झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अमृता अनमोल काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए । उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको उल्लेख गरे। बुटवल, देशको शान्ति सुरक्षा विकास र इतिहास संरक्षणमा मुख्य ध्यानकेन्द्रित गरेको बताए। नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै उनले अब देशभरका गढी र किल्लाको संरक्षण र संवर्द्धन गर्ने बताए। रक्षा तथा…

Read More

काठमाडौँ, ७ वैशाख । कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ । विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेको उनका माहिला छोरा विनयकुमारले जानकारी दिए । उनि मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए । नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा…

Read More

बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा ठूलो दुर्घटनामा परेका छन् । विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको दौरान उनको अनुहारमा गम्भीर चोट लागेको हो । मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन् । गत अप्रिल १८ मा गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको थियो । उनलाई तुरुन्त स्थानीय अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइएको थियो । घटनामा उनको अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर पनि भएको…

Read More

विराटनगर, ७ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्रतिनिधिको सहभागी हुने जानकारी गराइयो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संविधान संशोधनको माग नै मुख्य मुद्दा हुने तदर्थ समिति अध्यक्ष भूपेन्द्र नेमाङ लिम्बूले बताउनुभयो । समितिका उपाध्यक्ष राजकुमार यादवले पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरणजस्ता सैद्धान्तिक विषयलाई अधिवेशनमार्फत व्यवस्थित र व्यापक बनाउन जनसङ्गठनलाई परिचालन गरिनेछ भन्नुभयो । अधिवेशन…

Read More

भारतमा हुने प्रत्येक निर्वाचनमा सयौँ स्वतन्त्र उम्मेदवारहरू उठ्छन्। विभिन्न बाधा र व्यवधान भए पनि उनीहरू प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन्छन्। दुई दर्जन पटक पराजित भएर पनि निर्वाचनमा उठ्न नछोड्ने एक व्यक्ति छन् । पुणे सहरको शिवनगरमा विजयप्रकाश कोन्डेकरलाई प्रायः सबैले चिन्छन्। त्रिहत्तर वर्षीय कोन्डेकर विगत दुई महिनादेखि निर्वाचन प्रचारप्रसारमा सक्रिय छन्। ूसंसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा दलगत राजनीति मात्र गर्नुपर्छ भन्ने छैन भन्ने म सर्वसाधारणलाई देखाउन चाहन्छु,ू उनी भन्छन्। ूम आफूजस्तै स्वतन्त्र उम्मेदवार दिन चाहन्छु। यही नै भ्रष्टाचार हटाउने उपाय हो।ू यसपालि फेरि संसदीय निर्वाचनमा कोन्डेकर उठेका छन्। उनी उठेको क्षेत्रमा तेस्रो चरणमा एप्रिल २३ मा मतदान हुँदैछ। नब्बे करोड मतदाता…

Read More

इलाम, ७ वैशाख । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए । आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने उल्लेख गरे । उनले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने भन्दै बन्द, हडताल र…

Read More

बिर्तामोड ७ वैशाख । झापाको मेचीनगर–६ मा एक करोड ५० लाखको एकल लगानीमा होटल सञ्चालनमा आएको छ । झापाका व्यवसायी खिलबहादुर गिरी ‘राजु’को एकल लगानीमा होटल पेरिस सञ्चालनमा आएको हो । होटलको पूर्व सांसद रविन कोइरालाले उद्घाटन गरेका थिए । होटलमा इट्ली, ढोसा, मान, तन्दुरी, वडा, पेय पदार्थ लगायतका विशेष परिकारका खानाका परिकार उपलब्ध हुने होटल सञ्चालक गिरीले बताए । नयाँ बर्षको अवसर पारेर सञ्चालनमा आएको होटलमा ७ गतेसम्म विशेष छुट दिइने गिरीले बताए । होटलमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका मेनेजर अर्पण लामाले बताए ।

Read More

बिर्तामोड ७ वैशाख । नेपाल दशनामी समाज झापा जिल्ला कार्य समितिले जिल्लाबाट निर्वाचीत केन्द्रीय तथा प्रदेश समितिसहित अग्रज दशनामीलाई सम्मान गरेको छ । समाजले अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेको शिवालय मन्दीरमा शनिवार कार्यक्रमको आयोजना गरी निर्वाचित समितिसहित १० जनालाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, सदस्य लवकुश गिरी, प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, सहसचिव पदमबहादुर पुरी ‘प्रकाश’ र सदस्य सुशिला गिरी रहेका छन् । उनीहरुलाई जिल्ला अध्यक्ष खिलबहादुर गिरीसहित समितिको टोलीले फूलमाला, खदा र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानपत्र जिल्ला कोषाध्यक्ष कृष्णकुमार गिरीले वाचन गरेका थिए । त्यसैगरी सोही कार्यक्रमका विच शहिद…

Read More

पथरी, ७ बैशाख । मोरङको पथरीशनिश्चरेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । पथरीशनिश्चरे–१ कि २९ वर्षीया रिना बस्नेत मृत अवस्थामा फेला परेकी हुन् । रिना शुक्रबार राति कन्सर्ट हेर्न गएकी थिइन् । शनिबार बिहान मर्निङ वकमा हिँडेका स्थानीयबासीलाई रिनाको शव नग्न अवस्थामा घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् भने उनी १४ वर्षीय छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ ।

Read More

भद्रपुर, ७ बैशाख । भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । एक नम्बरं प्रदेशमै पहिलोपटक आयोजना भएको प्रतियोगिताको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले एक भव्य समारोहका बीच बैशाख ३ गते गरेका थिए । उद्घाटन खेल सुरुंगा र झिलझिले महिला फुटबल क्लवबीच मैत्रीपूर्ण गराइएको थियो । भद्रपुर माविको खेल मैदानमा शनिवार बेलुका ७ बजेदेखि प्रतियोगिता शुरु हुदैछ । पहिलो खेललमा आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लव भीडदैछ । बैशाख ३ गते नै खेलाइनु पर्ने पहिलो खेल प्राविधिक कारणले शनिबारलाई तय गरिएको आयोजक समितिका अध्यक्ष दिलीप भूइँमालीले जानकारी दिए । नयाँ वर्ष २०७६ को अवसर पारेर आयोजित…

Read More