
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् । एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ । हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते । त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् । सन् २००४ मा ५९…
अच्यूत रेग्मीकाठमाडौँ, १० जेठ । के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो । यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । यस्तै किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित गरी ‘भटभटे एप’ विकास गरिएको बताइएको छ । “उक्त एप…
झापा, १० जेठ । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले बिहिवार अन्दाजी ९४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७० हजार मूल्य बराबरको बिभिन्न किसिमका मोटरपार्टसहरु बरामद गरेको थियो भने नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी २४ हजार मूल्य बराबरको मटर ८ बोरा बरामद गरेको थियो । बरामद गरेको उक्त परिमाणको सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
बिर्तामोड, १० जेठ । झापाको हल्दिबारी गाउँपालिकाले कृषि र शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ । कृषि र शिक्षामा लगानी र परिवर्तन नल्याएसम्म विकास सम्भव नहुने बताउनुहुन्छ, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन । गाउँपालिकालाई सुन्दर र समृद्धि बनाउने अभियानमा अग्रसर हुनुभएका उहाँ विकासको मापन भौतिक संरचना नभएको बताउनुहुन्छ । ‘मेरो बुवा पनि पञ्चायतकालमा प्रधानपञ्च हुनुहुन्थ्यो, उहाँले जुन बाटोमा गिटी बालुवा हाल्नुभएको थियो, मैले पनि त्यही ठाउँमा गिटी हाल्दैछु’, उहाँले भन्नुभयो, ‘अब यसरी विकास हुन सक्दैन, विकास हुनका लागि उन्नत कृषि र दक्ष जनशक्ति हुनुपर्छ, त्यसका लागि कृषि र शिक्षामा लगानी गर्नुपर्छ ।’ शिक्षित युवाले कृषिमा हात नहालेसम्म कृषि क्षेत्रको विकास हुन नसक्ने…
बिर्तामोड, १० जेठ : झापाको बाह्रदशी गाउँपालिका–५ का युवा दिनेश थापा गाईपालन व्यवसायबाट स्वरोगार बन्न सफल हुनुभएको छ । गाईपालन शुरु गरेको छ वर्षको छोटै अवधिमा थापा स्वरोजगार बन्न सफल हुनुभएको हो । विसं. २०६९ सालदेखि पाथीभरा एग्रो फर्ममार्फत् गाईपालन व्यवसायको थाली गर्नुभएका थापा आफूमात्र स्वरोजगार बन्नुभएको छैन, अन्य १२ जनालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ‘स्वदेशमै केही गरौँ भन्ने सोचका साथ गाईपालन व्यवसाय शुरु गरेको हुँ’, थापाले भन्नुभयो, ‘अहिले राम्रै आम्दानी हुन थालेको छ ।’ १० माउ गाईबाट व्यावसायिक गाईपालनको यात्रा थालनी गर्नुभएका थापालको गाईफर्ममा अहिले बाछाबाछीसहित १५० भन्दा बढी गाई छन् । फर्ममा अधिकांश होलिस्टेन र…
भद्रपुर, १० जेठ । नेपाल सरकारद्वारा जारी गरिएको निर्माण व्यवसायीहरूको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ प्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायीहरूको हित विपरित सरकारले ल्याएको नियमावली खारेजीको माग राख्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलित बन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । यसैक्रममा नेपाल निर्माण व्यवयासी संघको पूर्व घोषित कार्यक्रम अनुसार जिल्ला निर्माण व्यवसायी संघ झापाले प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष मिलन बस्नेत, महासचिव ओम पौडेल र संघका सल्लाहाकार केदार गिरीले संयुक्त रुपमा विभिन्न मागसहितको सो ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई बुझाएका हुन् । महासचिव…
काठमाडौं, १० जेठ । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस.गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो । सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ । को हुन् प्रेमसिंह ?अब…
उदयपुर, १० जेठ । रौतामाई गाँउपालिका–७ मुर्कुची बजारमा रहेको थापा जडिबुटी प्रशोधन केन्द्रमा आगलागी हुँदा चार करोड रुपैयाँको क्षति भएको छ । बिहीबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपातलगायत जडीबुटी जलेको हो । आगलागी स्थल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईले आगलागी भएको क्षतिको विवरण मूल्याङ्कन गर्न बाँकी भएको भन्दै अनुमानित चार करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिए । आगो कसरी लाग्यो भन्ने कारण नसकेको उनले बताए । दमकल, प्रहरी र स्थानीयको सहयोमा आगो नियन्त्रण लिइएको छ । एसपी राईका अनुसार रहस्यमय तरिकाले आगलागी भएको छ ।
काठमाडौं, १० जेठ । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् । यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो । उनले भनिन्, “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ” उनले सो क्षेत्रमा आवश्यक पूर्वाधारको पुनःनिर्माणमा अझै…
मोरङ, १० जेठ । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अभियुक्तविरुद्ध मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुरमा मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।