
काठमाडौँ, ३० चैत । दक्षिण कोरियामा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ।
आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका काठमाडौँका ध्रुव भण्डारीको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो।
४७ वर्षीय भण्डारी कोरियाको छुंगछंग नाम्दो थाङ्जिन को हाप्तक एरियामा कार्यरत रहेको प्रवासी मजदुर संगठन कोरियाका सचिव मधुसुदन ओझाले जानकारी दिए।
उनलाई हृदयघात भएपछि उपचारको लागि छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना लगिएको थियो। आफुलाई अत्याधिक दुखेको बताएपछि साथीहरुले थान्जिनको एक अस्पतालमा भर्ना गरेका थिए।
तर अवस्था गम्भीर भएको भन्दै त्यो अस्पतालले थान्कुक युनिभर्सिटी अस्पतालमा रेफर गरिएको थियो। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका भण्डारी ३ वर्षदेखि बिनाभिसा काम गर्दै आएका थिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

