झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ४ वैशाख । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ। झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन्। विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म नागरिकता पाउन सकेका थिएनन्। तर गृह मन्त्रालयले गत चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई वंशजको आधारमा नागरिकता वितरण गर्नु भनी परिपत्र गरेको थियो। तीन दिनसम्म नागरिकता वितरण भएलगत्तै गृहको परिपत्र विरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले सो प्रकृतिका…

Read More

काठमाडौँ, ४ वैशाख । वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठकको ६० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेका श्रेष्ठको काठमाडौँको नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको कामना मासिकमा सम्पादक बिदुर गिरीले बताएका छन्। नेपाल समाचारपत्र दैनिक पत्रिकाका प्रधान सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा अहिलेपनि विभिन्न पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएका थिए। श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले दिउँसो १ बजेदेखि ३ बजेसम्म भूगोलपार्कमा राखिने र आज नै हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तेष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ।

Read More

मोरङ, ४ बैशाख । मोरङको विराटनगर महानगरपालिका(७ सरकारी वकील कार्यालय अगाडी मंगलवार करेण्ट लागेर १ युवकको मृत्यु भएको छ । दिउँसो ३ बजे पर्सा संखुवाप्रसेनी गाउँपालिका(१ घर भई विराटनगरमा आशिष निर्माण सेवामा कार्यरत बर्ष २२ को भोजराज दुलाल बिजुलीको तार मर्मत गर्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुलाललाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मंगलवार अपरान्ह पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, ४ वैशाख । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले मंगलवार अन्दाजी १ लाख ६४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७५ हजार मूल्य बराबरको विभिन्न किसिमका कपडा ६० हजार मूल्य बराबरको हार्डवेयरका सामान र रंग, १० हजार मूल्य बराबरको बिस्कुट २ कार्टुन, सुर्ती १ किलो र नेपालबाट भारत तर्फ लैजाँदै गरेको स्याउ ३ कार्टुन, खुकुरी चुरोट(१० बण्डल बरामद गरेको थियो । बरामद सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

बिर्तामोड, ४ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ की एक बालिका माथि यौन दुव्र्यवहार भएको छ । बिर्तामोड–५ की एक ६ वर्षीया एक बालिका यौन दुव्र्यवहार गरेको अभियोगमा सोही स्थानका ४० वर्षीय प्रकाश तोलांगेलाई पक्राउ गरेको छ । दिउँसो खानेकुरा किन्न गएकी ती बालिकालाई पसल सञ्चालक तोलांगेले यौन दुव्र्यवहार गरेको आरोप पीडित परिवारले लगाएपछि आज तोलांगेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । खाजा खानका लागि बालिकालाई २० रुपैयाँ दिएर आफू काममा निस्किएको बालिकाकी आमाले बताउनुभयो । बालिका पैसा लिएर खानेकुरा किन्नका लागि नजिकैको पसलमा गएका बेला पसलका सञ्चालक प्रकाश तोलांगेले यौन दुव्र्यबहार गरेको…

Read More

काठमाडौँ, ४ बैशाख । काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् । उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

गोरखा, ४ बैशाख । ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र…

Read More

ललितपुर, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान (हिपतम) सुरु गर्ने भएको छ । सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ । यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय जागरण…

Read More

काठमाडौँ, ४ बैशाख । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ४ बैशाख । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । आजको नागरिक दैनिकमा खबर छ । यस्तो छ नेपाली स्याट–१ नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको यसको तौल १.३ केजी छ । बाहिरी भागमा नेपालको झन्डा, नेपाल प्रज्ञा प्रतिस्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको छ ।

Read More