झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काँकडभिटा, १५ बैशाख । नेपाल आर्मी कठिन जितका साथ मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार सम्पन्न खेलमा धरान फुटवल क्लवलाई २−१ ले पाखा लगाउदै आर्मी अन्तिम चारमा पुगेको हो । पहिलो चरणको खेलमा च्यासल युथ क्लब काठमाण्डौलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको धरान आर्मीसँगको भेटबाट घर फर्किएको छ । नियमित खेल्ने तीन खेलाडीबीना नै मैदानमा उत्रिएको आर्मीबिरुद्ध धरानले गरेका दर्जनौ प्रहार खेर गएका थिए । खेलको २९ औं मिनेटमा टंक बस्नेतले गोल गरेका थिए । सन्तोष तामाङको पासमा बस्नेतले गोल गर्दै टीमको लागि गोलको खाता खोलेका थिए । ४१ औं मिनेटमा सुमन अर्यालको पासमा आर्मीका नियमित स्ट्राइकर…

Read More

मदन ठाकुर रौतहट, १५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिष्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ। नेपाली कांग्रेसको रौतहट क्षेत्र नम्बर २ ले आयोजना गरेको विशाल जनसभामा पार्टीका जिल्ला सभापति कृष्णप्रसाद यादव नै अनुपस्थित भए। एक पक्षीय कार्यक्रम भएको र पार्टीको कार्यक्रम नै नभएको जिल्ला सभापति यादवको भनाइ छ। कार्यक्रम भव्यताका साथ सम्पन्न बनाउनको लागि पार्टी सभापति शेरबहादुर देउवालगायतका केन्द्रीय नेताहरुको प्रचारप्रसार गरिएको थियो। शक्ति प्रदर्शनका लागि कांग्रेसका सांसद महम्मद आफताब आलम गुटले राखेको कार्यक्रममा पार्टी सभापति देउवा उपस्थित भएनन्, जिल्ला सभापति यादव पनि गएनन्।…

Read More

काठमाडौँ, १५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही नागरिक मगन्ते भइ सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्। राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान–बस्न जिम्मा लिने दाबी गरे। उनले गामी पन्ध्राौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे। हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ। त्यसैले अब कोही पनि भोका रहने छैनन्। केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस्ु, उनले भने, ुप्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।ु हाल निरपेक्ष गरीबीको प्रतिशत घटाउन सरकारले ठूला आकाङ्क्षा र महत्वाकाङ्क्षाका…

Read More

भीमदत्तनगर, १५ बैशाख । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पुर्याइने जानकारी दिए । ‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छ’, उनले भने, ‘सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।’ उनले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राखे। ‘हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो’,…

Read More

काठमाडौं, १५ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । वैशाख १ गतेदेखि सुरु गरिएको सो सफाइ अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको…

Read More

आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए । गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो । शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट फरालेर आत्महत्या गरे । शैलेष सिंहका जेठो छोरा पनि जेट एयरवेजमा नै काम गर्थे । जेट एयरको उडान बन्द भएकाले उनको पनि तलब आएको…

Read More

काठमाडौँ, १५ बैशाख । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो। जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क तथा अन्य ठाउँमा नियमानुसार राखिएका काउन्टरमा टिकट वितरण गर्ने व्यक्तिले अनिवार्य रुपमा पोशाक लागउनुपर्ने र साथमा परिचयपत्र राख्नुपर्ने व्यवस्था गरेको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगुवाइमा पछिल्लो समय उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जारी भएको तीनमहीने सुधार…

Read More

कप्तान लियोनल मेम्सीको एक मात्र निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको हो । लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई १–० गोलले हराएको थियो । घरेलु मैदान क्याम्प नोउमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले ६२ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमा फिलिप कोउटिन्होको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले अर्टुरो भिडालको पासमा गोल गर्दै बार्सिलोनालाई च्याम्पियन बनाएका हुन् । बार्सिलोनाले पछिल्ला ११ वर्षमा जितेको यो आठौं उपाधि हो । बार्सिलोनाको समग्रमा २६ औं ला लिगा उपाधि हो । खेलभर लिभान्तेलाई दबाबमा राखे पनि बार्सिलोनालाई गोल…

Read More

संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी छिन् । महिलाले अबू धाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ । महिलाका अनुसार उनका इरानियन श्रीमानले हनिमुनमा एक दिरहाम (यूएइको मुद्रा) खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो । उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् । ‘उनले हाम्रो विवाहमा एक सुक्का…

Read More

काठमाडौं, १५ बैशाख । भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै पौडेललका छोरा नवीनका नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा सरकारले फिर्ता नगर्ने आशयको अभिव्यक्ति दिएपछि भूमाफियाले कब्जा गरेको ललितानिवास परिसरको बाँकी जग्गा पनि सरकारका नाममा आउनेमा आशंका बढेको छ । यसबाट ललितानिवासको जग्गा हिनामिनाको छानबिन पनि थप पेचिलो बन्ने देखिएको छ ।आजको नागरिकमा खबर छ ।

Read More