झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ४ जेठ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिनुभयो । एक लाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तर्क्रिया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न र कानून कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको उहाँहरुको भनाइ थियो । पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो…

Read More

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी धादिङले जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।’ विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ…

Read More

चर्चित भारतीय अभिनेत्री कंगना रनौत यतिबेला फ्रान्समा छन् । उनि फिल्म फेस्टिबलमा सरिक हुन फ्रान्स गएकी हुन् । तर एकाएक उनको विरुद्ध मुद्दा परेको छ । मुद्दाको कारण उनी भारत फर्कनासाथ प्रहरीले उनलाई पक्राउ गर्ने भारतीय मिडियाले जनाएका छन् । यतिबेला अभिनेत्री कंगनाका विरुद्ध प्रहरीमा उजुरी परेको छ । आदित्य पंचोलीले बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको भनी प्रहरीमा उजुरी गरेका छन् । जानकारीअनुसार केहि समयअघि कंगनाका वकिल रिजवान सिद्दिकीले बलात्कारको झुटो मुद्दामा फसाउने भनि आदित्यलाई धम्की दिएका थिए । यसअघि आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि…

Read More

चितवन, ४ जेठ । नारायणगढमा जारी भरतपुर गोल्डकपको उपाधिका लागि झापा–११ र संकटा क्लब आमनेसामने हुँदैछन्। खेल अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ। झापा र संकटा दुवै टिम बाई पाएर क्वार्टरफाइनलमा पुगेका थिए। दुवै टिमले प्रतियोगितामा दुई–दुई खेल जितेका छन्। प्रतियोगितामा झापाले तीन गोल गरेको छ भने संकटाको सात गोल गरेको छ। संकटाले क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा घरेलु टिम चितवनझ११ लाई ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। उता, झापाले क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा…

Read More

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले हालै ल्याएको ‘मिडिया काउन्सिल विधेयक’ प्रेसस्वतन्त्रताविरुद्ध ‘मृत्युको घण्टा’ हुनसक्ने चेतावनी दिएका छन्। शनिबार बिहान ट्विट गर्दै अध्यक्ष थापाले प्रजातन्त्रको मेरुदण्डको रूपमा रहने प्रेसस्वतन्त्रतालाई संकुचित बनाउने विधेयकका प्रावधान हटाउन माग गरेका छन्। ‘लोकतन्त्रको अभ्यास भइरहेको बेला प्रेसविरुद्ध कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन उपयुक्त हुँदैन’, उनले लेखेका छन्। प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न माग गर्दै पत्रकारहरू आन्दोलनमा रहेका वेला थापाको यस्तो प्रतिक्रिया आएको हो।

Read More

गलकोट, ४ जेठ । नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उहाँको धारणा थियो । नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेण्डा बनाएर संसद्मा प्रतिपाद गरिने जानकारी दिनुभयो । अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उहाँले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त…

Read More

राजविराज, ४ जेठ । अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते हुनुभएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

Read More

भद्रपुर, ४ जेठ । नेपाल भारतको सीमा पर्ने मेची नदीमा निर्माणाधिन मितेरी पुलको पिलर बनाउने खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने शेखराज गेलालको छोरा ९ वर्षीय छोरा रुपेश गेलालको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बेलुका साढे ५ बजे मितेरी पुलको पिलर खनेको ठाउँमा जमेको पानीमा पौडी खेल्न गएका बालक गेलालको डुबेर मृत्यु भएको स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई खबर गरेका थिए। यता मृतक बालकलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको प्रहरीले जनाएको छ।

Read More

अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएको छ । बिहीबार प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोषीले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेका थिए । घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ वर्षे छोरी डजरीलाई पक्राउ गरेको छ । त्यस्तै क्लेरिसाकाको ४० वर्षे ब्याइफ्रेण्ड पायोट बोबकलाई हत्यामा सहयोग गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनाबारे थाहा हुँदा १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज तीन दिनदेखि हराइरहेकी थिइन् । प्रहरीले आशंकाको आधारमा फिगुरोआको घरमा खाजतलास गर्दा उनको…

Read More

झापा, ४ जेष्ठ । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चौक स्थितमा प्रहरीले बुधवार लागूऔषध खैरो हेरोईन सहित १ जनालाई पक्राउ गरेको छ । अपरान्ह साढे ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २ ग्राम ४२ मिलिग्राम खैरो हेरोईन र नगद १९ हजार सहित सोही ठाउँ बस्ने ३१ वर्षका दिनेश बि.कं. लाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क. लाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More