
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ जेठ । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाको आयोजनामा बिर्तामोड वडा नम्बर ५ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडमा प्राविधिक सहयोगमा बैंकले निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । शिविरमा बृद्धबृद्धा, महिला, पुरुष, बालबालिका गरी २८० जनाले शिविरको सेवा लिएका थिए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरिएको क्षेत्रीय प्रदेश प्रमुख सुवास श्रेष्ठले बताए । स्थानीय ग्राहकसँग जोडिने उद्देश्यले शाखाले पहिलोपटक शिविर आयोजना गरेको र आगामी दिनमा पनि यस्तै सामाजिक कामहरु गर्दै जाने बैंकका शाखा प्रमुख सुवास श्रेष्ठले बताए । मेची आँखा अस्पतालबाट नेत्र सहायक कविता कार्की, सन्तोष कर्ण,…
बिर्तामोड, ३ जेठ । नेपाल पत्रकार महासंघ झापाले शुक्रबार जिल्ला प्रशासन कार्यालय भद्रपुरमा आफ्ना सञ्चार साधनसहित सम्पूर्ण पत्रकारको उपस्थितिमा बृहत प्रदर्शन गर्ने भएको छ । सञ्चारसम्वद्ध संघ संगठन र सरोकारवाला पक्षसँग छलफल गरी तय गरिएको पहिलो चरणको आन्दोलन अनुसार भोली काठमाडौंमा संसद वाहिर र जिल्लाका सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो । संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित रहेको छ । पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा…
सान नेपालगौरादह, २ जेठ । गौरादह नगरपालिका वडा नं. २ हाँसखोरामा रहेको सरस्वती आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्थानिय समाजसेवी व्यक्ति नरजित राईले आप्mनी स्व. आमा पार्वती राईको वार्षिक पुण्य तिथिको अवसरमा विद्यार्थीहरुलाई कापी, पेन्सिल, कलम र विस्कुट वितरण गरेका हुन् । वडाअध्यक्ष हेमन्त कार्कीको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा आप्mना धारणा राख्दै वार्ड अध्यक्ष हेमन्त कार्कीले राई परिवारद्धारा आयोजित उदाहरणिय सामाजिक कार्यको खुलेर प्रसंसा गरेका थिए । कार्कीले भने, आप्mना दिवंगत मातापिताको सम्झनामा शैक्षिक सामाग्री वितरण जस्तो उदाहरणिय कार्यले नेपाली समाज विकसित हुँदै गएको अनुभव गर्न सकिन्छ,,…
कचनकवल, २ जेठ । प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुदअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि पथरीया उच्च माविले जितेको छ । कचनकवल–३ को पथरीया उच्च माविले सोही वडाको विद्या वाणि बोर्डिङ स्कूललाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै पथरीयाले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता विद्या वाणिले १५ हजार नगद, शिल्ड र प्रमाणपत्र हात पा¥यो । विजेता तथा उपविजेतालाई झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य एवम् राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी लगायतले पुरस्कार प्रदान गरे । फुटबल प्रतियोगितामा गाउँपालिकाभरिका ११ वटा विद्यालयले सहभागिता जनाएको कचनकवल खेलकुद विकास समितिका…
मेचीनगर, २ जेठ । प्रदेश १ को उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्ने औंल्याएका छन् । बुधबार काँकरभिट्टामा नवनिर्मित पर्यटक सहायता कक्षको उद्घाटन गर्दै सचिव ढुंगानाले लामो समयदेखि पूर्वीनाकामा निक्कै आवश्यकता खटिएको पर्यटक सहायता कक्ष निर्माण भएपछि यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई पर्याप्त सेवा पुग्ने विश्वास व्यक्त गरे । यस्ता कक्षले पर्यटकलाई फाइदा पुग्ने भएकाले पनि पर्यटकको रोजाइमा समेत यस्ता प्रवेशद्वार पर्ने उनको भनाई थियो । सचिव ढुंगानाले भौतिक पूर्वाधारमात्र भएर नपुग्ने यसले प्रत्यक्षरुपमा पर्यटकहरु लाभावन्तित हुनुपर्ने भन्दै यहाँ खट्ने कर्मचारीहरुको बानी व्यवहार पर्यटकमैत्री…
काठमाडौं, २ जेठ । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी जग्गामाथि अतिक्रमण बढेको, जग्गाको दुरुपयोग भएको तथा यस्ता जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएपछि छानबिनका लागि जग्गा रोक्का राख्ने निर्णय गरिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, २ जेठ । झापाको हल्दिवारीमा ६ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गर्ने किशोर फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। हल्दिबारी गाउँपालिका ३ बस्ने अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको छ । प्रहरीका अनुसार गत विहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई जबरजस्ती करणी गरेको थियो । बलात्कृत भएकी बालिका घर रुदै पुगेपछि घटना बाहिरीएको हो…
काठमाडौँ, २ जेठ । अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ । सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको जानकारी दिए । प्रवक्ता दवाडीका अनुसार, २०७८ सालको असारसम्म संसद् परिसर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा ६ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र…
काठमाडौं, २ जेठ । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाट लोकसेवाको बधा अड्काउ फुकाउ प्रस्ताव पारित हुनेछ र त्यसलगत्तै लोकसेवा आयोगले झनडै १३ हजार पदमा विज्ञापन गर्नेछ । लोकसेवा आयोगले ती पदमा भर्ना खुलाउनेसम्ब्न्धी गृहकार्यलाई तीव्र पारेको छ । आजको राजधानी दैनिकमा…
बिर्तामोड, २ जेठ । झापाको बिर्तामोड नगरपालिका–३ मा स्थापित श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म ‘लिची महोत्सव’को आयोजना गरिने भएको छ । कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक, सामाजिक तथा धार्मिक व्यक्तित्व जयनारायण ढुङ्गानाले बिर्तामोड–३ स्थित कछुबारीमा रहेको १५ विगाहा जमिनमा लगाइएको फलफूल बगानमा ‘लिची फेस्टिवल’ गर्न लागेका हुन् । ‘फलफूल बगानमा लटरम्म फलेर रातैभई पाकेका लिची आफ्नै हातले टिपेर खाने अवसर नै ‘लिची फेस्टिवल’को उद्देश्य हो’ संस्थापक ढुङ्गानाले भनेका छन् । ‘लिची फेस्टिवल’को अवधिमा बगानमा प्रवेश गर्न १०० रुपैयाँ तिर्नुपर्नेछ, बगानभित्र गएर छानीछानी पाकेको लिची खान पाइने व्यवस्था मिलाइएको आयोजकको भनाई छ । बगानमा विषादि रहित फलफूलहरु आँप, कटहर,…