
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भोजपुर, ११ जेठ । भोजपुरको पौवादुम्मा गाँउपालिका–३ च्याङ्ग्रेमा धारीलो हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सोही स्थानका वर्ष ४२ को कुमार श्रेष्ठले आफ्नै भान्जी बुहारी पर्ने वर्ष २८ कि मनिकला शाक्य र बर्ष १७ कि भद्रिका राईलाई घरमा आई धारिलो हतियार (बाम्फोक) ले प्रहार गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी च्याङ्ग्रेबाट प्रहरीको टोली खटिनुकासाथै ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले कुमार श्रेष्ठालाई उक्त धारिलो हतियार सहित पक्राउ गरको थियो । धारीलो हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागि स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने…
इलाम, ११ जेठ । इलामको सुर्योदय नगरपालिका–६ तारागाँउबाट हर्कटेको थापागाउँ जाने भित्री बाटो खन्ने क्रममा रुख ढलेर सोही स्थान बस्ने १२ बर्षीय भेषराज गजमेरको मृत्यु भएको छ । शुक्रबार बिहान सँवा ९ बजेको समयमा को १ ख २४२७ नम्बरको जे सि बि ले बाटो खन्ने क्रममा रुख ढाल्दा स्कुल पढ्न गएका सोही स्थान बस्ने १४ बर्षीय कृतिका रसाईलि र भेषराज गजमेर उक्त रुखले लागेर घाइते भएका थिए । घाइते दुबैजनालाई उपचारकोलागी सुर्योदय पोलिक्ल्निक फिक्कल पठाईएकोमा भेषराज गजमेरको उपचारको क्रममा बिहान पौने १० बजेको समयमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा तत्काल प्रहरी चौकी हर्कटे र ईलाका प्रहरी कार्यालय…
सन्तोष शर्माबनियानी, १० जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय आवश्यकताको परिणाम भएको बताउनुभएको छ । बिर्तामोडमा आज आयोजित नेकपा, झापाको ‘सपथ ग्रहण कार्यक्रम’मा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले त्यस्तो बताउनुभएको हो । ‘यो कार्यकर्ताको चाहना, जनताको भावना र राष्ट्रिय आवश्यकताको परिणाम हो’, उहाँले भन्नुभयो । मुलुकमा राजनीतिक अस्थिरताका कारण छ÷छ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न र मुलुककको आवश्यकता पूरा गर्न नेकपा बनेको उहाँले स्पष्ट पार्नुभयो । ‘कम्युनिष्टहरु फुट्न मात्र जान्छन्, जुट्न जाँदैनन् भन्ने थियो’, उहाँले भन्नुभयो, ‘हामीले कम्युनिष्ट जुट्न जान्छन् भन्ने सन्देश दिएका छौँ ।’ अब मुलुकमा एमाले र माओवादी नरहेको बताउँदै उहाँले…
दमक, १० जेठ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताउनुभएको छ । उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक आउनुभएका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताउनुभयो । बालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रुपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ ।” घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । मङ्गलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उहाँको…
सान नेपाल गौरादह, १० जेठ । खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको गौरादह नगरपालिकाले यस आर्थिक वर्षका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयर कम भलिवल लगत्तै प्रदेश स्तरिय खुल्ला व्याडमिन्टन खेल गर्ने कार्यक्रमको खाका सार्वजनिक गरिएको छ । प्रदेश स्तरिय खूल्ला डवल व्याडमिन्टन प्रतियोगिता यही जेष्ठ १३ गते उद्घाटन भई जेष्ठ १५ गते गणतन्त्र दिवशको अवसर पारेर समापन गरिने पत्रकार सम्मेलन मार्पmत जानकारी गराईएको हो । प्रदेश स्तरिय खुल्ला व्याडमिन्टन खेल वडा नं. १, २ र ३ को संयुक्त आयोजनामा सम्पन्न हुन गईरहेको व्याडमिन्टन खेल आयोजका समितिका संयोजक…
मकवानपुर, १० जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचारलगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु रहेको उक्त कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए । एक महिनासम्म मनाइने खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य स्वच्छतासम्बन्धी माइकिङ, प्रचारप्रसार, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरुसँग छलफल एवं होटल…
रुकुम, १० जेठ । आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ । लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो । नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जीप तथा भाडाका सवारी साधन रुट परमिट नलिई सञ्चालन भइरहेको, यात्रु तथा सवारी बीमा नगरेको, ब्लु बुक, लाइसेन्सजस्ता कागजात नभएको भेटिएको बताएको छ । नगरपालिकाले तत्कालै नियम पालना गर्न सचेत गराएको छ…
विराटनगर, १० जेठ । आगामी आर्थिक वर्ष ०७६–७७ का लागि प्रदेश १ सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको भन्दा २५ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले जानकारी दिए । ‘बजेटको अंक भन्न मिल्दैन, एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हुँदैन,’ मन्त्री आङ्म्बोले भने, ‘चालु आर्थिक वर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिश बजेटको आकार बढनेछ, करिबरकरिब बजेटको आकार ४५–४६ अर्ब भित्र समेटिनेछ ।’ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटको सबै भन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ ।…
फिक्कल, १० जेठ । इलामको सूर्योदय नगरपालिका–६ तारगाँउमा रूखले किचेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय भेषराज गजमेर छन्। विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लागेर उनको मृत्यु भएको स्थानीय बुद्ध कार्कीले जानकारी दिए। उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययरत कृतिका रसाइली घाइते भएकी छन्। घाइते रसाइलीको सूर्योदय फिक्कल पोलिक्लिनिकमा सामान्य उपचारपछि झापातर्फ लग्ने तयारी गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ।
काठमाडौं, १० जेठ । पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ । प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन । राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही…