झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २४ बैशाख । ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्यास गरिएको छ। उक्त भवनको सोमबार एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गर्नु भएको हो । आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले जनसमुदायले प्रहरीबाट अपेक्षा गरे अनुरुपको प्रहरी सेवा प्रदान गर्न हरदम तयार रहनुका साथै शान्ति सुरक्षा सुदृढीकरणमा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ति सुरक्षा थप सुदृढ हुन सक्ने बताउनु भयो । १ नम्बर प्रदेश…

Read More

काठमाडौं, २४ बैशाख । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २३ बैशाख । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ । सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । नीति तथा कार्यक्रमको स्वीकृतिसंगै आयुक्तहरु सरकारसंग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो । आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २४ बैशाख । यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा सम्पत्ति राखेको अनुसन्धानमा खुलेको छ । उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठ छन् । सबैका नाममा अकुत सम्पत्ति राखेको पाइएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अधिकारीले सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतको नाममा पनि सम्पत्ति…

Read More

विराटनगर, २४ बैशाख । प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको हुन् र यो प्रस्तावको पक्षमा दुई तिहाइ मत खसेको छ । राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ संसद्मा ९३ सदस्य छन् । प्रदेशसभा सदस्य कांग्रेसका ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधर, नेकपाका…

Read More

बिराटनगर, २३ बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही ध्वंसात्मक– हिंसात्मक– मानव बेचविखन–जवरजस्ती करणी–चोरी जस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको…

Read More

बुधबारे, २३ बैशाख । बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति झापाले आयोजना गरेको बुद्धशान्ति क्षेत्रका अन्र्तरमावि लिखित हाजिरी जवाफ प्रतियोगितामा आदर्श मावि जयपूर प्रथम भएको छ । दुई चरणमा भएको प्रतियोगितामा सहभागी विद्यालयलाई पछाडी पार्दै आदर्श मावि प्रथम भएको हो । प्रतियोगितामा शान्ति निकेतन अंग्रेजी विद्यालय दोस्रो र गढीगाउँ मावि तेस्रो भए । प्रतियोगितामा प्रथम हुने आदर्शका आदित्य घिमिरे र सृजना अधिकारी, शान्तिनिकेतनका प्रनिष न्यौपाने र दिक्षा ढुंगेल तथा तेस्रो हुने गढीगाउँ माविका सोहन निरौला र दीपा तामाङलाई क्रमश तीन हजार, दुई हजार र एक हजार तथा प्रसंसापत्र सहित सम्मान गरिएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा भएको…

Read More

चितवन, २३ बैशाख । एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् । शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता…

Read More

काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने क्रममा सरकारले चालीसवटा बुँदामा झुटा कुरा प्रस्तुत गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै कांग्रेस नेतासमेत रहेका थापाले सरकारले सपना देख्ने क्षमता पनि राख्न नसकेको जिकिर गरे । ‘सरकारले सपना देख्ने क्षमता पनि राख्न सकेन राष्टपतिलाई राजाको भद्दा नक्कल गर्न उक्साइयो’, उनले भने, ‘संघीयता कार्यान्वयनका लागि बनाउने कानुन नियम ल्याएन । स्रोत र साधन कसेर राख्यो, मुख्य मन्त्रीलाई अञ्चलाधिश जस्तो व्यवहार गर्यो ।’ नेता थापाले प्रधानमन्त्री आफैँले भ्रष्टाचार गर्दिन भनेर कसम खाएर १०१ काण्ड मच्चाएको…

Read More

विराटनगर, २३ वैशाख । प्रदेश १ को स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्ताव दर्ता भएसँगै विराटनगर आन्दोलित भएको छ । यो आन्दोलनको अगुवाई बिराटनगर महानगरका मेयर स्वयंमले गरिरहेका छन् । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले आइतबार विराटनगरलाई प्रदेश राजधानी तोकेर कार्यापालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तरगत विराटनगर, सुन्दरहरैचा र इटहरीमा निर्माण गर्ने प्रस्ताव दर्ता गरेको थियो । आइतबार महानगरपालिकाकै अगुवाईमा सर्बपक्षीय छलफल गरेर डा. भेषप्रसाद धमालाको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । समितिले सोमबारदेखि अनिश्चितकालिन आमहडताल आहृवान गरेको छ । हड्तलाका कारण बजार, पसल यातायात पूर्ण रुपले अवरुद्ध छन् । राजधानी विकेन्द्रीकृत गर्न हुँदैन भन्ने जनस्तरबाट उठेको…

Read More