झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

साँखु, ८ जेठ । तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने तोयाकन नेपाल बादोरियो कराँते डो सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले जानकारी दिनुभयो । खेल संस्कृतिको विकास गर्दै खेलकूदको माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने…

Read More

जाजरकोट, ८ जेठ । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको शान्ति सुरक्षामा दक्खल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । यसभन्दा अगाडि विप्लव समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन् । प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै जैशीलाई पक्राउ गरिएको खत्रीले बताउनुभयो ।

Read More

झापा, ८ जेष्ठ । झापाको मेचीनगर नगरपालिका–८ टोकला बगानस्थित रमाईलो बस्तीबाट प्रहरीले मंगलवार १७ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित सोही नगरपालिका बस्ने संजय दर्जी र ३० वर्षका मनोज दर्जीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । दिउँसो साढे १ बजेको समयमा संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । बरामद लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, ८ जेठ । जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् । कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो । किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ । तर…

Read More

काठमाडौँ, ८ जेठ । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ गरेका हुन् । १५ जना मोटरसाइकल चालक पनि पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ८ जेठ । राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो । घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता गरिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ८ जेठ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्सेनि ७ करोड रुपैयाँ उठाउँदै आएको छ । राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ। ‘धेरैमा ६र७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए । ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए…

Read More

काठमाडौं, ८ जेठ । कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर, कतारले देशबासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौँ ।’ कतार अझ बलियो र आत्मनिर्भर नाकाबन्दीले कतार दिनानुदिन अझ बलियो र आत्मनिर्भर बन्दै गएको छ। ‘हामी कतारी काम नै नगरि बस्दा पनि पुग्ने समुदायमा पर्छौं। यो छिपेको छैन,’ कतारी राजाकी बहिनी शेख हिन्दले ‘द…

Read More

भद्रपुर, ८ जेठ । आन्तरिक राजश्व कार्यालय झापाले रू एक अर्ब ९२ करोड ९६ लाख दुई हजार राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको १० महिनाको अवधि (बैशाखसम्म)मा उक्त राजश्व संकलन गरेको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक राजश्व विभागले कार्यालयलाई बैशाखसम्ममा रू एक अर्ब ९९ करोड ६५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्यभन्दा रू ६ करोड ४ लाख ६३ हजार कम संकलन भए पनि आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्य हासिल हुने प्रमुख आचार्यले बताउनुभयो । ‘कार्यालयले लक्ष्यको ९७ प्रतिशत प्रगति हासिल गरेको छ’, उहाँले भन्नुभयो, ‘केही शीर्षकमा रावश्व खारेजी भएकाले…

Read More

इनरुवा, ७ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज जिल्ला प्रहरी कार्यालय र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि सगरमाथा टिम क्लब गठन गरेर ‘हामी अगाडि बढौँ’ भन्ने नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम भइरहेको जानकारी गराउनुभयो । स्थानीय, सरकार, युवा, विद्यार्थी, महिला, समाजसेवी र सञ्चारकर्मी सबै मिलेर दुव्र्यनसविरुद्धको अभियान न्यूनीकरण गर्नुपर्नेमा उहाँको जोड थियो…

Read More