
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
प्रशान्त पुस्प रिजाल२६ December 1893 मा Hu nan प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक विश्वबिद्यालयबाट स्नातक परीक्षा पास गरे । र पछि १९२२ – १९२३ मा एक प्राथमिक शिक्षालयको principle को रुपमा कार्य गरे । प्रशान्त पुस्प रिजाल १९२०-१९२१ मा Chen-Tu-shin को पहलमा एक साम्यबादी सम्मेलनको आयोजना हुदै दलको निर्माण भयो । त्यस पश्चात १९२७ को क्रान्तिमा उनी सक्रियताका साथ लागे । यसै बीच Chu Teh सँग मिलेर Red Army को स्थापना गरे । तात्कालिन चीनको परीस्थिति अत्यन्त भयाभय थियो…
बेझाड, ५ जेठ । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन् । ६ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगेका थिए । परिवारको मीठो सपना बोकेर विदेश गएका नेपाली दुई वर्षदेखि त्यहाँको जेल जीवन बिताइरहेका छन् । घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य भए । उनी विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो । एक वर्षभित्रै उनले विदेश जाँदा…
किरण पौड्यालइलाम, ५ जेठ । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए । त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । ‘म त जेल परें परें…
पोखरा, ५ जेठ । नेपाली सेना र युएस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आइतबारदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए। उनकाअनुसार ‘सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिनेछ। नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम भएको जानकारी दिँदै उनले प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास…
काठमाडौं, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो। महासङ्घले सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १(क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ। महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात…
धादिङ, ५ जेठ । आज आईतबार बिहानै त्रिशुली नदीमा बस खस्दा मर्नेको संख्या ७ पुगेको छ । काकडभिट्टाबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस नदीमा खसेको हो । बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो । गजुरी गाउँपालिका ६ बन्छेटारको आदमघाटमा ना ७ ख ४३८७ नम्बरको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको हो । मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाडौं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य रहेका छन् । यसैगरी मृतकहरुमा प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डे पनि रहेका छन् । उनीहरुको भने…
झापा, ५ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्नि प्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्निप्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेछ । आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताउनुहुन्छ । नगरपालिकामा १४ हजार भन्दा…
धनकुटा, ५ जेष्ठ । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ बस्ने २२ वर्षका सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका–२ बस्ने २५ वर्षका घनेन्द्र होहङवा लिम्बु बीच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिसको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट प्रहरी टोली खटिनगई चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कुसहित पक्राउ गरी थप अनुसन्धान भईहेको उक्त कार्यालयले जनाएको छ ।
उदयपुर, ५ जेष्ठ। उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी–कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । बिहान ५ः४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रिपरका सह–चालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने २० वर्षका लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका–५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी २५ वर्षका पुरुष व्यतिmको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ट्रिपरका चालक…
झापा, ५ जेष्ठ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका–१२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ९ प १७८४ र विपरित दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाईकलमा सवार रहेका ३ जना घाईते भई उपचारको लागि बिर्तामोड स्थित बि। एण्ड.सी. अस्पताल पठाईएकोमा मे ४ प ८१८६ नम्बरको मोटरसाईकल चालक मेचीनगर नगरपालिका–१४ दुवागढी बस्ने ४१ वर्षका अर्जुन सुनुवारको उपचारको क्रममा बेलुका ६ः४० बजे मृत्यु भएको हो । अर्का…