
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ वैशाख । झापाको बिर्तामोडस्थित कपुरी ब्रदर्शले सुजुकी कम्पनीको फोर ह्वीलर ‘वागन आर’ तेस्रो पुस्ताको कार झापाको बिर्तामोडबाट बिक्री सुरु गरेको छ । आइतबार एक कार्यक्रमका बीच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी, कपुरी ब्रदर्शका सञ्चालक किरण कपुरीले लगायतले नयाँ मोडलको कारको सार्वजनिक गरेका छन् । नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकको मन सहजै प्रभावित पार्ने सक्ने सञ्चालक कपुरीले बताए । पाचौँ पुस्ताको हटेर्क प्लाटफर्ममा निर्माण भएको नयाँ वागन आरले प्रभावकारी सुरक्षा प्रदान गर्ने, ४० प्रतिशत उच्च गुणस्तरको स्टिल प्रयोग गरेर निर्माण गरिएका कारण यो कार बलियो भएको कम्पनीको दाबी छ । सुधारिएको…
लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नयाँ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन्। ‘सेवारो नमस्ते…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ। दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन्। साढे ११ मिनेट लामो उक्त गीतको म्युजिक भिडियालाई लोकप्रिय हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन्। भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन्। भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन्। भिडियोमा बसेलकै कोरियोग्राफी छ। नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत…
काठमाडौँ, ९ वैशाख । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन्। आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ। राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन्। नेपाली सेनाले चार, नेपाल पुलिस र एपिएफले दुई÷दुई स्वर्ण पदक जित्न सफल भएका छन्। पुरुष ६३ केजीमुनिमा नेपाल पुलिसका वीरबहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादव र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन्। त्यसैगरी…
श्रीलंकामा आइतबार भएका श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या २९० पुगेको छ । अहिलेसम्म भएका आठ बम विस्फोटमा २ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै पाँच सय जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा ३६ जना विदेशी नागरिक पनि रहेका छन् । यो घटनामा २४ जनालाई गिरफ्तार गरिएको बीबीसीले उल्लेख गरेको छ । आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले पनि लिएको छैन । सन् २००९ मा गृहयुद्ध सकिएपछि श्रीलंकामा भएको यो आक्रमण अहिलेसम्मकै ठूलो हो । आइतबारको श्रृंखलाबद्ध विस्फोटपछि श्रीलंकामा कर्फ्यू लगाइएको छ । २ सय भन्दा धेरै जनाको ज्यान जाने गरी विभिन्न होटल र चर्चमा आक्रमण भएपछि देशभरी नै…
ललितपुर, ९ वैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुने गरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाउनुभएको छ । संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद पनि व्यवहारिक नभएको दाबी गर्नुभयो । सोमबार ललितपुरमा डा। रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ पुस्तकको विमोचन गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । संयोजक भट्टराईले वित्तीय संघीयता र प्राकृतिक…
काठमाडौँ, ९ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताएका छन्। महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”, उनले भने। महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गरे। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको बताए। हाल काठमाडौँ उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक…
उदयपुर, ९ वैशाख। उदयपुरको वेलका नगरपालिका–७ मैनामैनी स्थित कुलुङ भन्ने स्थानमा आइतवार पिकअप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । अपरान्ह साढे ५ बजेको समयमा चतराबाट वेलका नगरपालिका– ८ कोठु हुँदै मैनामैनी मयाम तर्फ जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअप गाडी ब्रेकफेल भएर पछाडी सरेर दुर्घटना भएको थियो । दुर्घटनामा पिअपमा सवार वेलका–७ मैनामैनी बस्ने २३ वर्षको मनोज राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चालक सहित पिअपमा सवार ४ जना मध्ये बेलका–८ बस्ने ३५ वर्षकी चरकुमारी राई (गम्भीर), चालक अम्बर राई र वेलका–७ बस्ने ३२ वर्षकी…
मोरङ, ९ वैशाख । प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । मोरङको केरावारी गाउँपालिका–१ पाटीगाउँ मणीराज लिम्बुको काठको बेरा, टिनको छानो भएको २ तले घरमा अपरान्ह ६ बजे बिद्युतको तार सर्ट भइ आगलागी हुँदा घरसहित घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर नष्ट हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको हो । आगो राती ८ बजे प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँ–लखनडाँडा बस्ने मोहन मगरातीको ढुंगा, माटोले बनेको फुसको छानो भएको २…
गौरादह, ९ वैशाख । गौरादह १ निवासी याम बहादुर दाहाल र सोही ठाउँमा बस्ने सृजना घिमिरे विच भएको आर्थिक लेनदेन सम्बन्धी समस्याले चरम रुप लिदै गएको छ । आफु माथि अन्याय भएकोे वताउदै आएका दाहालले गौरादह खबर नामक फेसबुक आइडीबाट न्यायिक समिति माथि नै विभिन्न आरोप तथा लान्छना लगाउदै भिडियो सार्वजनिक गरे पछि सरोकारवालाहरु चिन्तित बनेका छन् । सो सम्वन्धमा न्यायिक समितिले प्रेस विज्ञप्ती नै जारी गर्दै खण्डन गर्न बाद्य भएको छ । पे्रस विज्ञप्ती जारी गर्दै न्यायिक समितिले आफु मातहतका पदाधिकारीहरु माथि याम बहादुर दाहाल द्धारा लगाईएको अनेक लान्छना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्तीमा भनिएको…
काठमाडौं, ९ वैशाख । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० प्रतिशत देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो । ‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको हो,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने, ‘यो व्यवस्था पहिले भत्ता खाने सबै निकायका लागि लागू हनेछ ।’ कर्मचारीले भत्ता पाउन कार्यालय समयभन्दा अघि वा पछि, शनिबार अतिरिक्त काम गरी ८०…