झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

डोटी, ३० बैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । यो संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १ सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,…

Read More

साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका हुन् । यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । यो द्वीपीय देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् । मिडिया रिपोर्टका अनुसार, अप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको हो, जसमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका दुईजना बालिका पनि रहेका छन् । यो हत्यालाई लिएर अहिले मानिसहरु सडकमा आएका छन् र विरोध जनाइरहेका छन् । पछिल्लो दिन…

Read More

इटहरी, ३१ बैशाख । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ संगित चोकमा आइतबार घरको ३ तला माथिबाट खसेर १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भए इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौं, ३१ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो । परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ३१ बैशाख । सहारा नेपालको आयोजना, ह्याविटाट फर ह्युमानिटी नेपालको सहयोग र बिर्तामोड नगरपालिका वडा नम्बर १० को संयोजनमा दुई दिनै एचवाइएवी लिडरसिप सम्बन्धी तालिम सोमबारदेखि शुरु भएको छ । युवा समूहलाई सामाजिक काममा उत्प्रैरित गर्दै नैतृत्व गर्ने क्षमता विकास गर्नै उद्देश्यले तालिको आयोजना गरिएको सहारा नेपालका शाखा प्रबन्धक घनश्याम रायले बताउनुभयो । प्रबन्धक रायको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङकौ प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन गर्दै युवालै सामाजिक कार्यमा पनि उत्तिकै सशक्त र सचेत हुनुपर्नेमा जौड दिंदै त्यसका लागि तालिम फलदायी हुने बताउनु भयो । कार्यक्रममा वडा नंं १० का वडा सदस्यहरु अर्जुन…

Read More

बिर्तामोड, ३१ बैशाख । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले अधिकांश महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयरबीच सहकार्य नहु“दा स्थानीय तहको विकासमा बाधा पुगेको बताउनुभएको छ । बिर्तामोड उद्योग बाणिज्य संघले सोम बिर्तामोडमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपमेयर खड्गीले आफूले रानीपोखरीलाई प्राकृतिक रुपमै बनाउनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकाका मेयरले आफूस“ग सहकार्य नगरेको बताउनुभयो । ‘रानीपोखरी प्राकृतिक राख्ने कुरामा मैले एक्सन लिएपछि हाम्रो सहकार्य तोडिएको छ’, उपमेयर खड्गीले भन्नुभयो, ‘कुनै पनि नगर तथा गाउ“पालिकामा पनि उपमेयर तथा उपाध्यक्षलाई बजेटमा अधिकार दिइएको छैन, यसले मेयर र उपमेयरबीच वादविवाद सिर्जना हुने गरेको छ ।’ उपमेयर तथा उपाध्यक्षलाई पनि विकास बजेट कार्यान्वनयनमा समान…

Read More

उर्लाबारी, ३१ बैशाख । मोरङको उर्लाबारी नगरपालिका वडा नं.६ स्थित मावा नदीको किनारामा बाँध निर्माण धमाधम भइरहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको एक करोड रुपैयाँ अनुदान र १० लाख रुपैयाँ जनसहभागिता गरी एक करोड १० लाख रुपैयाँको लागतमा सो स्थानमा बाँध निर्माण सम्पन्न गरिने उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए । सो स्थानमा अहिले जेसीबी लगाएर बाँध निर्माण कार्य धमाधम गरिँदैछ भने बाँध निर्माणपछि तारजालीको स्पर लगाइने उनले बताए । सो स्थानमा बाँध निर्माणपछि उर्लाबारी क्षेत्रका मुल्यवान जग्गा सुरक्षित हुने अपेक्षा गरिएको छ ।

Read More

उर्लाबारी, ३१ बैशाख । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं.१० ऐयाबारीका ४५ वर्षीय कमल धिमालको शव सोमबार बिहान फेला परेको छ । उनको शब स्थानीय पशुपति सामुदायिक वन क्षेत्रमा फेला परेको हो । चारदिनदेखि हराइरहेका धिमालको शब च्याउ खोज्ने स्थानीय वासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक धिमालको शव रहेको छेउको रुखमा समेत डोरी बाँधिएको छ । धिमाल २७ गते शुक्रबार बिहानदेखि हराएको छोरा राजेश धिमालले बताए । बिरामी अवस्थामा रहेका बबु बिहीबार राति सुतेको शुक्रबार बिहान हेर्दा नभएपछि प्रहरीमा जानकारी दिएका थिए । जंगलमा च्याउ खोज्न आउने शिविरका केही ब्याक्तीहरुले सडेको अवस्थामा नरिवलको डोरीले घाँटीमा बाँधेको अवस्थामा शव भेटेपछि…

Read More

काठमाडौं, ३१ बैशाख । स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन् । यही वैशाख पहिलो साता मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारीको माग पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो । २० वैशाखसम्म चार सय ३७ स्थानीय तहबाट १० हजार चार सय ९२ कर्मचारीको माग आएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । मन्त्रालयका अनुसार स्थानीय तहले माग गरेका कर्मचारीको पूर्तिका लागि लोकसेवालाई पत्राचार गरिएको प्रवक्ता तामाङले बताए । उनका अनुसार बाँकी स्थानीय तहले…

Read More

बिर्तामोड, ३१ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । इलाम फाक्फोथुम गाउँपालिका–५ घर भई हाल झापा शिवसताक्षी–१ माझीडाँडामा बस्दै आएका २८ वर्षीय मणिकुमार राईले सोमबार आफु सुत्ने कोठाको सिलिङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले घटनाको मुचुल्का तथा लासजाँच प्रकृति मुचुल्का समेतको कार्य पश्चात पोमाको लागि दमक अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More