
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३१ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । बुद्धशान्ति–५ स्थित टिमाइ पुलको छेउमा सोमबार दिउँसो मेचीनगर–३ का करिब ५५ वर्षीय बलबहादुर लुङ्गेली मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मगर मृत अवस्थामा स्थानीयबासीले देखेपछि धुलाबारी प्रहरीलाई जानकारी गराएका थिए । धुलाबारीबाट प्रहरी निरीक्षक समेतको टोली खटी गई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको जनाइएको छ ।
काठमाडौं, ३१ बैशाख । भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
काठमाडौँ, ३१ बैशाख । सरकारले सार्वजनिक विद्यालय पढाउने कर्मचारीलाई लाई प्रोत्साहन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सो व्यवस्था उल्लेख छ । तर के प्रोत्साहन गर्ने भन्ने विषय तोएिको छैन । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने विद्यालयले सरकारी कर्मचारीका छोराछोरी पढाए कस्तो पुरस्कार दिने भन्ने विषयमा निर्णय गर्नेछ । सार्वजनिक शिक्षाको सबलीकरण र यसप्रतिको जनविश्वास बढाउन शिक्षक स्वयम् र सरकारी कोषबाट तलब सुविधा उपभोग गर्ने हरेकले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउने विषय नीतिमा उल्लेख छ । यसअघि मन्त्रालयले सरकारी कर्मचारीले आफ्ना वालवालिकालाई सरकारी विद्यालयमा पढाउनेपर्ने व्यवस्था उल्लेख गरेको थियो । तर…
काठमाडौं, ३१ बैशाख । सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेका छन् । यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र स्थानीय तहमा सूचीकृत एक लाख ६ हजार आठ सय ७२ बेरोजगारलाई ३० दिनको रोजगारी दिनुपर्नेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले बेरोजगारलाई न्यूनतम रोजगारीको ग्यारेन्टी गर्ने र त्यसो गर्न नसके निर्वाह भत्ता वितरण…
रुपन्देही, ३० वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्नुहँुदै उहाँले सबै तहका सरकारबीच समन्वय र सहकार्यका आधारमा काम गरेर अगाडि बढ्न सके परिणाम हासिल गर्न सकिने बताउनुभयो । उहाँले विभिन्न जटिलताका बाबजुद पनि कूल ग्रार्हस्थ्य उत्पादन र आर्थिक वृद्धिदरका हिसाबले प्रदेश नं ५ अगाडि रहेको उल्लेख गर्नुभयो । विकासको सबैभन्दा उच्चदरको आर्थिक वृद्धिदर हासिल गरेर प्रदेश सुखद् सम्भावनातर्फ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पोखरेलले विभिन्न कठिनाइ झेलेर…
काठमाडौँ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रममा भनिएझैँ आगामी वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्षका रुपमा हासिल गर्ने बजेट आउनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्मा आज आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल कार्यक्रममा उहाँले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुने किसिमले बजेट आउने बताउनुभयो । “विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले के कुरा स्पष्ट गरेको छ भने आगामी वर्ष विगतका सबै अधुरा योजनालाई सम्पन्न गर्छौं भन्ने अठोट गरेको छ,” उहाँले भन्नुभयो, “विकास अभियानका सन्दर्भमा यसले नयाँ र गुणात्मक सन्देश यसले दिन…
दाङ, ३० वैशाख । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो । राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । उनका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उनको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको…
काठमाडौं, ३० बैशाख । त्रिवि सेवा आयोगमा नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ । वैद्य र विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो । कार्यालयमा उतीर्ण भएकाहरुको अन्तवार्ता हुँदै गर्दा अखिल क्रान्तिकारी ३ जना नेताहरु संघर्ष दाहाल, कुमार वर्तौला र शुलभ वैद्य प्रहरी छक्याउँदै कार्यालय भित्र पसी तालाबन्दी गरेका हुन् । उनीहरुले प्रकाशित खारेज गर्न, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाइ निलम्बन गरी कारबाही माग गरेका छन् । सो माग पूरा नहोउन्जेल तालाबन्दी जारी रहने अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष संघर्ष दाहालले जानकारी दिए ।
गौरादह, ३० बैशाख । स्थानिय याम बहादुर दाहालको जीवन रक्षाको माग राख्दै गौरादह उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन आयोजना गरेको छ । विगत ४ दिन देखि अनसन बसिरहेका दाहालको एक सुत्रिय माग प्रति एक्यवद्धता प्रकट गर्दै पत्रकार सम्मेलनको आयोजना गरिएको हो । गौरादह वार्ड नं. १ बस्ने दाहालले दुई वर्ष अगाडि सोही वडामा घर भएकी सृजना घिमिरेलाई नगद २६ लाख ७५ हजार रुपैँया जग्गा किन्नको लागि दिएको तर पटक पटकको तागेता पश्चात पनि घिमिरेले ऋण फिर्ता गर्न नमाने पछि दाहाल बाद्य भएर अनसन बस्नु परेको जानकारी गराईएको थियो । सावाँ र व्याज सहित करिव ३८ लाख नगद पाउनु पर्ने पिडित…
सुनसरी, ३० वैशाख । सुनसरीको ईटहरी उप–महानगरपालिका–२० तरहराबाट प्रहरीले आज १ जना पकेटमारलाई पक्राउ गरेको छ । पाकेट मारेको आरोपमा ईटहरी–१९ बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी–५ बस्ने बर्ष ५९ को हजारमान तामाङको पाईन्टको गोजी काटेर नगद ३० हजार पकेट मारी अटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेट मारेको नगद २८ हजार बरामद गरेको छ । बरामद नगद सहित राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले…