
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ७ जेठ । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ । घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले…
दमक, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल किशोरीलाई थप उपचारका लागि दमक ल्याइएको छ। घटनाका क्रममा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमलाई मंगलबार अपरान्ह दमक ल्याइएको हो। उनलाई दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले सीताको हात भाँचिएको बताएका छन्। लाइफलाइनमा उनको उपचार भइरहेको छ। घाइते सीताले स्थानीयलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी परिवारका सदस्यको हत्या गरेको थियो। उनी विक्षिप्त रहेको भन्दै चिकित्सक र सुरक्षाकर्मीले भेटघाटमा कडाइ गरेका छन्। घटनापछि उनी त्रसित अवस्थामा रहेकी प्रहरीले जनाएको छ।…
काठमाडौँ, ७ जेठ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोट्र्स सोसाइटीको व्यवस्थापनमा यसै महिना प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुनेभएको छ । यही जेठ २८ गतेदेखि शुरु हुने उक्त प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोट्र्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए । प्रतियोगिता सात दिनसम्म चल्नेछ । उनका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । राखेपका…
राजकुमार पराजुलीकाभ्रे, ७ जेठ । मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा आज कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको हत्यामा संलग्न भएको जनाउँदै मुद्दा दर्ता गरेको हो । जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए । उनले भने, ‘आरोपितको बयान, सबुत–प्रमाण तथा अनुसन्धान सकिएपछि परिवारका सबैविरुद्ध आज…
काठमाडौँ, ७ जेठ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द गरेको हो । विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो । कारोवार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् ।…
काठमाडौं, ७ जेठ । पाँचथरमा गएराति भएको ९ जनाको हत्याको विषयमा अनिसन्धान गर्न जिल्लाका चारै सुरक्षा निकायका प्रमुख घटनास्थलमा पुगेका छन् । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ भने सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली पनि अनुसन्धानको लागि घटनास्थलमा पुगीसकेको छ । घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ । मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि मोखिमको पनि घटनास्थलबाट झण्डै डेढ घण्टाको दूरीमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । मानबहादुरको ससुराली परिवारसँग…
इलाम, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताएका छन् । उनले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गरे । नेकपाका जिल्ला तहका पदाधिकारीलाई आज शपथ ग्रहण गराउन यहाँ आएका उनले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताए । उनले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गरे । पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दैे उहाँले इतिहास नबिर्सिन सबैलाई आग्रह गरे ।…
काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन ।उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरिन । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताइन । बिचौलियाको बिगबिगी सांसद टेकबहादुर बस्नेतले सल्यानमा गत…
विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गएराती धारिलो हतियार प्रहारबाट ९ जनाको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट ३ जना बालिका सहित २ जना पुरुष र ४ जना महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ । स्थानीय धनराज शेर्माको घरमा निज लगायत ५ जना र निजकै ससुराली घरका बम कुमार फियाक समेत ४ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको र सोही ठाउँकी सीता खजुम घाइते अवस्थामा फेला पारेपछी स्थानीयले बिहान ६ बजे प्रहरी चौकी दशमी बजारमा खबर गरेका थिए । घाइतेको स्थानीय स्वास्थ्य चौकी आरुबोटेमा उपचार भईरहेको छ । घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय…
झापा, ७ जेठ । झापाको मेचीनगर नगरपालिका –६ भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित सोमवार दमक नगरपालिका–७ बस्ने १९ वर्षका एलेन याक्थुम्वा लिम्बुलाई पक्राउ गरेको छ । ५ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।