
पाकिस्तानको बलुस्तिान प्रान्तको राजधानी क्वेटाको हजारगंज इलाकामा भएको बम विस्फोटमा पनि १६ जनको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार यो विस्फोट स्थानीय समय अनुसार करिव आठ बजे हजारगंज इलाको तरकारी बजारमा भएको थियो। समाचार एजेन्सी एपीपीका अनुसार आक्रमणकारीले बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गर्दै विस्फोट गराएका थिए।
प्रहरी डीआईजी अब्दु रज्जाक चीमाले पत्रकारसँ कुरा गर्दै भने–यो आक्रमणमा १६ जनाको मृत्यु भएको छ। तीमध्ये आठ जना हजारा समुदायका हुन्। मृत्यु हुनेमा एक जना प्रहरी जवान छन् भने बाँकी तरकारी बजारमा काम गर्ने छन्।’
विस्फोटका विषयमा जनकारी दिँदै उनले भने–सुरक्षाकर्मीको एउटा भ्यान तरकारी बजारको एउटा आलु पसल अगाडि पुग्दा विस्फोट भयो।’
विस्फोट कसले गरायो भन्ने विषयमा केही पनि खुलेको छैन। आत्मघाती विस्फोट हो वा होइन भन्ने विषयमा जाँच भइरहेको प्रहरीले जनाएको छ। विस्फोट आलु पसल बाहिर भएको थियो। विस्फोट हुँदा त्यहाँ धेरै मानिस काम गरिरहेका थिए।
विस्फोटपछि सुरक्षा निकायले उक्त इलाकालाई घेराबन्दी गरेका छन्। बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। विस्फोटमा घाइते भएकाको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार हजारगंज इलाकामा शिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ। समाचार एजेन्सी एएफपीका अनुसार विस्फोटमा मृत्यु हुने र घाइते भएका अधिकांश यही समुदायका छन्। पाकिस्तानमा हजारा शिया समुदायमाथि पहिला पनि आक्रमण हुने गरेको थियो। बीबीसी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

