
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पुष्प खड्का बिर्तामोड, ४ जेठ । विश्वविद्यालयले सम्बन्धन नदिँदा सात वर्षअघि निर्माण सम्पन्न भएको इञ्जिनियरिङ कलेज अझै सञ्चालनमा आउन सकेको छैन । झापाको बिर्तामोडमा १ बिगाह ७ कठ्ठा क्षेत्रफलमा निर्माण भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालि (पिकास) सम्बन्धन नपाएकै कारण सञ्चालनमा आउन नसकेको हो । शैक्षिक सत्र २०६९÷०७० देखि पठनपाठन सुरु गनेर् लक्ष्यले पूर्वाधार निर्माण भए पनि सम्बन्धन नपाउँदा सञ्चालन गर्न कठिनाई भएको पिकासका संस्थापक अध्यक्ष युवराज प्रसाईंले बताए । सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक इञ्जिनियरिङको अध्ययन–अध्यापन गराउने लक्ष्यका साथ कलेज स्थापना गरिएको उनले बताए । ‘हामीले ०६९ भदौदेखि भर्ना लिएर मंसिरबाट कक्षा सञ्चालन गनेर् गरी द्रुतगतिमा भौतिक पूर्वाधार निर्माण ग¥यौँ’, उनले भने, ‘विश्वविद्यालयको…
झापा, ४ जेठ । त्रिवेणी सांघाई ग्रुपले व्यवस्थापन गर्नुको सट्टा झन्–झन् लथालिंग बनाउन थालेपछि सरकारी चिया बगान र प्रशोधन कारखाना सांघाई ग्रुपबाट फिर्ता गर्न स्थानीय निकायले सरकारसँग माग गरेका छन् । राज्यले तोकेको मजदुरको न्यूनतम् ज्याला कार्यान्वयनमा उदाशीनतादेखि उद्योगका महत्वपूर्ण उपकरण हराएको र प्रतिबन्धित विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याएको भन्दै इलामका स्थानीय निकायले ती बगान र चिया उद्योग त्रिवेणी ग्रुपबाट फिर्ता ल्याउन माग गरेका हुन् । इलाम नगरपालिकाको इलाम चिया बगान, माई नगरपालिकाको सोक्तिम र चिलिमकोट चिया बगान र सूयोर्दय नगरपालिकाको कन्याम चिया बगान फिर्ता गराउन माग गरिएको हो । माई र इलाम नगरपालिकाले सरकारी बगान र उद्योग फिर्ता ल्याउन नगरसभाबाटै निर्णय…
काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि अस्वीकृत विषयमा अन्तरिम आदेश जारी गरेको छ । प्रवेश परीक्षाबिनै भर्ना पाऊँ भनी पाँच महिनाअघि दर्ता निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएकामा उही व्यक्तिको अर्को निवेदनमा बुधबार अन्तरिम आदेश जारी भएको हो । अन्तरिम आदेश न्यायाधीशहरु केदारप्रसाद चालिसे र मनोजकुमार शर्माले जारी गरेका हुन् । शर्मा सर्वोच्च अदालतमा नियुक्त भएको एक महिनासमेत बितेका छैन । गत पुसमा ‘विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ’ भनी दर्ता गरिएको रिट उच्च अदालतमा पाटनले खारेज गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, ४ जेठ । सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यो वर्ष यसको आयात बढेको स्पष्ट हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ सालमा कालीमाटीमा ६० हजार ४३६ आलु भित्रिएकोमा ४१ हजार मेट्रिकटन भारतबाट आएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौं, ४ जेठ । बुद्ध कहाँ जन्मेका हुन् ? यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप¥यो भने भन्छन्– यो बुद्धको देश हो ! यथार्थमा बुद्ध र बुद्ध जन्मभूमिबारे नेपाली समाजमा पर्याप्त अवधारणागत भ्रमहरू छन् । ती भ्रमबारे निकै कम मान्छे बोल्छन् । कति बोल्दै–बोल्दैनन् । किनभने बुद्ध नेपालमा जन्मेका थिएनन् कसैले भनोस् मात्रै, ऊ ठाडै ‘अराष्ट्रिय’, ‘देशविरोधी’ ‘राष्ट्रघाती’, ‘भारतीय दलाल’ भइजान्छ । आरोपहरू…
काठमाडौं, ४ जेठ । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । पुच्छर हटाएर जनसंगठनको नयाँ…
काठमाडौं, ४ जेठ । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । उहाँ पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् । निर्मल निवास स्रोतका अनुसार उहाँ करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लाग्नुभएको हो । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्नुभएको ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लाग्नुभएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा, ३ जेठ । अर्जुनधारा नगरपालिका–१ मा संचालन भएको एकदिने स्वास्थ्य शिविरबाट १ हजार ८ सय ९२ पशुचौपयाले स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । अर्जुनधारा नगरपालिकाले उक्त क्षेत्रलाई पशुपालनको आकर्षक केन्द्रको रुपमा लिर्दै आएको छ । वडा–१ को नमूना बजार र साधुटार दुई स्थानमा पशुचौपयालाई सेवा दिइएको थियो । किसानले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुकुर, कुखुराको स्वास्थ्य परीक्षण गराई निःशुल्क उपचार सुविधा लिएका छन् । जसमा ८ सय ९३ बाख्रा, ३ सय २३ गाई र भैँसी, ७५ गोरु र राँगा, ३० बंङ्गुर, ५ कुकुर स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । १ गाईको (.एआई) स्वास्थ्य परीक्षण…
दीपक चापागाईविकास र समृद्धि भन्ने कुरा आफै आउँदैन, यो कुनै जादुगरले कागजलाई पैसा बनाएको जस्तो र फिल्ममा हिरोले सयौं गुण्डाहरुलाई कुटेर लडाई जिते जस्तो पनि होइन । यसको निम्ती त्याग र दृढ इच्छाशक्ति हुन जरुरी छ । साच्चै नै हामीले विकास र समृिद्घ चाहेको हो भने परिवर्तन आफैबाट शुरु गर्नु पर्दछ । यो देशको विकास भनेको नेपालीले नै गर्ने हो, यहाँ जापानी, कोरियन, चिनियाँहरुले आएर नेपाल बनाउँदैनन्, र ती देशहरु पनि बाहिरका नागरिक बाहिरका नागरिक गएर बनेको जरुर होइन । त्यहीका नागरिकलाई देश बनाउने चेतना भरेर मात्र देश विकास सम्भव भएको हो । नेपाल आफैमा पृथ्वीले सिङ्गारिएको देश हो ।…