
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १७ वैशाख । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो । संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।…
अछाम, १७ वैशाख । पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले व्यक्ति शिक्षित भएपछि मात्रै समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले मङ्गलसेन नगरपालिकाले आयोजना गरेको दोस्रो मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकूदले शारीरिक, मानसिक रुपमा फाइदा हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा षोडशादेबी मावि मङ्गलसेनले राखेको मागपत्र बुझ्दै रावलले विद्यालयको छात्रावास र भवन निर्माणका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले खेलले राष्ट्रलाई चिनाउने भएकाले खेल सबैका लागि आवश्यक रहेको औंल्याउँदै विकास, प्रगती र उन्नति पनि खेल क्षेत्रबाट सम्भव रहेको बताउनुभयो । कार्यक्रममा मङ्गलसेन नगरपालिका– ३ निवासी पूर्व प्रहरी निरीक्षक भरतबहादुर…
सुनसरी, १७ वैशाख । सुनसरीको ईनरुवा नगरपालिका–३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले सोमवार १ जनालाई पक्राउ गरेको छ । दिउँसो पौने २ बजेको समयमा जिल्ला प्रशासन कार्यालय अगाडी ईहहरी उप–महानगरपालिका–९ बस्ने ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा–१ का लेखापढी व्यवसायी गर्ने चेत प्रसाद अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १७ वैशाख । झापाको मेचीनगर नगरपालिका–६ र ७ बाट प्रहरीले अन्दाजी १ लाख १७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५७ हजार मूल्य बरबारको बिभिन्न किसिमका कपडा, नेपालबाट भारत तर्फ लैजादै गरेको १० हजार बराबरको ५ बोरा मटर, ३० हजार बराबरको सुपारी–१०० किलो र २० हजार मूल्य बराबरको स्याउ–५ कार्टुन बरामद गरेको हो । बरामद सामान आज मेची भन्सार कार्यालय कार्यालय बुझाईने इलाका प्रहरी कार्यालय काकरभिट्टाबाटले जनाएको छ ।
फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमारलाई फ्रान्सेली फुटबल फेडेरेशनले आठ खेलसम्मको प्रतिबन्ध गर्नसक्ने भएको छ । फ्रेन्च कप हारेपछि आफ्नै समर्थकलाई नेयमारले मुक्का प्रहार गरेको भन्दै उनीविरुद्ध आठ खेलको प्रतिबन्ध लाग्ने देखिएको आरएमसीको समाचारमा उल्लेख छ । केही दिनअघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले म्यान्चेस्टर युनाइटेडसँग पीएसजी हारेपछि नेयमारको पोष्ट आपत्तिजनक भएको भन्दै तीन च्याम्पियन्स लिगको तीन खेलमा प्रतिबन्ध गर्ने निर्णय गरेको बेला उनलाई फ्रान्स फुटबल फेडेरेशनले पनि कारबाही गर्ने देखिएको हो । नेयमारले शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि उपविजेताको मेडल थाप्न जाँदा भिडियो खिचिरहेका एक समर्थकमाथि मुक्का प्रहार गरेका थिए । खेलको नियमित समयमा पीएसजी…
धनगढी, १७ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ। ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ। प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते…
जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर र प्रतिकुल स्वास्थका कारण राजगद्धि त्याग्न लागेको जापानी संसदले जनाएको छ । ८५ बर्षीय यी राजाले राजगद्धी त्याग गरेसंगै भोली जापानले नयाँ राजा पाउँनेछ । यसपछि अब ५९ वर्षिय नरुहितोले राजगद्धी सम्हाल्नेछन् । भोली उनलाई औपचारिकरुपमा राजा घोषित गरिनेछ । नयाँ राजा बन्ने तयारीमा रहेका नरुहितो बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित हुन् । २८ वर्षको उमेरमा उनी युवराजधिराज बनेको…
काठमाडौँ, १७ बैशाख । सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीको छलफल अनुसार अब सार्वजनिक बसका टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त आयोजनामा उक्त अभियान सोमबार नयाँ बसपार्कबाट शुरु गरिएको छ । सोही अवसरमा पश्चिम क्षेत्रमा जाने बस टिकट काउन्टरमा कार्यरत १५० भन्दा बढी कर्मचारीले पोशाक लगाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि उक्त अभियान शुरु…
काँकडभिटा, १६ बैशाख । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्ने छ । पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्रि किकलाई मानबहादुर परियारले मिलाई दिएको पासलाई कन्ट्रोल गर्दै शाहले गरेको प्रहारले जाली चुमेको थियो । ५६ औं मिनेटमा सुमन लामाको पासमा रबी पासवानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले टीमको लागि अर्काे गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो । १८ औं…
काठमाडौं, १६ बैशाख । ठगी आरोपमा पक्राउ परेकी कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । उनी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन् । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको थियो । सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखामा उनीविरुद्ध ठगीको उजुरी परेको थियो । टेलिसिरियल देवी मार्फत कलाकारिता सुरु गरेकी उनले प्रज्ञा फिल्म्स अन्तर्गत रहेर टेलिफिल्म ‘सिन्दुर’ मार्फत निर्माणमा हात हालिन् । उनले फिल्म सपूत मार्फत फिल्म निर्माणको समेत…