झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाँचथर, २९ चैत । स्वर्गिय पिता हरिचरण अधिकारी र भद्रमाँया अधिकारीको पुण्य स्मृतिमा पाँचथरको फिदिम नगरपालिका ७ स्थित रानीटारमा रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विपन्न र अभिभावक बिहिन वालवालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । फल्याश फाउण्डेशन फिदिमको आयोजनामा नेपाल अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष नरेन्द्र अधिकारीले त्यस विद्यालयमा अध्यनरत ९३ जना विद्यार्थीहरुलाई कापी, डटपेन र पेन्सिल वितरण गरेका हुन्। वितरण पश्चात वोल्दै उनले वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरणले सहज हुने बताए । शैक्षिक सामाग्री प्रदान पश्चात कार्यक्रममा फाउण्डेशनका अध्यक्ष प्रदिप बास्कोटा, बिएससी एफ.एम.९१.८ मेगाहर्जका प्रवन्ध निर्देशक जितेन्द्र भण्डारी, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उदय बहादुर थेगिम, प्रधानाध्यापक कृष्ण न्यौपाने लगायतले मनतव्य व्यतm…

Read More

बेइजिङ, २९ चैत । मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए । हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ । रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अधिकारीहरुले घटनाको अनुसन्धान पनि शुरु गरेका छन् । एजेन्सी

Read More

काठमाण्डौ, २९ चैत । नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रीत गौतम तीन रनमा र…

Read More

काठमाडौँ, २९ चैत। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्नेछ । नेपालले छनोट खेल्नुअघि भारतको आन्ध्र प्रदेशको यू–१९ क्रिकेट टोलीसँग छ मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालले चार खेलमा जीत तथा दुई खलमा हार ब्यहोरेको थियो । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको…

Read More

डोटी, २९ चैत । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो। उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क सार्वजनिक गरेको हो। निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रमअन्तर्गत ती जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएकाको तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताए। उनले भने,“यो त तीन जिल्लाको मात्रै तथ्याङ्क हो, अन्य सात जिल्लाको सङ्कलन गर्ने…

Read More

पाकिस्तानको बलुस्तिान प्रान्तको राजधानी क्वेटाको हजारगंज इलाकामा भएको बम विस्फोटमा पनि १६ जनको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार यो विस्फोट स्थानीय समय अनुसार करिव आठ बजे हजारगंज इलाको तरकारी बजारमा भएको थियो। समाचार एजेन्सी एपीपीका अनुसार आक्रमणकारीले बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गर्दै विस्फोट गराएका थिए। प्रहरी डीआईजी अब्दु रज्जाक चीमाले पत्रकारसँ कुरा गर्दै भने–यो आक्रमणमा १६ जनाको मृत्यु भएको छ। तीमध्ये आठ जना हजारा समुदायका हुन्। मृत्यु हुनेमा एक जना प्रहरी जवान छन् भने बाँकी तरकारी बजारमा काम गर्ने छन्।’ विस्फोटका विषयमा जनकारी दिँदै उनले भने–सुरक्षाकर्मीको एउटा भ्यान तरकारी बजारको एउटा आलु पसल अगाडि पुग्दा विस्फोट भयो।’ विस्फोट…

Read More

काठमाडौं, २९ चैत । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए । ‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ,’ उनले भने । बैठकमा अनेरास्ववियुका उपाध्यक्ष आचार्यसहित, अनेरास्ववियु क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

अर्जुनधारा, २९ चैत । अर्जुनधारा नगरपालिकाले आयोजनामा डकर्मी तथा सिकर्मीहरुका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी आधारभूत तालीम सहित निर्माणकर्मी श्रमिकहरुका लागि इलेक्टोसियन इलोविट सम्बन्धी तालिम शुरु गरेको छ । हरेक वडामा प्रतिनिधित्व गराई डकर्मी र सिकर्मीहरु उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाले तालिम दिइरहेको हो । नगरपालिकाको सभाकक्षमा सातदिवसीय संचालन भइरहेको डकर्मी तर्फको तालिममा ४५ जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई नगरपालिकाका अनुभवी इञ्जिनियरद्धय निरज अधिकारी र लक्ष्मी सापकोटाले सहजीकरण गरिरहेका छन् । त्यस्तै करिब दुई महिना संचालन हुने इलेक्टोसियन इलोविट सम्बन्धी तालिममा ४० जना महिला र पुरुषको सहभागिता रहेको छ । वडा–७ को कार्यालयमा भइरहेको तालिममा सिटीभिटीबाट मान्यता प्राप्त…

Read More

काठमाडौं, २९ चैत । नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ । सुरक्षा निकायको पुनः संरचना गर्ने व्यवस्था नीतिमा छ । पुनः सरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Read More

महेन्द्र विष्ट विराटनगर, २९ चैत । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बसेका हुन् । विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि प्रवेश परीक्षाअघि सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बस्नुपरेको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिनुभयो । ‘प्रवेश…

Read More