
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ जेष्ठ। झापाको मेचीनगर नगरपालिका–७ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ६६ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ३१ हजार मूल्य बराबरको बिभिन्न किसिमका हार्डवेयरका सामान, कपडा र खैनी–४ बोरा बरामद गरेको थियो भने नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३६ हजार मूल्य बराबरको मटर ८ बोरा बरामद गरेको थियो । बरामद गरेको उक्त परिमाणको सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, ५ जेठ । आधुनिक तथा वैज्ञानिक रुपमा घरजग्गा बिक्री तथा खरिद साथै भाडामा लगाउने उदेश्यले झापाको बिर्तामोडमा मेची समृद्धि रियल स्टेटको स्थापना भएको छ । घरजग्गा छिटो छरितो, सरल ढंगले खरिद विक्री तथा भाडामा लिन दिनका लागि स्टेटको स्थापना भएको हो । घर जग्गा बिक्री, खरिद र भाडा लगाउनेमा हुने झञ्झटिलो प्रक्रियालाई सजिलो र समयलाई ख्यालमा राखेर रियल स्टेटको स्थापना गरेको स्टेटका प्रवन्धक तथा साविक मेची प्रमुख ललीतकुमार न्यौपानेले बताए । ‘अहिलेको प्राबिधियुक्त संसारलाई सदुपयोग गराउनलाई रियल स्टेट स्थापना गरेका हौं,’ न्यौपानेले भने । घर जग्गा बिक्री, खरिद र भाडामा लगाउन हुने समस्या समाधान गर्न रियल स्टेट आवश्यक रहेको…
काठमाडौं, ५ जेठ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ । अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी…
काठमाडौँ, ५ जेठ । संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न सदस्य डा। रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा। फुयाँलले आयोगमा आथिक व्यवस्थापन महाशाखा हेर्छन् । ‘हामीले चीन–अमेरिकाबीच देखिएको व्यापार तनावलाई नजिकबाट हेर्न सुरु गरेका छौँ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्क कँडेलले भने,‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रिपोर्टिङ गर्छौ ।…
काठमाडौँ, ५ जेठ । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् । पास भएका विद्यार्थीको मार्क्सिटमा पनि फेल भएकाको जस्तो तारा चिह्न राखेर परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको हो । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेष्टर २०७५ सालमा उत्तीर्ण गरे । तर, उनको मार्क्सिटमा दुईवटा तारा…
काठमाडौँ, ५ जेठ । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् । कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ९ग्रुप० कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन् । ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्…
दार्चुला, ५ जेठ । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ । विस्फोटकका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस १ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस २, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । आज नागरिकमा खबर छ ।
काठमाडौं, ५ जेठ । नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने धेरै न्युन छ । छिमेकी मुलुक चीन र भारतसँगको व्यापार घाटा मात्रा सबैभन्दा बढी छ । पछिल्लो ९ महिनामा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात…
गोरखा, ५ जेठ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ। र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ। ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ,’ चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ। ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया…
इलाम, ४ जेठ । आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत सीमा नाका पशुपतीनगर सिल हुने भएको छ। तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि हुन लागेको उपनिर्वाचनका कारण सोमबार बिहान १२ बजेसम्म नाका सिल हुन लागेको हो। पशुपतीनगरसँगै झापाको काँकडभिट्टा–पानीट्यांकी नाकासमेत बन्द हुनेछ। खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको जनाइएको छ ।