
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउडका चर्चित कलाकार गिरीश कर्नाडको निधन भएको छ । अभिनेतादेखि निर्देशक, नाटककार, लेखक र ज्ञानपीठ पुरस्कार विजेता समेत रहेका गिरीशको ८१ बर्षको उमेरमा निधन भएको हो । केही समयदेखि बिरामी भईरहेका उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा नै आज उनको घरमै निधन भएको बताईएको छ । बलिउडमा पनि केही फिल्महरुमा काम गरेका उनी पछिल्लो समय एक था टाईगर र टाईगर जिन्दा है बाट थप चर्चित बनेका थिए । नाटक लेखनमा समेत पोख्त रहेका उनको अधिकांश नाटकहरु पनि चर्चित बनेका थिए । उनले थुप्रै भारतीय राष्ट्रिय पुरस्कार , साहित्यक पुरस्कार समेत पाएका थिए । उनको निधनमा बलिउड तथा साउथका…
सुनसरी, २७ जेठ । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टावारीमा आइतवार जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने ६० वर्षका मोहमद सद्रुल मियाँ र निजकै छोरी ३८ वर्षकी नेहरुल खातुन घर नजिकै रहेको केराबारीको हेरचाह गर्न जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट ४–५ वटाको समूहमा निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएका बावु छोरीलाई सिमा प्रहरी चौकी भाण्टावारीबाट प्रहरी टोली खटिन गई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा राती पौने ११ बजे बावु सद्रुल मियाँको मृत्यु भएको हो भने…
विराटनगर, २७ जेठ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध गाँजासहित आइतवार मोरङ केरावारी गाउँपालिका–१० बस्ने २० वर्षका विनोद तामाङलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले दिउँसो १ बजे केरावारी चौकमा शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई अवैध लागूऔषध गाँजा २ किलो सहित पक्राउ गरेको हो । पक्राउ परेका निजलाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखि थप अनुसन्धान भईरहेको छ ।
चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भए। फाइनलमा ६ जना पुगेका थिए। कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्। २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी २०७३ मा नेपालमै भएको…
झापा, २७ जेठ । भारतले इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले हरायो । भारतको यो लगातार दोस्रो जित हो । दी ओभल क्रिकेट मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भारतको जितमा शिखर धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक महत्वपूर्ण बनेको थियो । भारतले दिएको तीन सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा तीन सय १६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले अर्धशसतीय इनिङ खेले । स्मिथले ६९…
भद्रपुर, २७ जेठ । जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्ठताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार झापाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । एक्सनले व्यवस्थापन गरेको कार्यक्रममा काठमाडौं फेरस्ट्री कलेज, सामुदायिक वन उपभोक्ता महासंघ झापा र रोयल बोटानिक गार्डेन एडिनवर्ग साझेदार रहेका छन् । ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएर एकै स्थानमा केन्द्रित रहेका ती सामुदायिक वनमा पहाड र मधेश दुवै क्षेत्रमा पाइने विभिन्न प्रजातिका विरुवाहरु र जीवजन्तुहरु पाइने सामुदायिक वन…
काठमाडौँ, २७ जेठ । सिपाहीलाई बिदामा पठाएर उनीहरूको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका छन् । सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डिआइजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही सुरु गरेको हो । बाहिनीकै प्रहरीले गरेको उजुरीका आधारमा एआइजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टि भएको थियो । समितिले केही दिनअघि आइजिपी शैलेन्द्र खनाललाई बुझाएको प्रतिवेदनमा तल्लो तहका प्रहरीको रासनभत्ता डिआइजीसहितका हाकिमले लिएको भन्दै कारबाहीको सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा सशस्त्रको मुख्यालयले कारबाही अघि बढाएको छ । ‘जवानहरूलाई महिना लामो बिदामा पठाएर उनीहरूको रासनभत्ता लेखापालले नदिएको पाइयो,’ छानबिन समितिमा रहेका एक प्रहरी…
काठमाडौं, २७ जेठ । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन । स्मार्टफोन उत्पादकहरुले फेसबुुक, इन्स्टाग्रामजस्ता एप्स आफ्ना सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहककहाँ पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, २७ जेठ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ । नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा…
काठमाडौं, २७ जेठ । संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएको छ । दोस्रो चरणको अभियानले गाडी हाइवेमा आउने र तेस्रो चरणको अभियानले गाडी कुद्ने छ ।’ पहिलो चरणको एकमहिने कार्यक्रम जिल्ला केन्द्रित थियो । महाधिवेशनबाट पारित प्रस्तावहरुका साथै पार्टीको संशोधित विधान र पार्टीको आगामी कार्य्दिशाबारे आम कार्यकर्तालाई जागरुक बनाउने उद्देश्यले अभियानको आयोजना गरिएको थियो । प्रवक्ता शर्माले पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै देशव्यापी रुपमा आम कार्यकर्तालाई उर्जा प्रदान गरेको बताएका छन् । वैशाख २५ देखि…