
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मुगु, १ बैशाख । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोहि साक्षर छैनन् । विद्यालयबाहेकको सयममा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
सिरहा, १ बैशाख । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौं÷सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्रा्ष्ट्रियस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो । कसरी…
काठमाडौँ, ३० चैत । आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपाल एक रनले पराजित भएको छ । आज भएको खेलमा नेपालले युएईसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा नेपाल एक रनले हारेको हो । किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालले सुरुवात राम्रो गर्न सकेन । २२ रन हुँदा नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर आसिफ २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो ।…
गिरिराज बाँस्कोटा पाँचथर, ३० चैत । जिल्लामा निम्न आर्थिक अवस्थामा रहेका दलित तथा माझी सुमुदायका व्याक्तिहरुको घर सरकारले बनाइदिने भएको छ। जनता आवास कार्यक्रमअन्तर्गत यहाँका आठ स्थानीय तहका १ सय १५ परिवारका घर बन्ने भएका हुन्। त्यसका लागि जिल्लामा ३ करोड ८१ लाख खर्च हुने प्रदेश सरकारले जनाएको छ। प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका प्रदेश सांसदहरु सहितको समितिको शनिबार बसेको बैठकले पालिकास्तरीय संख्या छनोट गरेको छ। कुन वार्डमा कति घर बनाउने भन्ने कुरा बैठकले…
अशोक घिमिरे काठमाडौँ, ३० चैत । वर्ष २०७५ नेपालका श्रमजीवी वर्ग तथा रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको मुहारमा खुसीको सञ्चार गराउने वर्षका रुपमा रह्यो । जनअनुमोदित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले यसै वर्ष श्रम तथा रोजगारका क्षेत्रमा मुख्यतः श्रमजीवी वर्ग र जनताको भावना समेट्ने गरी विभिन्न जनपक्षीय कार्यक्रमको घोषणा ग¥यो । आम श्रमिकले आफ्नो श्रमको उचित मूल्य पाउन नसकिरहेको र सस्तोमा श्रम बेच्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले २०७५ साउन १ गते श्रमिकको न्यूनतम् पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरी सम्पूर्ण प्रतिष्ठानमा लागू ग¥यो । सरोकारवालासँगको सहमितपछि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु १३ हजार ४५० निर्धारण गरियो…
सामाजिक सेवाका लागि बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ कालोसूचीमा परेको छ । बिइङ्ग ह्युमनलाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको छ । सम्झौता अनुसार महानगरले उपलब्ध गराएको ठाउँमा डाइलासिस केन्द्र स्थापना नगरेपछि उनको संस्थालाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको हो । सन् २०१६मा मुम्बइ महानगरपालिका र ‘बिइङ्ग ह्युमन’बीच मुम्बइमा १२ वटा डाइलाइसीस केन्द्र स्थापना गर्ने परियोजनामा साझेदारीको सम्झौता भएको थियो । जसमा महानगरपालिकाले ठाउँ उपलब्ध गराउने र खानको संस्थाले कर्मचारी र आवश्यक सामग्री व्यवस्था गरी केन्द्र चलाउने उल्लेख थियो । तर, महानगरपालिकाले उपलब्ध गराएका सबै ठाउँमा डाइलाइसीस केन्द्र नचालाएपछि उक्त संस्था कालोसूचीमा परेको हो । ‘बिइङ्ग ह्युमन’का प्रतिनिधिले…
काठमाडौँ, ३० चैत । दक्षिण कोरियामा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका काठमाडौँका ध्रुव भण्डारीको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। ४७ वर्षीय भण्डारी कोरियाको छुंगछंग नाम्दो थाङ्जिन को हाप्तक एरियामा कार्यरत रहेको प्रवासी मजदुर संगठन कोरियाका सचिव मधुसुदन ओझाले जानकारी दिए। उनलाई हृदयघात भएपछि उपचारको लागि छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना लगिएको थियो। आफुलाई अत्याधिक दुखेको बताएपछि साथीहरुले थान्जिनको एक अस्पतालमा भर्ना गरेका थिए। तर अवस्था गम्भीर भएको भन्दै त्यो अस्पतालले थान्कुक युनिभर्सिटी अस्पतालमा रेफर गरिएको थियो। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका भण्डारी ३ वर्षदेखि बिनाभिसा काम गर्दै…
उदयपुर, ३० चैत्र । उदयपुरको त्रियुगा नगरपालिका–१२ त्रियुगा खोलामा शुक्रवार पौडी खेल्ने क्रममा डुबेर १ बालकको मृत्यु भएको छ । अपरान्ह सवा ५ बजे खोलामा पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा त्रियुगा नगरपालिका–११ बस्ने तेज बहादुर बस्नेतको छोरा १२ वर्षका एलिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालकलाई पानीमा तैरीरहेको अवस्थामा फेला परे पछी स्थानीयले खबर प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरी, ३० चैत्र । सुनसरीको धरान उप–महानगरपालिका–८ पानी ट्याङकीमा शुक्रवार राती दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । कोशी राजमार्ग अन्तर्गत राती सवा ११ बजे धरानबाट ईटहरी तर्फ जाँदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको बा २० च ४०७६ नम्बरको कारले ओभरटेक गर्ने क्रममा ट्याक्टरको चक्कामा ठक्कर लाग्दा ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टेको थियो । उक्त दुर्घटनामा कार अनियन्त्रित भई खनारबाट धरान जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा समेत ठक्कर लाग्दा कारमा सवार चालक सुन्दर–हरैचा नगरपालिका–४ बस्ने ४५ वर्षका गोबिन्द बस्नेत, ईटहरी उप–महानगरपालिका–४ बस्ने…
झापा, ३० चैत्र । झापाको मेचीनगर नगरपालिका–७ ईट्टाभट्टाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खैरो हेरोईन सहित कन्काई नगरपालिका–२ बस्ने २५ वर्षका सुशन सुब्बा र सोही नगरपालिका–६ बस्ने २५ वर्षका सन्तोष राईलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थमा हिडीरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट लागूऔषध खैरो हेरोईन १ ग्राम ५ मिलिग्राम फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।