झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २९ बैशाख । झापाको कनकाई नदी पुलमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो । सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ। चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली उक्त वस्तु डिस्पोट गरेको छ ।

Read More

भियतनाम, २९ बैशाख । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । यो अवसरमा कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका अवरोध हटाउने र दुई देशबीचमा सम्बन्धका विषयमा विचारविमर्श गर्न द्वीपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गर्नुभयो । त्यसैगरी व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको…

Read More

काठमाडौं, २९ बैशाख । स्थानीय तहलाई नियन्त्रण गर्न खोजको भन्दै जनप्रतिनिधिले संघीय सरकार प्रति आक्रोश पोख्न थालेका छन् । कर्मचारी व्यवस्थापन, कानुन बनाउने सवालमा स्थानीय तहलाई नियन्त्रित गर्न खोजेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन । स्थानीय तहको निर्वाचन भएसँगै शुरु भएको राज्यका दुई तहबीचको द्वन्द्व घट्नुको साटो क्रमशः झन् झन् बढ्दै गएको पाइएको छ । आरोप, गुनासो र छलफलमा क्रममा देखिने असहमतिबाट शुरु भएको द्वन्द्व गत बुधबार बसेको काठमाडौं उपत्यकाका १८ नगरपालिकाका मयेरको फोरमको बैठकको पनि मुख्य एजेन्डा बन्यो । कर्मचारी समायोजको नाममा अनावश्यक कर्मचारी पठाउने मात्र नभई स्थानीय तहका लागि आवश्यक कर्मचारी केन्द्रबाट भर्ना गर्ने संघीय मामिला तथा सामान्य प्रशासन…

Read More

काठमाडौं, २९ बैशाख । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ । कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियता, विभिन्न संघीय एकाइ, जातजाति, धर्म वा सम्प्रदाय, राज्यद्रोह वा अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्नेजस्ता काम गरे उक्त जरिवाना वा कैद सजाय हुने प्रस्ताव विधेयकमा छ । ‘दफा ‘क’ बमोजिमको कसुर गरेमा कसुरको…

Read More

काठमाडौं, २९ बैशाख । ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट)ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले । अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ ने मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया । अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एक एक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि । अतिथिले भाषण नसक्दासम्म उनी पनि…

Read More

सुरुङ्गा , २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर वार्ड नम्बर ३ वार्ड कमिटीले हालैमात्र बिजयी हुने कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम र कनकाईघाट समितिका बिजयी उम्मेद्धारहरुलाई विशेष कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको छ । नेकपा वार्ड नम्बर ३ वार्ड कमिटीको आयोजनामा भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश सदस्य एवम् प्रदेशसभा सांसद हिराकुमार थापाले बिजयी उम्मेद्धारलाई सधै जनताप्रति इमान्दार भएर मतको सदुपयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेकपा नगर कमिटी सदस्य एवम् कनकाई नगरपालिका उपप्रमुख क .मन्जु दाहाल (प्रसाइर्), नेकपा जिल्ला सदस्य गोपाल प्रसाई, नेकपा नगर अध्यक्ष रविन्द्र लम्साल, नेता ओम पाठक, बिजयी उम्मेद्धार…

Read More

भद्रपुर, २८ बैशाख । भद्रपुर नेपाल शिक्षक संघ झापाले स्थापनाको ३० औं वर्षको अवसर पारेर उत्कृष्ट सम्मान सम्पन्न गरेको छ । सिके प्रसाई स्मृति प्रतिष्ठान विर्तामोडमा आयोजित कार्यक्रममा संघले शिक्षा पत्रकारिता सम्मानबाट नगद सहित खोजपत्रकारिता मञ्चचन्द्रगढीका अध्यक्ष ईश्वर अधिकारी सहित ८२ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो । शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको अध्यक्षता तथा शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक युनियन झापाका पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईलाई अभिनन्दन समेत गरिएको थियो । संघका झापा सचिव योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व उपसभापति देउमान थेबे, शिक्षक युनियन झापाका अध्यक्ष बुद्धिमान…

Read More

मोरङ, २८ बैशाख । मोरङको विराटनगर महानगरपालिका–५ सम्झना चोक स्थित भित्री सडक खण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ ४ घाइते भएका छन । आज बिहान साढे १० बजेको समयमा स ९ प ९७०६ र को ३३ प ४७३४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोरङको विराटनगर महानगरपालिका–१० बस्ने बद्यानन्द मण्डल, सिरहाको लहान नगरपालिका–५ बस्ने २५ वर्षिय विनोद अधिकारी र सोही नगरपालिका –८ वस्ने २२ वर्षिय दिनेश साह गम्भिर घाईते भएका छन भने सप्तरीको राजबिराज नगरपालिका–८ बस्ने १९ बर्षिय प्रेम यादब सामान्य घाईते भएका छन । घाईते चारैजनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको…

Read More

ट्युुनिस, २८ वैशाख । भूमध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुङ्गा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ । घटनास्थलबाट अन्य १६ जनालाई भने जिवितै उद्धार गरिएको पनि नियोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । दुर्घटना भएको डुङ्गामा झण्डै ७० जना शरणार्थी र आप्रवासीहरुले यात्रा गरेका थिए । उनीहरु लिबियाबाट आउदै थिए । अत्यन्त धेरै दुर्घटना हुने मार्गको रुपमा रहेको सो डुङ्गा मार्गमा गत बर्ष हरेक पटक औसतमा १४ जनाको मृत्यु हुने गरेको शरणार्थी नियोगले जनाएको छ ।

Read More

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

Read More