झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ बैशाख । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित दर्जनभन्दा बढी कांग्रेस नेता झापा आउनुहुने भएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को कार्यालय उद्घाटनका लागि सभापति देउवासहित महामन्त्री डा.सशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य सरिता प्रसाईं, ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेताहरु झापा आउने भएका हुन् । दमकमा निर्माण भएको कांग्रेस झापाको ५ नम्बर क्षेत्रीय कार्यालय उद्घाटन हुने नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । तीन कोठे पक्की भवन रू १० लाख बढीको लागतमा निर्माण गरिएको झापा क्षेत्र नं–५ का सभापति ढुण्डी भण्डारीले जानकारी दिनुभयो ।

Read More

काठमाडौं, ८ बैशाख । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ । निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट…

Read More

बिर्तामोड, ८ बैशाख । झापाको बिर्तामोड नगरपालिकामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम लक्ष्मीपुरका ४० वर्षीय योगेन्द्र लायो मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिर्तामोड–४ स्थित आदर्श बैङ्कटेकको भवनमा होल्डर जोड्ने क्रममा बिहान ११ बजे योगेन्द्रलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका योगेन्द्रको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा दिउँसो १२ बजे मृत्यु भएको हो ।

Read More

बिर्तामोड, ८ बैशाख । झापामा सांस्कृतिक सहितको नाटक घर निर्माण गर्नका लागि शनिबारदेखि नाटक बरबरिक शुरु भएको छ । सातदिनसम्म चल्ने यो नाकको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्बर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले गरेका थिए । झोराहाट नाट्य सूमह मोरङ र क्षितिज नाट्य समूह झापाको संयुक्त आयोजनामा नाटक शुरु भएको हो । नाटक बरबरिकका संयोजक ज्ञानुराम प्रसाईंको अध्यक्षतामा शुरु भएको नाटक उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदसय पवित्रा खरेल, संविधानसभात सदस्य नरेश खरेल, मनकुमार गौतम, दिपक कार्की, प्रदेश १ का सांसद एकराज कार्की, नेपाली कांग्रेसका पूर्व उपसभापति देउमान थेवे, लगायत बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका लगायतका नगरप्रमुख तथा…

Read More

काठमाडौं, ८ बैशाख । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् । प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् । ‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वा्चित रावलले भने– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’ रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरु बहिष्कार गर्ने नीति नै बनाएका छन् ।…

Read More

काठमाडौं, ८ बैशाख । अवकाशप्राप्त प्रधानध्यापक खोटाङ, रावाबेँसी गाउँपालिका, ४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ । मोरङ बसाइ सरिसकेका रावाबेँसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका, ५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवारको सूचीमा राखिए पनि अन्य गरिबको तुलनामा अस्वाभाविक लाग्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ८ बैशाख । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का चार शीर्ष नेताबीच सैद्धान्तिक समहति भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको हो । ‘उहाँहरुले शुक्रबार र शनिबार केही गृहकार्य गर्नुभएको छ, औपचारिक छलफल गर्न बाँकी छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ भने, ‘छिटोभन्दा छिटो घोषण गर्न पाए हुन्थ्यो भन्नेमा हामी छौँ ।’ शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको श्रेष्ठले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, ८ बैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द ९विप्लव०लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन् । नेताहरुको वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव विप्लवलाई दिएको पाटीए निकट स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Read More

एजेन्सी । इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ । इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

सन्तोष शर्माबनियानी, ७ बैशाख । अर्थमन्त्री युवराज खतिवडाले सरकार बायोग्यास उत्पानमा जुटेको बताउनुभएको छ ।झापाको कनकाई–२ सुकेडाँगीमा कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापनले स्थापना गर्न लागेको बायोग्यास प्लान्टको शिलान्यस गर्दै अर्थमन्त्री खतिवडाले त्यस्तो बताउनुभएको हो । ‘बायोग्यासको उत्पादनमा सरकार जुटेको छ’, उहाँले भन्नुभयो, ‘२५ वर्षभित्र मुलुकलाई धुँवामुक्त बनाइने छ ।’फ्रान्स लगायतका युरोपियन मुलुक ४०–६० प्रतिशत बायोग्यास उत्पादन गर्न सक्षम भएको चर्चा गर्दै उहाँले नेपालमा पनि बायोग्यास उत्पादन जोड दिइएको बताउनुभयो ।‘एलपी ग्यासमा निर्भर हुनुपर्ने अवस्था विस्तारै घट्दै जानेछ’, उहाँले भन्नुभयो, ‘२५ वर्षभित्रमा नेपाल प्रशस्त मात्रामा बायोग्यास उत्पादन हुन थाल्छ ।’ त्यसका लागि सरकारले रणनीति रुपमा योजना बनाएर अघि…

Read More