
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यत्रमअन्तर्गत प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठी तथा समझदारी पक्रमा हस्तारक्षर कार्यत्रमको आज यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताए । उनले सिँचाइ, विद्युत् र सडकको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्छ भने । संविधानबाट प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न प्रधानमन्क्री रोजगार कार्यत्रम आएको भन्दै मन्त्री विष्टले संविधानले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुरक्षित गरेको बताए । प्रदेश नं १ का सामाजिक विकासमन्क्री जीवन घिमिरेले स्थानीय तहमा सरकारले तोकेका रोजगार संयोजकले चाहिने जनशत्तिको…
उदयपुर, ४ जेठ । उदयपुरको कटारी नगरपालिका–१० को थुम्की भिरबाट लडेर ७९ बर्षीय बृद्धको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ घर भएका ७९ बर्षीय नर बहादुर खड्का कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको बिबाहको कार्यक्रममा सहभागी भई आज दिऊँसो घर फर्कने क्रममा उक्त भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दिउँसो ३ बजेको समयमा उक्त भिरबाट करिव २०० मिटर तल एक व्यतिm मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले खबर गरेसँगै तत्काल ईलाका प्रहरी कार्यालय कटारीबाट खटि गएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाउने कार्य भईरहेको तथा अन्य थप…
बुधबारे, ४ जेठ । बुधबारे जेसीजले शनिबार एक दिने दन्त शिविरको आयोजना गरेको छ । शिविरमा जेष्ठ नागरिकसहित ७० बढीले सेवा लिएका छन् । न्यू अष्ट डेन्टल क्लिनिक विर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ को जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभा हलमा भएको कार्यक्रममा सो क्षेत्रका जेष्ठ नागरिक सहित विभिन्न व्यक्तिले सेवा लिएका हुन् । बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालको अध्यक्षता तथा जेष्ठ नागरिक वडा मञ्च बुद्धशान्ति एकका अध्यक्ष रामप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसी अनिल वाग्लेले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा न्यु अष्ट डेन्टल क्लिनिकका संस्थापक सुमन दास, जेष्ठ नागरिक तथा…
काठमाण्डौँ, ४ जेठ । विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसद्बाट पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन् । रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक–२०७५ माथि अझै पनि विज्ञसँग छलफल गर्न सकिने र प्रतिनिधिसभा, राष्ट्रियसभा र समितिमा छलफल हुनबाँकी रहेको हुँदा हतारमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले भने, ‘तपाईहरु ढुक्क हुनुहोस, संविधानको प्रस्तावनामै उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध कुनै पनि प्रेस सम्बन्धी कानून आउँदैन ।’ नेपाली काङ्ग्रेसका नेता अर्जुननसिंह केसीले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी…
सुरुङ्गा, ४ जेठ । किरातीहरुको महान पर्व उभौलीको अवसरमा झापा सुरुङ्गामा विविध सास्कृतिक कार्यक्रमका साथ किरातीहरुले मनाएका छन । किरात राई यायोक्खा कनकाई नगरको आयोजनामा किरातीको भुमिपुजन स्थलमा आयोजित कार्यक्रममा किरातीहरुको मुख्य चण्डीनाथ लगायातका विविध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कनकाई र झापा गाउँपालिकाका साथै छिमेकी गाउँहरुबाट समेत किरातधर्मलम्बीहरुको उपस्थिति रहेको थियो । किरात राई यायोक्खाका कनकाई नगर अध्यक्ष हिरण्यकुमार राईको सभापतित्व तथा सचिव दिवश राई र सहसचिव राजन राईको सयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि यायोख्याकी जिल्ला नेतृ लक्ष्मी राई रहनुभएको थियो । सोहि कार्यक्रमका विच आफु शारिरीक रुपमा असक्क्त कान नसुन्ने भएरपनि अन्य सपाङ्ग बिद्यार्थीहरु सँगै बसेर…
सुरुङ्गा, ४ जेठ । आगामी जेठ १६ गते हुने सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा खानेपानीका संस्थापक अध्यक्ष प्रेम दाहाल र सुरुङ्गा गाविसका पूर्वअध्यक्ष भीमप्रसाद अधिकारी आमने सामने भएका छन । प्रेम दाहाल नेकपाका नेता हुन भने भीम अधिकारी विवेकशील साँझाका नेता हुन । शनिवार तोकिएको उम्मेद्धारी दर्ताको समयमा दाहाल र अधिकारी प्यानलबाट मात्रै उम्मेद्धारी परेको हो । २ अनिवार्य महिलासहित कुल ९ पदकालागि ४ महिलासहित १८ जना उम्मेद्धारले उम्मेद्धारी दिएको निर्वाचन संयोजक टिकाप्रसाद पोखरेलले बताउनुभयो । नेकपा र राप्रपाको एक समूहको सहयोगमा उम्मेद्धारी दिएका प्रेम दाहालको प्यानलबाट उपाध्यक्षमा यामनाथ सेढाई, सचिवमा टिकाप्रसाद पाठक, कोषाध्यक्षमा सुरेसकुमार गुरुङ्ग र महिला…
सुरुङ्गा, ४ जेठ । हाम्रो नेपाल ऋण तथा सहकारी संस्थाले आफ्ना दिवंगत ऋण्ािको १ लाख १४ हजार ८ सय ८५ रुपैँया मिनाह गरिदिएको छ । झापा कनकाई नगरपालिका ७ दुर्गापुर निवाशी ३० बर्षिय नविन सापकोटाको मृत्युपछि उहाँले लिएको सो ऋण रकम संस्थाले मिनाह गरिदिएको हो । शनिवार सापकोटाको घर दुर्गापुरमै पुगि हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाले सापकोटाले लिएको सो रकमको ऋण मिनाहको पत्र मृतककी श्रीमती पुजा सापकोटा, बुबा गोविन्द सापकोटा, आमा मैया सापकोटालाई प्रदान गर्नुभएको हो । ऋण मिनाहको पत्र दिदै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संस्थाले सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्र्तगत सापकोटा परिवारले लिएको ऋण मिनाह गरिएको बताउनुभयो…
खगेन्द्र अधिकारीताप्लेजुङ, ४ जेठ । सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ। तापेथोकका अन्दाजी १३ बर्षीय फाल्गुनन्द तुम्बाहाम्फेको उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। प्राथमिक उपचार पछि घर ल्याएका ति बालकलाई पुन समस्या परेपछि उपचारका लागि झापातर्फ लैजाने क्रममा गर्दा इलामको फिक्कल पु¥याउँदा मृत्यु भएको सरस्वती मावि लेलेपका प्रधनाध्यापक राम तामाङले जानकारी दिए। स्थानीय सुरेश लिम्बुका अनुसार गत वैशाख २६ घर नजिक रहेको गोठमा सर्पले डसेपछि उनलाई परिवारका सदस्यले प्राथमिक उपचार पछि रोग निको हुने आशामा घर फर्काएका थिए। पछि फेरी रोग बल्झिएपछि उनलाई उपचारका लागि लैजादैं गर्दा बाटैमा मृत्यु भएको…
बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोचाइ तपाईंले बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । १.लसुनःलसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । २.ग्रीन टीःपछिल्लो केही वर्षमा ग्रिन टी निकै…
मोरङ, ४ जेठ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताए । यसैबीच सिलबन्दी गरिएको पर्म्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिए ।