झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, चैत २८ गते । झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मे१०प १३३९ नंको मोटरसाइकलमा सवार दुवै…

Read More

काठमाडौं, २८ चैत । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् । पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् । सचिवालमा रहेका वरिष्ठ नेताद्धय माधवकुमार…

Read More

काठमाडौँ, २८ चैत । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ, कसैको पक्षमा सङ्लिएको देखिँदैन । यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् । पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो…

Read More

काठमाडौं, २८ चैत । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए । उनले भने–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ? आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २८ चैत । सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ । यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्र्तगत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो । विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारका अनुसार निजगढ–हेटौंडा–भरतपुर खण्डमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले वातावरणको मुद्दालाई लिएर विरोध भइरहेको छ । यही विरोधका कारण विभाग अर्को डिपिआरको तयारीमा जुटेको उनले जानकारी दिए ।

Read More

मोरङ, २८ चैत । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बुधवारे चोकमा बुधवार कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम तर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाईकललाई राती ९ बजे ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उप(महानगरपालिका(८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाईकलको पछाडी सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।…

Read More

बिर्तामोड, २८ चैत । झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘मलाई धम्की आइरहेका दुई वटा मोबाइल नम्बर मेरै निर्वाचन क्षेत्रका नेतासँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ ।’ सातादेखि अज्ञात व्यक्तिले आफ्नो ज्यान मार्न ५० लाख रुपैयाँको सुपारी लिएको भन्दै फोन गरिरहेको विषय सार्वजनिक भएकाले शुभचिन्तक, आफन्त र सञ्चारमाध्यमलाई स्पष्ट पार्न प्रहरी अनुसन्धानकै क्रममा पत्रकार सम्मेलन गर्नु परेको लिङ्देनले बताए ।

Read More

जितेन्द्र भण्डारी पाँचथर, २७ चैत । वाईवाई पाँचथर तेस्रो गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत बुधबार भएको खेलमा विजय युथ क्लव हेटौँडा विजयी वन्दै सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको क्वाटर फाइनल खेलमा जावालाखेल युथ क्लव ललितपुर लाई ट्राइबेकरमा ५—४ गोल अन्तरले पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट समान एक एक गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको ३५ औ मिनेटमा हेटौँडाका सुधानस महतोले आत्मघाती एक गोल गरेका थिए । यस्तै खेलको ६८ औ मिनेटमा हेटौडाका विश्व लामाले एक गोल गरेका थिए । बुधबारको खेलमा उत्कृष्ट खेल खेलका उमेश देउपा म्यान अफ दि म्याच…

Read More

प्रकाश सिलवाल काठमाडौँ, २७ चैत । आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन् । शिक्षक समुदायसँगको सहमतिअनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि शिक्षक सेवा आयोगले गत असार १९ मा गरेको विज्ञापनअनुसार लिखित र मौखिक परीक्षामा सफल भई नियुक्तिका लागि १४ हजार २७१ शिक्षकको सिफारिश भएको हो । यीमध्ये १७४ परीक्षार्थीको मौखिकको परीक्षा प्रकाशन हुन बाँकी छ । सिफारिश भएका प्रावि तहका १० हजार ८८३, निमावी तहमा एक हजार ९०९ र मावि तहमा एक हजार ४७९ कार्यरत अस्थायी शिक्षकको स्थायी…

Read More

काठमाडौँ, २७ चैत । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका १२ हजार कर्मचारीलाई पदस्थापना गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका एक लाख ३१ कर्मचारीमध्ये १२ हजारलाई तीनै तहमा पदस्थापना गरेको छ । मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले समायोजन रोजेका कर्मचारीलाई दैनिक पत्र दिएर पदस्थापना गरिरहेको जानकारी गराए। उनले पहिलो चरणमा प्रदेश र स्थानीय तहमा कर्मचारीलाई पदस्थापना हुने कार्य भइरहेको बताए । “प्रदेश र स्थानीय तहमा जनताका काम धेरै हुनाले कर्मचारीलाई पनि ती तहमा पठाउन थालेका छौँ”, उनले भने, “प्रदेश र स्थानीय तहमा पदस्थापना सकेपछि मात्र सङ्घमा गर्दछौँ ।” मन्त्रालयले सचिव तथा सहसचिवको पदस्थापना यसअघि…

Read More