झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, २ जेठ । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ स्थित सिद्धेश्वर शिव बाबाधामले यसै शैक्षिकसत्रदेखि संस्कृत पाठशाला सञ्चालन गरेको छ । सनातन धर्म र संस्कृतिको विकासमा सहयोग पुर्याउने उद्देश्यले संस्कृत पाठशाला सञ्चालन गरिएको धाम व्यवस्थापन समितिका अध्यक्ष डीपी खतिवडाले बताए । हाल उक्त पाठशालामा २० जना विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । तीमध्ये ११ जना आवासीय विद्यार्थी र नौजना धाएर संस्कृत अध्ययन गरिरहेको खतिवडाले बताए । संस्कृत पाठशाला सञ्चालनका लागि जंगबहादुर कार्कीको संयोजकत्वमा शिक्षा समिति गठन गरिएको पनि खतिवडाले जानकारी दिए । यसैबीच मर्सिमेही फाउण्डेशन नेपालका अध्यक्ष दिपकप्रकाश बास्कोटाले उक्त पाठशालाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले…

Read More

भद्रपुर, २ जेठ । भद्रपुर–२ स्थित संयुक्त धार्मिक स्थल कमलधापमा उभौली पर्वको अवसर पारेर यही जेठ ४ गतेबाट ९ गतेसम्म सांस्कृतिक महोत्सव हुने भएको छ । कमलधाप संयुक्त धार्मिक स्थल संरक्षण समितिले धार्मिक स्थल पहिचानसहित आन्तरिक पर्यटनको चहलपहलका लागि ६ दिने महोत्सवको आयोजना गरेको हो । महोत्सव आयोजक समितिका संयोजक मानबहादुर तामाङको अध्यक्षता तथा प्रदेश संसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यमा महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १३ जात जाति तथा धर्मालम्बीहरूको साझा धार्मिक स्थलका रूपमा रहेको सो क्षेत्रमा बैशाखे पूर्मिमाको अवसरमा हरेक वर्ष ५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । २२ भन्दा बढी जातजातिको बसोबास रहेको सो…

Read More

मोरङ, १ जेष्ठ। मोरङको बुढीगंगा गाउँपालिका–७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर बस्ने २५ वर्षका भरत राई घाईते भएका थिए । गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १०स्४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

Read More

मोरङ, १ जेष्ठ। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा आज करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहान करिब ९ बजेको समयमा सोही ठाउँमा नयाँ निर्माण भईरहेको मस्जिदको वालमा पानी लगाउन कल चलाउने क्रममा अचानक करेण्ट लागेर सोही गाउँपालिका–६ बस्ने २५ वर्षका मोहम्मद ईलियात मियाँ बेहोस भएका थिए । करेण्ट लागेर बेहोस भएका मियाँलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा विहान साढे १० बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरीको टोली खटिन गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।

Read More

झापा, १ जेठ । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मंगलबार साँझ ६ बजे उक्त घटना भएको थियो। चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो। एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो। अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पारेका थिए। उनले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए। मृतकको शव परीक्षणका लागि राति नै…

Read More

पार्थ मण्डल भद्रपुर (झापा), १ जेठ । झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो। प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो। एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ। तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो। कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब…

Read More

झापा, १ जेठ । कनकाई पुल नजिकै कुकर बम राखेर आतंक मचाएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र प्रहरी कार्यालय झापाको संयुक्त टोलीले उनिहरूलाई इटहरी चोक नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ। प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठकाअनुसार बम राखेर आतंक मच्चाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो। बैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम भेटिएको थियो। मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको…

Read More

काठमाडौं, १ जेठ । एकातिर पत्रकारलाई कस्ने खालको विधेयक आउने भयले त्रस्त छन् कलमजीवी । अर्कोतिर व्यापारी र ठग मानसिकता भएकाहरुलाई भने हाइसञ्चो हुने खालको विधेयक बन्दै छ बालुवाटारतिर । राष्ट्र बैंकको पछिल्लो बोडै बैठकबाट पारित भई अर्थ मन्त्रालय पठाउने तयारी चलिरहेको बैंकिङ कसुरसम्बन्धी विधेयक अक्षरशः पारित भएको खण्डमा बाउन्स चेक भिडाएर ठगी गर्दै आएका माफिया र ठग प्रत्यक्ष लाभान्वित हुनेछन् । यस अघिको बैंकिङ कसुर तथा सजायँसम्बन्धी ऐन ०६४ ९पहिलो संशोधन ०७३०लाई अझै परिष्कृत गर्ने नाममा खातामा पैसा नहुँदा नहुँदै चेक काटेर अरुलाई दुःख दिने नियत भएका फटाहाहरुलाई छुट दिन खोजिएको हो । खातामा पैसा नहुँदा चेक काटेर दुःख…

Read More

काठमाडौं, १ जेठ । गृह मन्त्रालतबाट थायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ । गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले…

Read More

भैरहवा, १ जेठ । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ ।

Read More