
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २ वैशाख । यू–१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएकोमा नेपालले १३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि रित गौतमले नटआउट ३९, पवन सर्राफले १९ र आसिफ शेखले २६ रन बनाए । दोस्रो विकेट झरेपछि मैदानमा गएका कप्तान रोहित कुमार पौडेलले पहिलो बलमै छक्का हान्दै नेपालको जीत सुनिश्चित गरे । यसअघि मलेसियाको पूरा टिम ३३.५ ओभरमा ९२ रनमा समेटिएको थियो । लेजाट डेनियल फिक्रीले सर्वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले…
काठमाण्डौ, २ वैशाख । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहनुभएको छ भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको त्यस दुर्घटनामा दुई प्रहरीसहित तीन जनाको मृत्यु…
चितवन, २ वैशाख । जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन्। दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए। अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते भएका थिए। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताए। चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको…
झापा, २ वैशाख। झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक कमल गाँपालिका–६ बस्ने २१ वर्षका प्रबिण राजवंशी, मोटरसाईकलको पछाडी सवार २६ वर्षका मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका–४ बस्ने २२ वर्षका…
काठमाण्डौ, २ वैशाख । काठमाडौँ महानगरपालिका–१५ चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लत्ताकपडा बोकेर आउँदै गरेको बा ५ ख ४८४२ नंको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई तीन लाख ५० हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालकसमेत तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बसका चालक काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गए राति बस खानतलास गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडा बरामद गर्न खोज्दा प्रहरीलाई…
काठमाडौँ, २ वैशाख । सुडानको सङ्क्रमणकालीन सैनिक परिषद्ले पूर्ववर्ती सरकारका सदस्यहरूलाई गिरफ्तार गरेको छ। उसले कैयौँ हप्तादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीलाई तितरबितर नपार्ने प्रतिबद्धता जनाएको छ। परिषद्का एकजना प्रवक्ताले विपक्षीहरूलाई नयाँ प्रधानमन्त्री छान्न आग्रह गर्दै त्यसलाई कार्यान्वयन गर्ने जनाएका छन्। महिनौँदेखिको प्रदर्शनबीच गत बिहीबार राष्ट्रपति ओमार अल–बशीरलाई पदच्युत गरी पक्राउ गरिएको थियो। गैरसैनिक सत्ताका लागि तत्काल कदम नचालिएसम्म सडकमा प्रदर्शन जारी राख्ने प्रदर्शनकारीले अडान लिएका छन्। सैनिक परिषद्ले के भन्यो ? आइतवार एउटा पत्रकार सम्मेलनमा परिषद्का प्रवक्ता मेजर जेनरले शम्स अद्दिन शान्तोले गैरसैनिक सरकार र विपक्षी दलहरूले गर्ने जुनसुकै सहमति कार्यान्वयन गर्न परिषद् ुतयार रहेकोु बताए। विपक्षी र प्रदर्शनकारी समूहतर्फ…
धम्बोजी, २ वैशाख । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताउनुभयो । दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। उनका अनुसार खोजी कार्य लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ।
काठमाडौँ, २ वैशाख । सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको बताए ।आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, २ वेशाख । रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । आईपीएलमा लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो । तर उक्त खेलमा जित हात पारे पनि कप्तान कोहलीले भने कारबाहीमा भोग्नु परेको छ । लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो । उनलाई ‘स्लो ओभर रेट’ का कारण कारबाही गरिएको हो । पहिलो पटक कारबाहीमा परेका उनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अर्को पटक यस्तै गल्ती गरे एक…
काठमाडौँ, २ बैशाख । नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यस्तो छ सेवाहदको राजनीति ०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हुन थालेको थियो । त्यसबेला सरकारले रत्नशमशेर राणालाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाउन ३० वर्षे सेवाहद लागू गरायो । तर, लगत्तै सेवाहद हटाएको थियो । ०६५ मा फेरि सेवाहद लागू भएपछि यो कायमै छ । सेवाहदसम्बन्धी प्रावधान नियमावलीमा हुँदा…