
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ चैत्र । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलका नगरपालिका–५ बस्ने २२ वर्षका बीरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बिहान साढे ९ बजे उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन–२० एम्पुल, डाईजेपाम–२० एम्पुल र लुपिजेसिक–२० बरामद गरेको छ । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुरुङ्गा, २७ चैत्र । सामुदायिक भवन निर्माण गर्ने उद्धेश्यका साथ झापाको कनकाई नगरपालिका ५ बेनुबाजामा मंगलबारदेखि श्रीमद भागवत ज्ञान महायज्ञ शुरु भएको छ । आगामी बैशाख ३ गतेसम्म चल्ले महायज्ञको जगतगुरु प्रथम महिला शंकराचार्य हेमानन्द गिरीले गर्नुभयो । श्री हरि सत्संग सेवा समिति श्री राम दरबारको आयोजनामा संचालन भएको महायज्ञमा सोमनाथ सुवेदीको वाचन र लीलाधर शरणको उपवाचनमा भैरहेको छ । महायज्ञ शुरु हुनु पुर्व कलशसहितको भक्तजनको र्यालीले कोटिहवन कनकाई माइको पानी महायज्ञ स्थलसम्म ल्याएको थियो । महायज्ञमा बोल्दै जगतगुरु गिरीले हिन्दुधर्म संत्कार धार्मिक र बैज्ञानिक हिसावले समेत प्रमाणित भैसकेको हुनाले यसको संरक्षण र विस्तारमा सबै लाग्नुपर्ने बताउनुभयो । महायज्ञका संयोजक…
काबुल, २६ चैत । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् । बाग्राम हवाई अखडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएका अफगान जिल्ला प्रमुखले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।…
भद्रपुर, २६ चैत । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर सामाजिक गतिविधि गरिरहेको चन्द्रगढी सेवा समाजले नयाँ वर्ष २०७६ को अवसर पारेर विविध कार्यक्रम गर्ने भएको छ । समाजले सामाजिक जागरण अन्र्तगत अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहद साँस्कृतिक कार्यक्रम सम्पन्न गर्ने भएको हो । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीका अनुसार चैत्र २८ गतेदेखि बैशाख ३ सम्म अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता हुने छ । यसैगरी चैत्र ३० गते विविध साँस्कृतिक कार्यक्रम गरेने छ । यस बीचमा बालबालिका लक्षित चित्रकला, हाजिरी जवाफ कार्यक्रम समेत हुने जनाइएको छ । भद्रपुर १० स्थित हनुमान टोलमा रहेको संस्थाले सोही स्थानमा कार्यक्रम गर्ने छ ।
द्रोण अधिकारी भद्रपुर, २६ चैत्र । विकासमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा निर्माणाधिन विकास आयोजनाका काम रोकिएको जनगुनासो बढेपछि प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरी जनताका समस्यामाथि चासो राखेका छन् । अघिल्लो सरकारका पालामा काम सरू भएका सडक, खानेपानी, पुल कल्र्भट सिञ्चाइ जस्ता महत्वपूर्ण बहुवर्षे आयोजनाका काम वर्तमान सरकारले वजेट नपठाएपछि रोकिएकोे जनगुनासो आएपछि प्रदेश संसद मार्फत प्रदेश र केन्द्रीय सरकारलाई काम सुचारू गर्न दवाव दिने उद्देश्यले सरावगीले स्थलगत अनुगमन गरेका हुन् । विगतको सरकारका पालामा सुरू भएका खानेपानी, सडक, सिञ्चाइ, अस्पताल भवन, सभागृह जस्ता महत्वपूर्ण बहु वर्षे आयोजना निर्माणका लागि छुट्याइएको वजेट रोकेर निर्माणमा अवरोधको अवस्था…
काठमाडौं, २६ चैत । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ। इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज सहयोग कोषका लागि रकम हस्तान्तरण गरिएको सङ्घका कार्यवाहक अध्यक्ष महेशबाबु तिमल्सिनाले जानकारी दिए। विपद्का समयमा सबैले पीडितका लागि सहयोग गर्नुपर्नेमा उनले जोड दिए। पीडितका लागि विभिन्न क्षेत्रबाट थुप्रै सहयोग सङ्कलन भइरहेको मुख्यमन्त्री राउतले जानकारी दिए। उनले आआफ्ना क्षेत्रबाट सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।
काठमाडौँ, २६ चैत । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ७ पैसा, १ सय ४५ रुपैयाँ ७६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ…
सुमन तिमल्सिना मोरङ, २६ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी नयाँ वर्षको आगमनसँगै टुङ्गिने बताउनु भएको छ । विराटनगरमा कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी नयाँ वर्षको आगमनसँगै प्रदेशले पाउने बताउनु भएको हो । उहाँले प्रदेशको राजधानी मात्र नभई प्रदेशको नाम पनि सँगै आउने भएकोले अब नाम र राजधानीको विषय टुङ्गिने बित्तिकै धेरै बिषयहरु थप बलियो भएर जाने स्पष्ट पार्नुभयो । प्रदेशको नाम र राजधानीको विषय अहिले देख्दा लम्बिएको देखिए पनि यो विषय टुङ्गिने बित्तिकै निर्माणको कामले पनि गति लिने मुख्यमन्त्री राईको भनाइ…
अर्जुनधारा, २६ चैत । बढ्दो वातावरण प्रदुषण न्युनिकरणका लागि अर्जुनधारा नगरपालिकाको आयोजना र सामाजिक क्रियाशिल संस्था रोटरी ट्रयाक क्लब अफ बिर्तामोडको सहकार्यमा सार्वजनिक स्थानमा डस्टविन राखेको छ । फोहोर व्यवस्थापन गर्न र फोहोरले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गराउनका लागि यो व्यवस्था नगरपालिकाले अघि बढाएको हो । आज सम्पन्न डस्टविन राख्ने कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका उप–प्रमुख कमला खतिवडाले क्लबको यो युवाहरुले गरेको कार्यको प्रशंसा गरिन । पहिलो चरणमा बजार क्षेत्र अभियानले समेटेको उनले बताउँदै विस्तारै विस्तारै गाउँटोलसम्म पु¥याउने नगरपालिकाको लक्ष्य रहेको बताइन । लामो समय देखि सामाजिक कार्यमा सकृय यस संस्थाले नगरपालिकाको सहकार्यमा खुदुनाबारी, महानन्द चोक, शनिश्चरे चोक…
काठमाडौँ, २६ चैत । कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किने अवसर दिएको थियो। तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारीले बताएका छन्। आममाफीका बेला तीन हजार जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको र अझै पनि चार हजारभन्दा बढी कामदार अवैध रूपमा कुवेतमा बसेको अनुमान गरिएको छ। कामदारहरूले पहिला तोकिएको काम र ज्याला नपाउने भएकाले उनीहरू अवैधानक रूपमा बस्ने परिस्थिति निम्त्याएको बताइन्छ। कुवेतमा खासगरी विभिन्न उद्योगमा र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन्। कुवेतको सरकारी तथ्याङ्कमा झन्डै ७० हजार नेपाली कामदार छन्। तीमध्ये २५ हजार महिला रहेका छन्। कामदारको बाध्यता वैधानिक रूपमा…