झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २८ बैशाख । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले…

Read More

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएको छ । श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समिति नेपालद्वारा आज यहाँ आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उहाँले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताउनुभयो । “सेवा समितिले पशुपतिमा शुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ”, उहाँले भन्नुभयो । विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग वाग्मती गङ्गाको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ । पूर्वमन्त्री…

Read More

भद्रपुर, २८ बैशाख । भद्रपुर नगर क्षेत्रको पहिलो शरीर दान गर्ने व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । भद्रपुर १० स्थित चन्द्रगढीमा घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गरेका थिए । आचार्यको अन्तिम इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । वि सं २००७ साल अशोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् । वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी संगठन झापाका सदस्य, व्रामण समाज झापाका सदस्य…

Read More

काठमाडौँ, २८ वैशाख । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उहाँले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताउनुभएको हो । “सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाउनुभयो । उहाँले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै…

Read More

पर्वत, २८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन् । करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भइरहेको बेला पर्वतको फलेबास नगरपालिकाले शुक्रबार आयोजना गरेको मेयरकप खेलकूद प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पारेका हुन् । “गण्डकी प्रदेशको सबैभन्दा महत्वपूर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङदेखि त्रिवेणीसम्म कालीगण्डकी नदीको किनारैकिनार भएर जान्छ ।” उनले भने, “अब वारिपारी भनेर विवाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।” प्रदेशले शालिग्राम करिडोरको रुपमा मुस्ताङदेखि त्रिवेणीसम्मै सडक बनाउने प्रस्ताव अघि बढाएको…

Read More

सुर्खेत, २८ वैशाख । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको ‘ज्येष्ठ नागरिक देशदर्शन’ कार्यक्रमअन्तर्गत आज बिहान देशदर्शन यात्रा तय गर्नुभएका यहाँका ज्येष्ठ नागरिकको सुखद एवं सफल यात्राको कामना गर्दै मन्त्री रावलले राष्ट्र निमाणार्थ उहाँहरुको ठूलो योगदान रहेको बताउनुभयो । “ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र बालबालिकाको शिक्षादिक्षा दिन तथा युवालाई उत्पादनसँग जोड्न राज्य लाग्नुपर्छ”, मन्त्री रावलले भन्नुभयो, “अब ज्येष्ठ नागरिकलगायत सबैलाई राज्यप्रति गर्व गर्ने वातावरण बनाउँछौं ।” प्रदेश सरकार यहाँका ज्येष्ठ नागरिकका लागि अभिभावक बनेर काम गर्ने उहाँको भनाइ थियो ।सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत…

Read More

काठमाडौं, २८ बैशाख । जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने जनाएको हो।

Read More

चीनमा सबैलाई हैरान बनाउने एउटा घटना भएको छ । अहिले त्यो घटनाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए, जसको उपचारको लागि उनी डाक्टरकोमा गए । ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना हैरान भए । किनकी उनको कानमा माकुराले जालो बुनिरहेको भेटियो । पहिला डाक्टरले पनि सामान्य जाँच गर्दा पत्ता लगाउन सकेका थिएनन् । तरपछि माइक्रोस्कोपको सहायताबाट कानभित्र आठ वटा खुट्टा भएका एक जीव देखियो । डेली मेलमा छापिएको रिपोर्टका अनुसार, ली को कानभित्र माकुरा थियो । माकुराले जालो…

Read More

कास्की, २८ बैशाख । कतै फलेर बिक्री सुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर पोखराका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा पाँच करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन ९तरकारी० अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो । स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न…

Read More

काठमाण्डौ, २८ बैशाख । रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उहाँको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो । धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उहाँले आफ्नो छुट्टै पहिचान बनाउनु भएको थियो । त्यस्तै विक्रम संवत २०५६ सालमा उहाँ इमेज एफएमको स्टेशन म्यानेजरसमेत बन्नुभयो । लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले म्युजिक…

Read More