
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १२ वैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री ढकालले केही समय अघि सङ्घीय संसद्मा दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकका सन्दर्भमा आयोगले ‘सरकारले सिफारिश कार्यान्वयन नगर्दा कारवाही (जरिवानासमेत) गर्ने’ व्यवस्था हटाइएको बताए । उनका अनुसार विधेयकमा सुझाव दिँदै आयोगले कारवाहीको व्यवस्था गर्न माग गरेको थियो । उहाँले विधेयक चाँडै पारित हुने बताए । उनले भने, “आयोगलाई व्यवस्थित गर्न विधेयक संसद्मा लगिएको हो, चाँडै पास भएर आउनेछ ।” मन्त्री ढकालले सरकारले अहिले सङ्क्रमणकालीन न्याय व्यवस्थापन…
विराटनगर, १२ वैशाख । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पुर्याउने छुट कसैलाई पनि नदिने बताएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुर्याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ।” गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिए। विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले…
पाँचथर, १२ वैशाख। पाँचथरको कुम्याक गाउँपालिका–५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । राती २ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क.को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।
सान नेपाल गौरीगञ्ज, ११ वैशाख । विभिन्न महत्वपुर्ण आयोजना सञ्चालन गरेर वडावासी बीच लोकपृयता हासिल गर्दै आएको गौरीगञ्ज गाउँपालिका वार्ड नं ३ ले बुधवार विहान एउटा अलग्गै सन्देश बोकेको कार्यक्रम प्रस्तुत ग¥यो । कार्यक्रम दलित र अति असक्त परिवारलाई लक्षित गरी आयोजना गरिएको थियो । कार्यक्रममा उक्त समुदायका ४० परिवारलाई न्यानो सिरक वितरण गरिएको थियो । दलित समुदाय र अति असक्त परिवारका सदस्यहरुलाई समेटिएको कार्यक्रममा वडा कार्यालयले न्यानो सिरक वितरण गर्दा नमुना कार्यक्रम आयोजना गरेको भन्दै स्थानियबासीले वडा अध्यक्ष मखना महतोको खुलेरै प्रसंसा गरेका छन् । सो अवसरमा वडा अध्यक्ष मखना महतोले वडावासीहरुको भलाईको लागि यस्ता कैयौँ कार्यक्रमहरु पस्किदै जाने…
काँकरभिट्टा, ११ बैशाख । अफ्रिकी मुलका खेलाडीहरुले भरिएको दाउफिन्स एफसी क्यामरुन र मेची नेत्रालय काँकरभिट्टा फुटबल टेनिङ सेन्टरबीच बिहिवार मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आमने सामने हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणको उद्घाटन खेलमा यी दुई टिमको यो सिजनमा तेस्रो भेट हो । गत बर्ष मदन भण्डारी इटहरी गोल्डकपको फाइनलमा दाउफिन्स एफसीलाई टाइब्रेकरमा मेची नेत्रालयले पराजित गरेको थियो । त्यसपछि दुहबी गोल्डकपको सेमीफाईनलमा मेची नेत्रालयलाई हराउदै दाउफिन्सले गोल्डकपको उपाधी समेत आफ्नो पोल्टामा पारेको थियो । यसै वर्ष मात्र करिब आधा दर्जन विभिन्न…
पार्थ मण्डल भद्रपुर, ११ वैशाख । नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ। गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने खुल्ला गरेसँगै कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाई दिन लागेका थिए। आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा लगेका हुन्। नागरिकता बनाउने आएका भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएका थिए। भारतीय परिचयपत्र देखाएलगत्तै…
तालुकान, ११ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको विज्ञप्तिमा दासत–ए–काला जिल्लामा तालिबान लडाकूविरुद्ध जारी यस भीषण कारबाहीमा परी तालिबान लडाकूका जिल्ला कमाण्डर रजाकसहित १७ सशस्त्र तालिवान लडाकू मारिएको उल्लेख छ । यस कारबाहीको क्रम तालिबान लडाकू समूहले कब्जा गरी राखेका कैयौं गाउँहरु पुनः नियन्त्रणमा लिएको बताइएको छ । सो इलाकामा…
काभ्रेपलाञ्चोक, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् । एशियाली विकास बैंक९एडिबी०को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताए । प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भने,“खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौँ ।” उनले शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय उत्पादित हुन्छ,…
काठमाडौँ, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन्। महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए । यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए । पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताउँदै भने, “हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु…
काभ्रेपलाञ्चोक, ११ वैशाख । १५ वर्षे किशोरीलाई बलात्कार गरेको रोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् । आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिए । बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका आधारमा बजगाईंलाई पक्रिएको प्रनाउ गिरीले बताए । उनका अनुसार आज म्याद थप गरी बजगाईंलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ । मुलुकी संहितामा आरोपितलाई जबर्जस्तीकरणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाए हुने प्रावधान…