
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० बैशाख । सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँबराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए । सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँचपटक ताकेता गर्दा समेत झापाकोका सवै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।
क्यानबेरा, ३० बैशाख । अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी)ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमानलाई समावेश गरिएको थियो । एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’ अस्ट्रेलियाको एबीसी न्युजले भेनेको…
बनियानी, ३० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सामुदायिक विद्यालयललाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आइतबार प्रेस संगठन नेपाल, झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले त्यस्तो बताउनुभएको हो । ‘सामुदायिक विद्यालयमा अंग्रेजी भाषा र शुल्क लिएर दीर्घकालीन रुपमा टिकाउन सकिँदैन’, सुर्खेतको एक सामुदायिक विद्यालयले सोल्टी होटलमा मह बेच्ने गरेको चर्चा गर्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘सामुदायिक विद्यालयले उत्पादनमूलक शिक्षामा जोड आवश्यक छ ।’ सरकारले सामुदायिक विद्यालयमा रुपान्तरणका लागि दशकीय कार्यक्रम घोषणा गरेको उहाँले बताउनुभयो । ‘विद्यालयमा विद्यार्थी भर्ना मात्र होइन, उनीहरुलाई टिकाउने र सिकाउने शिक्षा आवश्यक छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि सरकारले १०…
बनियानी, ३० बैशाख । झापाको बिर्तामोड नगरपालिकामा ‘हर्बल बाल उद्यान’ निर्माण हुने भएको छ । बिर्तामोड–२ स्थित रामचोक सामुदायिक वनमा कल्पचन्द्र आरोग्य धामले ‘हर्बल बाल उद्यान’ निर्माण गर्न लागेको हो । कल्पचन्द्र आरोग्य धामका अध्यक्ष कृष्णप्रसाद ढकालले सामुदायिक वनसँग ४० वर्षका लागि दुई हेक्टर जग्गा लिजमा लिएर हर्बल बाल उद्यान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाल उद्यान निर्माण गर्न रू १५ करोड खर्च हुनेछ । ‘मनोरञ्जनसँगै स्वास्थ्यवद्र्धक पार्क निर्माण गर्ने योजना रहेको छ’, उहाँले भन्नुभयो, ‘पार्कमा बढी अक्सिजन उत्पादन गर्ने जडीबुटी तथा फूलका बिरुवा लगाइने छ ।’ अर्जुनको रुखको हावाले मात्र पनि मुटुका रोगीलाई फाइदा पुग्ने उहाँले…
काठमाडौं, ३० बैशाख । अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत गरे । उनले बजेट राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र बनाउने दाबी गरे । पन्ध्रौं योजनाले लिएको विकासका दीर्घकालीन लक्ष्य पूरा गर्ने, देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने, सबै वर्गरसमूहमा विकासको पहुँच पुर्याउने, जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षाजस्ता विषयमा बजेट केन्द्रीत हुने आश्वासन पनि उनले बाँडे । खतिवडाको भाषण सुन्ने सर्वसाधारणमध्ये कतिले बजेट गरिबको पक्षमा आउने आशा गरे होलान् । तर के अर्थमन्त्री खतिवडाले संसद्मा भनेजस्तै मुलुकको आवश्यकता र…
काठमाडौं, ३० बैशाख । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । ‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उदेश्यका साथ मन्त्रिपरिषद्बाट पारित गरी संसदमा दर्ता गराएकोे विधेयक प्रति असहमति जनाउदै पत्रकार महासंघ लगायत सरोकारवाला निकायहरु आन्दोलित भैरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यो विधेयकलाई फिर्ता गराएरै छोड्ने उद्घोष गरेको हो । आईतबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले कम्युनिष्ट सरकारले ल्याएको यो विधेयकलाई प्रेस स्वतन्त्रता माथि…
मोरङ, २९ वैशाख । मोरङको विराटनगर महानगरपालिका–१८ बाट प्रहरीले आइतबार लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजेको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित मोरङ जहदा गाउँपालिका(१ बस्ने बर्ष ३५ को धनपत यादव र टेम्पो चालक रंगरली नगरपालिका( ४ बस्ने बर्ष ३५ को सुरज कुमार साहलाई नियन्त्रणमा लिएको हो । बरामद गाँजा सहित पक्राउ परेका दुवै जना र टेम्पोलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ…
भद्रपुर, २९ वैशाख । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो । झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार बिहान काठमाडौँ पु¥याइएको छ । सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका ती महिलालाई आज आइतबार परिवारको जिम्मा लगाइने माइती नेपालले जनाएको छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ महिलालाई…
सुरुङ्गा, २९ वैशाख । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउनुभयो । ‘‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’’ उहाँले भन्नुभयो, “सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नु पर्छ ।” देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताउनुभएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको…