
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १५ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।’ रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो। त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम…
काठमाडौं, १५ बैशाख । नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदै छ । सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ । प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदै छन् । प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादर राना, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन् । आजको अन्नपूर्णमा…
काठमाडौं, १५ वैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ । यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए । अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्सपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए । निगमले जापानबाट पाएको यो…
काठमाडौं, १५ वैशाख । गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ । २३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्ष्भित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेश भएको थियो ।आजको नेपाल समाचारपत्रमा खबर…
काठमाडौं, १५ वैशाख । सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए । टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो…
भारतका चर्चित कमेडियन कपिल शर्माले सञ्चालन गर्दै आएको द कपिल शर्मा शो पुनः टेलिभिजन रेटिङमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ। पटक पटक बन्द हुँदै सञ्चान हुँदै आएको शोले पछिल्ला दिन राम्रो रेटिङ पाएको हो। कपिल शर्माले आफूलाई बारम्बार एक प्रतिभावान कमेडियनको रुपमा प्रमाणित गर्दै आएका छन्। पछिल्लो समय विभिन्न विवादका कारण शर्माले कार्यक्रम बन्द गर्नुपर्यो। त्यसपछि उनी विवादलाई बिर्सने प्रयास गर्दै कार्यक्रमको नाम पनि ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मा बदलेर सन् २०१८ मार्चमा पुनः टेलिभिजनमा झुल्किए। तर, अत्यन्त न्यून रेटिङको कारण जम्मा तीन एपिसोडपछि कार्यक्रम बन्द भयो। अघिल्ला असफलताबाट पाठ सिकेर उनले महिलाको ‘ग्याप’ राखे । यसबीचमा ठूलो…
तटीय क्षेत्रमा सुरक्षाकर्मी र संदिग्ध विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको ज्यान गएको छ । शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको प्रहरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् । झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाका प्रवत्ताले दाबी गरेका छन् । विद्रोही समूह सम्भवतः इस्लामिक स्टेट (आईएस) हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । यसअघि गएको आइतबार इस्टर पर्वको अवसरमा भएको सिलसिलाबद्ध बम विस्फोटमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने ४ सय ५० बढी घाइते भएका…
नारायण न्यौपाने, सुशील दर्नाल काठमाडौं, १४ वैशाख । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख १६ गते अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले चौथो अधिवेशनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको जानकारी दिए। राष्ट्रियसभा र प्रतिनिधि सभाका मूल बैठक कक्षमा रहेका भौतिक पूर्वाधारको मर्मतसम्भारलगायत प्राविधिक तयारी पूरा भएको पनि प्रवक्ता पाण्डेले बताए। वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले…
भक्तपुर, १४ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उहाँले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार,…
सोलुखुम्बु, १४ बैशाख । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ माझखर्कमा दाउराको भारीले किचेर इकजनबाको मृत्यु भएको छ । गत १२ गते बिहान ७ बजेको समयमा घर देखि ३० मिनेट उत्तरमा आफ्नै बारीमा दाउरा बोक्न गएका ५३ को कृष्ण बहादुर राई बेलुकासम्म घर फर्केर नआएपछी सोही राती उनलाई आफन्तहरुले दाउराको भारीले किचेर घाईते अवस्थामा फेला पारेका थिए । गम्भिर घाईते उनलाई स्थानिय स्वस्थ्य चौकी सोताङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि शुक्रबार साझँ ५ बजेको समयमा एभरेष्ट एयरको हेलिकप्टर द्वारा टिचिङ अस्पताल काठमाण्डौ लाने क्रममा बाटैमा मृत्यु भएको थियो । शबलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाण्डौमा राखिएको छ भने थप अनुसन्धान कार्य…