झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सान नेपाल गौरादह, १३ वैशाख । डाईनामिक युथ नेपाल झापा च्याप्टरले किशोरीहरुको लागि उपयोगी सेनिटरी प्याड झापाका २ विद्यालयलाई हस्तान्तरण गरेको छ । संस्था द्धारा गौरादह ५ मा रहेको जनता मा.वि. वालुवथान र स्कुलचौन मा.वि.लाई ४ सय थान सेनिटरी प्याड हस्तान्तरण गरिएको हो । कन्काई बैंक केन्द्रिय कार्यालय दमकको आर्थिक सहयोगमा उपलब्ध गराईएकोे सेनिटरी प्याड आवस्यकता अनुसार किशोरीहरुलाई वितरण गरिने वताईएको छ । सेनिटरी प्याड हस्तान्तरण कार्याक्रममा डाइनामिक युथ झापा च्याप्टरका पदाधिकारीहरु र सहयोगी संस्था कन्काई बैंक केन्द्रिय कार्यालयका प्रतिनिधीहरुको समेत उपस्तिथि रहेको थियो । कार्यक्रममा स्कुलचौन मा.वि.का प्रधानाध्यापक वावुराम भण्डारीले सामाजिक रुपमा सकृय रहदै आएको डाइनामिक युथलाई धन्यवाद दिएका…

Read More

काँकडभिटा, १३ वैशाख । काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई १−० गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । निर्णयका लागि ८१ औँ मिनेट पर्खनु परेको थियो । धरानका मिलन राईले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो । राईले धरानका लागि विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट सिगंल खेल्दै सानदार गोल गरेका थिए । च्यासल विरुद्ध रक्षात्मक खेलेको…

Read More

बेइजिङ, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छन्। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको शुक्रबार यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन्। राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्ण पाठ– बेल्ट एण्ड रोड सहयोगः एक उज्ज्वल साझा भविष्यको निर्माण जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ, महामहिमज्यूहरु, महिला तथा सञ्जनवृन्द मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको छु…

Read More

भद्रपुर, १३ बैशाख । दक्षिणी झापाको कचनकववल गाउँपालिका ५ नम्बर वडाध्यक्ष महेशलाल गणेशले वडा कार्यालयबाट विनियोजित बजेटका आधारमा हुने काम तथा योजनाहरूमा मनोमानी गरी विकास वजेट दुरुपयोग गरेको आरोप लागेको छ । वडाको विकासका लागि छुट्याइएको रकम आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न कमिशनतन्त्र मच्चाएको भन्दै स्थानीय नागरिक आन्दोलित भएपछि विकास वजेट दुरुपयोगको आरोप सतहमा आएको हो । वडामा रहेका अन्य दल सहित आफ्नै पार्टीका कार्यकर्ताले वडाध्यक्ष गणेश बिरूद्ध ज्ञापन पत्र समेत बुझाएका छन् । आफ्नै कार्यकर्ता विरोधमा उत्रिएपछि स्थानीय सरकारको बहुमतका साथ नेतृत्व गरिरहेको कचनकवलमा राप्रपा भित्रै हलचल मच्चिएको छ । वडाध्यक्ष गणेशविरुद्ध आफ्नै पार्टीका असन्तुष्ट कार्यकर्तासँगै नेपाल कम्युनिस्ट पार्टी…

Read More

ध्रुव भट्टराई विराटनगर, १३ वैशाख । प्रदेश १ सरकारले वैशाख २२ गतेभित्रै प्रदेशको नाम र राजधानी टुंग्याउने तयारी गरेको छ । चालु अधिवेशन वैशाख २२ मा सकिने भएकाले त्यसअघि नै नाम र राजधानी तोक्ने तयारी गरेको हो । दुई दिनअघि नेकपाको संसदीय दलको बैठकमा पनि चालु अधिवेशनबाटै प्रदेको नाम र राजधानी टुंगो लगाउने सहमति भएको एक नेताले जानकारी दिए । मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको विषय टुग्याउने बताए । उनले अनलाइनखबरसँग भने ‘त्यसका लागि संसदीय दलको चाँडै बैठक बसी ठोस प्रस्ताव सरकारले सदनमा लैजानेछ ।’ दुई दिनअघि सत्तापक्ष नेकपाको संसदीय दलको बैठकमा प्रदेशको नाम र…

Read More

बिर्तामोड, १३ बैशाख । दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक जनाको र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तगरगत कनकाई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नम्बरको गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबाट पाँचथर नागी–६ घर भई हाल कनकाई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्दै आएका ४० वर्षीय उमेश हिङ्माङ गम्भीर घाइते भएका थिए । हिङ्माङको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी. हस्पिटलमा मृत्यु भएको हो । मृतकको…

Read More

काठमाडौं, १३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । इरानी तेल रोक्नाले भारतमा कस्तो कस्तो असर पर्छ त ? निर्यात घट्ने कच्चा तेलको मूल्यमा ३ देखि ५ प्रतिशतसम्मको वृद्धिले भारतको निर्यात कारोबारमा कमी आउनेछ । भारतीय व्यापार प्रवद्र्धन परिषदको अध्यक्ष मोहित सिगंललालाई उदृधत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘निर्यात क्षेत्रमा…

Read More

भद्रपुर, १३ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो । आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन बुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजनिक भएको थियो ।

Read More

काठमाडौँ, १३ बैशाख । नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् । बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक तरिकारले झिनो वृद्धि गरिएको र यसबाट समस्याको समाधान हुन नसक्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । सङ्घले विरोधका लागि आगामी हप्ता व्यवसायीको राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । सङ्घका अध्यक्ष गोकुल भण्डारी भन्छन्, बाह्य ढुवानी खर्च बढाएको छैन, यो छ वर्षअघि सिफारिस गरिएको मूल्य हो, अहिले बल्ल वृद्धि गर्नुको कुनै सान्दर्भिकता छैन, यसले समस्याको समाधान पनि हुँदैन, झारा टार्ने काम भयो हामीलाई मान्य छैन ।…

Read More

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल नै अगाडि बढ्न सकेको छैन । ७७ जिल्लाका अध्यक्ष र सचिवालयको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको टुंगो लगाउन सचिवालयको बैठक बस्न सकेको छैन । पार्टी एकतापछि पदाधिकारीको टुंगो लगाउन बनेको मापदण्ड अध्यक्ष र सचिव चयनमा भत्किएको छ । जिल्लाको एकता टुंगोसँगै जनवर्गीय संगठनको एकतामा पनि सोही मापदण्डअनुसार तय गरिनुपर्ने दबाब नेतृत्वलाई शुरु भएको छ । ७ सय…

Read More