
जितेन्द्र भण्डारी
पाँचथर, २७ चैत । वाईवाई पाँचथर तेस्रो गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत बुधबार भएको खेलमा विजय युथ क्लव हेटौँडा विजयी वन्दै सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको क्वाटर फाइनल खेलमा जावालाखेल युथ क्लव ललितपुर लाई ट्राइबेकरमा ५—४ गोल अन्तरले पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट समान एक एक गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
खेलको ३५ औ मिनेटमा हेटौँडाका सुधानस महतोले आत्मघाती एक गोल गरेका थिए । यस्तै खेलको ६८ औ मिनेटमा हेटौडाका विश्व लामाले एक गोल गरेका थिए ।
बुधबारको खेलमा उत्कृष्ट खेल खेलका उमेश देउपा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत भोली हिमालयन शेर्पा काठमान्डौँ र न्यू स्टार क्लव सुनसरी विच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ ।
प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जे्लिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता रहने छ ।
वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउँने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

