन्दै आक्रोश पोख्ने गरेका छन् । काभ्रेमा सञ्चालित जागरण अभियानमा सहभागी क्षेत्रीय सभापति रमेश हुमागाईंका अनुसार यहाँका आम कार्यकर्ताले आफूहरु जागृत भएको तर नेताहरु नै जागृत नभएको…