
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
एजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् । बलिउड सेलिब्रिटीहरु कोही यस्ता छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ । जसका कारण उनीहरु बेलाबेलमा चर्चामा आइनै रहनछन् । पागलपनकै कारण केही बलिउड सेलिब्रिटीहरुले आफ्नो प्रेम समेत गुमाएका छन् । बलिउडको एक सफल जोडी हो शाहरुख खान र गौरी । शाहरुख खान र गौरी खानको लभ स्टोरी कुनै परीको कथाभन्दा कम छैन । फिल्मी क्षेत्रमा आउनुभन्दा पहिलादेखि नै गौरी र शाहरुख खान एकअर्कालाई डेटिङ…
सन्तोष शर्माबनियानी, ७ बैशाख । चोरीको अभियोगमा पक्राउ परेका मेचीनगर–६ का १६ वर्षीय किशोर किरण कार्की ढोलीको हिरासतमा मृत्यु भएपछि यहाँका मानवअधिकारकर्मीहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । झापाको बिर्तामोडमा शुक्रबार मानवअधिकारकर्मीहरुको टोलीले पत्रकार सम्मेलन गरी घटनाको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । गत चैत २९ गते रू १० हजार चोरीको अभियोगमा किरणलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको तीन दिनपछि बैशाख २ गते किरण हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले किरणले आत्महत्या गरेको दाबी गरे पनि घटना शंकास्पद भएको मानवअधिकारकर्मीहरुको दाबी छ । ‘प्रहरीद्वारा घटनालाई गुपचुप गराउनु, प्रमाणहरु नष्ट गर्ने प्रयास गरिनु शंकास्पद…
गौशाला, ७ वैशाख । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चार वटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रमबाट शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए । सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले जानकारी दिए । चेन्नईमा रोजगारीका…
दाङ, ७ वैशाख । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ । पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, ‘पानी पनि खान पाइएन ।’ तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा…
बिराटनगर, ७ बैशाख । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका(७ मा गाईघाटवाट चुहाडे तर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्याक्टरले बिपरीत दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक उदयपुरगढी गाउँपालिका–७ का ३५ बर्षीय कालिन्दा भण्डारी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा बेलुका ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने ट्याकटर र चालक अस्थायी प्रहरी पोष्ट चुहाडेको नियन्त्रणमा रहेका छन् ।…
चितवन, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताएका छन् । प्रदेश नं। ३ सरकारले शुक्रबार यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तर्क्रियाया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए । उनले भने, “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताए । सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए…
काठमाडौँ, ६ वैशाख । ललितपुरको नक्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको आरोपमा प्रहरी हिरासतका रहेका सूर्य भुजेललाई छाड्न सर्वोच्चले बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ। १० फागुनको राति नक्खुलगायत देशका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा विस्फोटन गराइएको थियो। नख्खुमा भएको विस्फोटनमा परी एक जनाको मृत्यु भएको थियो । उक्त विस्फोटनको जिम्मा विप्लव समुहको माओवादीले लिएको थियो। १३ फागुनमा बलंकिवाट पक्राउ परेका भूजेललाइ न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार छाड्न आदेश दिएको हो । नेपाली सेनाका भगौडासमेत रहेका भुजेलल विप्लव समूहको व्युरो सदस्य हुन्। भुजेल विप्लवका पूर्वअंगरक्षकसमेत थिए ।
दमक, ६ वैशाख । पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे छ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका शरणार्थीको नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चाायुक्तको कार्यालयले आंशिक रुपमा स्वदेश फिर्ती, तेस्रो मुलुक पुनार्वास र परिचयपत्रका लागि छानबिन प्रक्रिया थालनी गरेको हो । भुटानी शरणार्थीको समस्या समाधानका लागि तेस्रो मुलुकमा पुनर्वास, स्वदेश फिर्ती र स्थानीयकरणका तीन विकल्प अघि सारिएको शरणार्थी समन्वय इकाइका प्रमुख तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । शिविरमा रहेका शरणार्थीमध्ये धेरै स्वदेश फर्कन चाहेकोे शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । सत्ताइस वर्षदेखि…
काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकारसमक्ष प्रस्तुत हिन्दुराष्ट्र पुनर्स्थापनालगायत २२ बुँदे माग पूरा गराउन जारी जनसंघर्ष कार्यक्रमअन्तर्गत जनप्रदर्शन गरिरहेको छ। राप्रपाले देशभरका जिल्ला सदरमुकामसहित काठमाठौंको रन्तपार्कस्थित शान्तिवाटिमा विरोध प्रदर्शन गरेको हो। राप्रपाले विरोध कार्यक्रममा धर्म निरपेक्ष अंकित ब्यानर र प्लेकार्ड जलाउने कार्यमक्रम तय गरेको थियो। यसैक्रममा राजधानीको शान्तिबाटिकामा गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै कार्यकर्तालाई पक्राउ गरेको छ। पार्टीका अध्यक्ष कमल थापालगायतका नेता तथा कार्यकर्ताहरू विरोध कार्यक्रममा उपस्थित थिए। यसैबीच, जुम्लाबाट पनि राप्रपाका १२ नेता प्रहरीले नियन्त्रणमा लिएको छ। धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपाका १२ जना नेतालाई प्रहरीले नियन्त्रणमा लिइएको बताएको हो। प्रहरीका…
लक्ष्मी भण्डारी सुर्खेत, ६ वैशाख । क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाइ सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि । सामन्तवादको किल्लाका रूपमा रहेको राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा लिप्त छ । शासन व्यवस्थाको लगाम गणतन्त्रवादीको हातमा छ । शासन व्यवस्था फेरिँदैमा रातारात सबै कुरा नबदलिनु जति स्वाभाविक हो, उत्तिकै स्वाभाविक हो राज्यप्रति उर्लंदा आकाङ्क्षाको सम्बोधन गरोस् भन्ने जनअपेक्षा । सामन्तवादका अनेकौंँ रूप र अवशेषसँग लडेर तिनलाई पराजित गर्न बाँकी नै…