
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, ५ वैशाख । ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिभिन्न स्थानबाट १० नाल भरुवा बन्दुक बरामद गरेको छ । मंगलवार बिहान १० बजे प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका(१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । त्यसैगरी बिहान पौने ११ बजे प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका–१ बाट जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे आठराई त्रिवेणी गाउँपालिका–२ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका–३ कुन्जरीमा लुकाई राखेको ३ नाल…
मोरङ, ५ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका(६ फेसबुक चोक बस्ने बीर बहादुर भट्टराईको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ । भट्टराईको घरमा अपरान्ह पौने ६ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नपात लगायत सम्पूर्ण सर(सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल पथरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो साँझ सवा ६ बजे नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, ५ बैशाख । ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । ‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो ।’, राजस्व स्रोतले भन्यो । टुटलपछि बंगलादेशी कम्पनी पठाओले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ । पठाओले पनि कर छली गरेको आशंकामा कर दर्ता कार्यालयले छानबिन गरिरहेको छ । आजको कान्तिपुर…
अर्जुनधारा, ५ वैशाख । अब बन्ने भवन तथा घरलाई भूकम्पीय जोखीमबाट बचाउन सहर, गाउँ र टोलमा निर्माणकर्मी (डकर्मी)हरुका लागि सीप अभिबृद्धि गराउने उदेश्यले अर्जुनधारा नगरपालिकाले निःशुल्क तालीम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजना र डाउनहिल कन्सटक्सन एण्ड डिजाइनर्स प्रा।लि बिर्तामोड–४ को प्राविधिक सहयोगमा सातदिवसीय डकर्मीका लागि तालीम सञ्चालन गर्दै बुधबार सम्पन्न गरेको हो । नगरमा क्रियाशिल डकर्मीहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको बरिष्ठ योजना अधिकृत हिमराज सेडाइले जानकारी दिए । तालिमको समापन गर्दै नगर प्रमुख रानाले अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी छ, त्यसैले आफूले प्राप्त गरेको ज्ञानसिप सर्वसाधारण नागरिक र सार्वजनिक स्थानमा केन्द्रित गरी सबैको हितमा…
विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेजमा स्काउट अभियान शुरु गरेको बताए । नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उनले बालबालिका र युवा मानसिक, सामाजिक र अनुशासित बनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास व्यक्त गरे । उनले नेपाल स्काउट मुलुकमा राजनीतिक स्थिरताका कायम भएसँगै राजनीतिक पीडितको अवस्थाबाट अन्त्य भएको भन्दै मुलुकको सङ्घीय संरचनामा रुपान्तरण भई प्रष्ट र आफ्नो सिद्धान्तमा परिचालन भई समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मुलुकमा शान्ति र राजनीतिक स्थिरता…
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले नेपाली चलचित्रकर्मीहरुको लागि सुखद निर्णय गरेका छन् । हलमा नेपाली चलचित्र लागिरहेको समयमा हल व्यवसायी तथा वितरकले जुनसुकै समयमा पनि विदेशी चलचित्र प्रदर्शन गरिदिने व्यवस्थालाई परिवर्तन गर्दै नेपाली चलचित्रकर्मीहरुको पक्षमा निर्णय गरेका हुन् । नेपाली चलचित्रहरु केही चाडपर्वबाहेक हरेक शुक्रबार रिलिज हुने गरेका थिए तर, बीचैमा विदेशी चलचित्र लगाइदिँदा नेपाली चलचित्रको व्यापारलाई ठूलो असर गरेको थियो । भट्टराईको निर्णयले आज रिलिज हुन लागेको बलिउड चलचित्र ‘कलंक’को रिलिज रोकिएको छ । उनको निर्णयसँगै नेपाली चलचित्रकर्मीले उनीप्रति बढी आशा देखाएका छन् । गत शुक्रबार ‘ए मेरो हजुर– ३’ तथा उनै अध्यक्ष तथा निर्माता केशव भट्टराइको चलचित्र…
रवीन्द्र काफ्ले पाँचथर, ४ वैशाख । वृद्धभत्ता रोकिएपछि ७१ वर्षीया मनमाया नेम्वाङ वडा कार्यालय पुगिन्। वडाध्यक्ष मनप्रसाद चेम्जोङ पत्रिका पढेर बसिरहेका थिए। उनले सोधिन् ‘नानी, यो खोर नबनाएसम्म भत्ता नआउने नै हो ?’ वडाध्यक्ष चेम्जोङले मुस्कुराउँदै भने ‘तुम्मा (ठूलीआमा) सबैले भनेर रोक्नु परेको हो। कानूनतः रोक्न मिल्दैन। भाइहरुलाई लगाएर भोलि नै खोर बनाइदिनुस्, पर्सि नै भत्ता आउँछ।ु साठी वर्षीया मनमती नेम्वाङको पनि एकल महिला भत्ता आइसकेको छ तर, वडा कार्यालयबाट निकासाको सिफारिश भएको छैन्। किनकि मनमतीले पनि कुखुरा पाल्ने अर्धबन्देज खोर बनाएकी छैनन्। वडाध्यक्षले खोर नबनाई भत्ताको सिफारिश दिन नसक्ने बताए पछि मनमती अलि–अलि लजाएर मुस्कुराउँदै वडा कार्यालयबाट बाहिरिइन्।’ हौ,…
सुनसरी, ४ वैशाख । सुनसरीमा बसबाट खसेर एक बालकको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका ८ भण्टाबारी क्षेत्रका स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलामको मंगलवार बसबाट खसेर भएको हो । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नम्बरको यात्रुवाहक बसमा सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेका भण्टाबारीमा झर्ने क्रममा बालकको खसेर मृत्यु भएको हो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको र बस र चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अफगानिस्तान, ४ वैशाख । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिएका छन् । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ तालिबानको नियन्त्रणबाट फर्काउने क्रममा तालिबानका कमाण्डर काजी हसनसहित नौ जना तालिबान लडाकू मारिएका छन् । त्यसैगरी गिलान कराबाघ र आब्जा ओमारी जिल्लाका २० भन्दा बढी गाउँमा गरिएको कारबाहीको क्रममा एक दर्जन भन्दा बढी तालिबान लडाकू मारिएका छन् । यस…
सियोल, ४ वैशाख । दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ । सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय बस्ने गरेका थिए । उक्त अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए । उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूईतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक…